Monday 27th July 2026
श्रमिक महिलालाई यौनकर्मी कसले बनायो ?
काठमाडौ १३ असार । यौनकर्म भनेको केहो ? एउटी महिलालाई यौनकर्मी कसले बनाउँछ ? रिक्सा चालकले ? होइन । राम्रो आम्दानी भएको वा उच्च ओहदाको पुरुषले नै एउटी महिलालाई यौनकर्मी बन्न बाध्य बनाउँछ । यतातिर समाजको ध्यान किन नगएको प्रतिप्रश्न गर्दै कमलाले रुदै भनिन् “हामीलाई सडकमा यही समाजले र परिवारले नै पुर्याएको हो । ”
माओवादी द्वन्द्वको कारण १२ वर्षको उमेरमा नुवाकोटबाट काठमाडाँै छिरेकी उर्मिला १३ वर्षको उमेरमा नै चिनेका एक सरकारी कर्मचारी मार्फत क्याविनमा पुग्छिन् । त्यहाँ पुगेका एक गुण्डामार्फत उनी गर्भवती हुन्छिन् । त्यसपछि ऊ बेपत्ता हुन्छ । बच्चा जन्मियो २ वर्षको बनाएपछि बच्चामा मेमेन्जाइटिसको समस्या देखियो । बच्चालाई २ लाख खर्च गर्दा पनि बचाउन सकिनँ । त्यसपछि फेरि त्यो व्यक्तिसँग मेरो भेट भयो पुनः म गर्भवती भएँ । उसँग प्रतिकार गर्ने मेरो हैसियत थिएन । त्यसपछि अहिलेसम्म उ मेरो सम्पर्कमा छैन । ती छोरी अहिले नौवर्षकी भइन् ।
अर्की श्रमिक महिलाको पीडा पनि कम छैन । विवाह भएको १० वर्षसम्म दिदीको सन्तान नभएपछि १३ वर्षको उमेरमा भिनाजुसँग परिवारले नै कमलाको विवाह गराइदियो । तर दुई वर्षपछि कमलाकी दिदी गर्भवती भइन् । त्यसपछि उनका दुःखका दिन शुरुभए । उनीमाथि भएको शारीरिक र मानसिक यातना खप्न नसकी उनी घर छाड्न बाध्य भइन् । कयौँ रात सडकमा विताएकी उनले रुदै भनिन् “मैले कयौँ छाक सडकमा फालिएको जुठो भात खाएर मेरो भोक मेटाएकी छु । यसरी भौतारिदा भौतारिदैँ एक जना मानिसको सहयोगमा म होटेलमा काम गर्न थालेँ । ”
अहिले उनको छोरा २२ वर्षको भइसकेको छ । उनी भन्छिन् “मामु हजुर नआत्तिनुस् जे गुर्न भा छ त्यो मेरो लागि गर्नु भएको छ । ” उनी यो पेशामा आउनाको कारणहरु उनको छोराले बताउनेमा उनी ढुक्क छिन् ।
त्यसकारण मनोरन्जनात्मक क्षेत्रमा काम गर्ने महिलालाई यौनकर्मी भनेर छी छी गरिनु भन्दा त्यहाँ आएर महिलासँग यौनकर्ममा सहभागी हुने पुरुषको नियत र चरित्रमाथि पनि निगरानी गर्न कमलाले आग्रह गरिन् ।
हिजो फरिया लगाएर रेष्टुराँमा छिर्दा कति राम्री भनेको भन्दा आज रक्षाको पोशाक लगाएर पीडित दिदी बहिनीसँग काम गर्न जाँदा सिर्जनालाई कुन बैंकमा काम गर्नु हुन्छ भन्दा कयौँ गुणा आनन्द आउँछ । मनोरनजनात्मक क्षेत्रमा काम गर्ने रहर त्यहाँ कार्यरत महिलालाई छैन । तर उनीहरु लुछिएका छन् । बाध्य पारिएका छन् । उनीहरु त्यहाँबाट भाग्न पनि नसक्ने भएका छन् । तर राम्रो काम पाए पेशा परिवर्तन गर्न पनि तयार छन् ।
उदयपुर स्थायी घर भएकी २२ वर्षीया पविना १६ वर्षको उमेरमा नै दलालको सहयोगमा नागरिकतामा उमेर बढाएर सबै प्रत्रिया पुरा गरी ओमन र साउदीमा ५ वर्ष विताएर आएपनि परिवारको आर्थिक अवस्था उस्तै भयो । घरमा बाबा रोगी आमाको कमाई थिएन । जेठी छोरी भएको ३ जना भाइ बहिनीको शिक्षा र परिवारको खर्चको जिम्मेवारी बाबुपछि उनको काँधमा छँदै थियो । साहुको ऋण तिर्न नसकेपछि अरुले पनि पत्याउने भएन । तर जसले केही ऋण पत्यायो उसैले नै पहिलो पटक मेरो शरीर लुच्छ्यो । यस्तै कारण उनी पनि यो पेशामा आइन् । आज उनलाई स्तन क्यान्सर जस्तो भयानक रोग लागेको छ भने उनी कहाँ के काम गर्छिन् परिवारलाई पत्तो छैन ।
उनी रुदै भन्छिन् “मेरो काँधमा परिवारको जिम्मेवारी छ भने मेरो औषधिवापतको मासिक ५।६ हजार जुटाउने अर्काे विकल्प नै छैन ।” म बाध्य छु यो काम गर्न । मेरो गुजारा चल्ने काम पाए म यो काम अहिले नै छाड्न तयार छु पविनाले भनिन् ।
२०४८ सालमा मागि विवाह भएकी सिर्जना अहिले आफूलाई जीउँदो श्रीमान्को एकल महिला भन्न रुचाउँछिन् । श्रीमानको शारीरिक र मानसिक यातना सहन नसकी तीन छोरा–छोरी लिएर मोरंगबाट काठमाडौँ छिरेकी सिर्जनाले मासिक ३ हजारमा एउटा रेष्टुराँमा काम गरिन् । मासिक ३ हजार तलबले ४ जनाको परिवार धान्न कति गाह्रो भयो होला त्यो सहजै अनुमान गर्न सकिन्छ । एक वर्षपछि रक्षा नेपालको सम्पर्कमा पुगिन् । रक्षा नेपालबाट एक लाख ऋण लिएर भात होटेल खोलेकी सिर्जनाको अहिले ३६ लाख मूल्य बराबरको होटेल छ ।
घरेलु श्रमिकको रुपमा काम गरिरहेकी सुनितालाई दलित भएको कारण मालिकले कामबाट निकालेको कारण उनी कामको खोजीमा भौँतारिँदा उनी मसाज पार्लमा पुगेकी थिइन् । रक्षा नेपालको पहलमा त्यहाँबाट म निस्केँ अनि मेरो समस्या भनेको मेरो काखे छोरी थिइन् । रक्षा नेपालले छोरीको लालन पालन र शिक्षाको ग्यारेन्टी गरेपछि सिलाइ कटाइ तालिम लिएर जीवन सञ्चालन गरिहेकी छिन् ।
आफ्ना छोरा छोरीको गाँस, बास, कपास र शिक्षाको ग्यमारेण्टी गरिदिए पेशा परिवर्तन गर्न चाहेको मनोरन्जनात्मक क्षेत्रमा कार्यरत श्रमिक महिलाले बताएका छन् ।
विभिन्न पेशा व्यवसायका नामबाट श्रमिक माहिलामाथि हुने गरेका शोषणको अन्त्य गर्न तिनै कामदार महिला र डान्स दोहोरी, क्याबिन, मसाज लगायतका क्षेत्रमा काम गर्ने महिलाहरु, त्यसका व्यवसायी प्रहरी पत्रकार बीच आज सोमबार राजधानीमा रक्षा नेपालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी महिलालाले मनोरन्जनात्मक क्षेत्रको विकल्प भए आफू पेशा परिवर्तन गर्न चाहेको बताए ।
आफ्नो कमजोरी भनेको छोरा छोरी भएको बताउँदै मनोरन्जनात्मक क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले आफूहरु परिवार र समाजबाट तीरस्कृत भएको बताए । आफ्ना छोरा छोरीलाई यही पेशाका कारण पढाएको र पालेका भए पनि आफूले यो पेशा व्यवसाय गर्छु भनेर भन्न सक्ने अवस्था नभएको गुनासो उनीहरुले गरेका छन् ।
अधिवक्ता तथा सञ्चारकर्मी स्वागत नेपालले इच्छाएको स्थानमा काम गर्न पाउने विश्वव्यापी अधिकारलाई रोक्न कसैले नसक्ने बताउँदै देश बेच्ने भन्दा मेरो शरीरमा मेरो अधिकार भन्नेहरु धेरै महान हुन् भने ।
केन्द्रिय बाल कल्याण समितिका प्रतिनिधि नमुना भूसालले महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका कारण महिलाहरु कानुनले बर्खिलाप गरेको यौन कर्ममा सहभागी हुन बाध्य भएको बताउँदै उनले भनिन् “जोखिमजन्य पेशामा बालबालिकालाई रोक्न सबैले हातेमालो गर्नुपर्छ । यो सरकारको मात्र दायित्व होइन सबै उत्तिकै जिम्मेवार भए मात्र सम्भव हुन्छ । ”
रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले अहिलेसम्मको अवस्थामा प्रहरीले रेष्टुरेन्ट र मसाजमा यौनजन्य गतिविधि भएको भन्दै महिलालाई पक्राउ गर्न र छापा मार्न छाडेको छैन । यो मुसा विरालोको खेल कहिलेसम्म चल्ने हो भनेर अध्यक्ष थापाले मनोरन्जनात्मक क्षेत्रमा कार्यरत श्रमिक महिलालाई मात्र होइन त्यहाँ आउने ग्राहकको बारेमा पनि सोच्नुपर्ने बताइन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एस पी सुदम सिंजापतिले भएको कानुनलाई विबेकसम्मत ढंगले प्रयोग गरिनुपर्नेमा जोड दिँदै आफूले गरेको काम र पेशालाई सम्मानित र मर्यादित बनाउने दायित्व आफ्नो नै भएको बताए ।
डान्स, दोहोरी, क्याविन, मसाज लगायतका क्षेत्रमा कार्यरत श्रमिक महिलाले निर्धक्कसँग यो क्षेत्रमा काम गर्छाैँ भन्न सक्नुपर्नेमा जोड दिँदै उनले प्रहरीले मात्र होइन श्रमिक महिलाले पनि यसलाई मर्यादित बनाउन प्रहरीलाई सघाउन आग्रह गरे । उनले आफू मातहतका प्रहरी प्रशासनलाई पनि मर्यादित हुन आग्रह गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका प्रतिनिधि सीताशर्मा अधिकारी , महिला तथा बालबालिका कार्यलयका प्रतिनिधि इन्दिरा पौड्रयाल , श्रमिक महिला रक्षा संघका अध्यक्ष सविना तामाङ्ग, महानगरीय प्रहरी वृत लैनचौरका प्रहरी निरिक्षक उमेश लम्साल, महानगरीय प्रहरी वृत दरबारमार्गका प्रतिनिधि प्रहरी निरीक्षक रुपक खड्का , महानगरीय प्रहरी वृत गौशालाका सहायक प्रहरी निरिक्षक , महानगरीय प्रहरी वृत बौद्धका प्रतिनिधि अशोक थापा, विश्वास नेपालका प्रतिनिनि बालकुमारी आले लगायतको उपस्थिति थियो ।
रक्षा नेपालले विगत १२ वर्षदेखि शहरमा अव्यवस्थित रुपमा खोलिएका क्याविन रेष्टुरेन्ट, डान्स बार, एंव मसाज सेन्टरका नामबाट निर्दोष महिला एंव किशोरीमाथि भइरहेको आर्थिक शोषण, मानसिक शोषण एंव शारीरिक शोषणका विरुद्ध काम गर्दै आएको छ ।
जोखिमजन्य स्थलमा कार्यरत १७ सयभन्दा महिलालाई आयमूलक÷सीपमूलक तालिम मार्फत सामाजिक पूर्नस्थापना गराउनुको अलावा बलात्कारको शिकार भएर मानसिक र शारीरिक रुपमा टुक्रिएका पाँचसय १० जना बालिकाको उद्धार गरिसकेको छ ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...