Thursday 23rd October 2025
दुई बर्षकि नपुग्दै युनाले थालीन सामाजिक अभियान
अाफ्नो छोरी युना फुयालको जन्म दिनमा आगन्तुकहरु बाट उपहार स्वरुप प्राप्त गरेको रकम सन्कलन गरेर अमेरिका बस्दै आएका एक जोडीले सामाजिक कार्यमा सहयोग गरेका छन।कागेश्वरी मनोहरा १ गागलफेदीका युद्ध फुयाल र बिमला पुडासैनीले नेपालमा सामाजिक सेवा गर्नकै लागि उपहारका लागि सकेसम्म जिन्सिको सट्टा नगदको लागि अनुरोध गरेका थिए ।
युना फुयालको जन्म दिनको अबसमा संकलन् भएको रकमको सहयोगमा कागेश्वरी मनोहरा १ गागलफेदीमा गत असोज २६ गते प्रदेश नम्बर ३ काठमाडौं-३ .२ का प्रदेशसभा सदस्य रामेश्वर फुयालले निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पाँच हजारका दरले पुरस्कार प्रदान गर्नुभएको छ। साथै २ वटा आ धारभूत विद्यालयका विद्यार्थीहरुलाई जनही दश हजारका दरले नगद समेत हस्तान्तरण गर्नु भएको छ । बुवा तथा आमाका नाममा परिवारद्वारा सञ्चालित सोमप्रसाद नन्दकुमारी प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको हो
कागेश्वरी मनोहरा वडा नं १,२ र ३ मा रहेको चार वटा सामुदायिक विद्यालयको सहभागिता रहेको उक्त निवन्ध प्रतियोगितामा जम्मा ४० जना विद्यार्थी सहभागी भएका थिए। प्रत्येक विद्यालयबाट २ /२ जनाको दरले आठ जना विद्यार्थी पुरस्कृत गरिएको थियो । कार्यक्रमको उद्घाटन चाइनिज गोलाब र मुन्तोलाको बिरुवा रोपेर गरिएको थियो। कार्यक्रममा अतिथिहरु रामशरण ढुंगाना मुकुन्द गजुरेल, राममणि पुडासैनि, रामशरण फुयाल, विनोद ढकाल र पुरस्कृत विद्यार्थी सानु तामाङले मन्तव्य राख्नु भएको थियो । आमा नन्दकुमारी फुँयालको उपस्थितिमा सञ्चालन गरिएको उक्त कार्यक्रमको बारेमा युद्ध फुँयाल र इन्दिरा फुँयालले प्रकाश पार्नुभएको थियो भने सञ्चालन सन्तोष फुँयाल र सुस्मिता फुँयालले गर्नुभएको थियो। युना फुयालकी माता बिमलाको स्वागत रहेको उक्त कार्यक्रमको सभापतित्व विष्णुप्रसाद फुँयालले गर्नुभएको थियो।
बर्तमान अवस्थामा बिभिन्न बहानामा गरिने खर्चलाई सँगालेर सामाजिक सेवामा सदुपयोग गरेकोमा उपस्थितहरुले प्रशंशा गर्नुका साथै यस्तो कार्यबाट अरुले पनि प्रेरणा लिनुपर्ने बताएका थिए ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...