...

Tuesday 28th July 2026

लोकतन्त्रको ललीपन

कविता
© स्वागत नेपाल

किन होला ?
म कुनै नेताको
जीवनी पढिरहेको हुन्छु
तर मलाई लागिरहन्छ
कि म भ्रष्टाचारको बारेमा पढिरहेको छु ।
हरेक परिच्छेदमा
यति शक्तिशाली भाषा भेट्छु
जुन भाषाले
झुटोलाई सत्य बनाइदिन्छ
र, सत्यलाई
बडो सम्मानपूर्वक
हत्या गरिदिन्छ ।
………………
ताल हेर्दै थिएँ
फेवा नेताहरुको
सबैथोक फोहोर भए
धोइपखाली गरौँला पानीले
तर पानी नै फोहोर भएपछि
के ले धुने हो पानीलाई ?
……..
एक पटक नुहाएको पानीले
फेरि नुहाएर
सफा हुन सकिँदैन,
कति पटक नुहाउँ म एउटै पानीले
देखिरहेछु, व्यवस्था सधैँ असफल
तर व्यक्ति सधैँ सफल
कति पटक नुहाऊँ म उही पानीले ?
….

जुन विन्दुबाट
आम मान्छेले सोच्न छोड्छन्
हो, त्यही विन्दुबाट नेताहरुले सोच्न थाल्छन्
त्यसैले राजनीति भ्रष्ट हुन्छ
किनकि आफूले सोच्न छोडेपछि
मान्छे अन्धभक्त हुन्छ
अन्धभक्तहरुले भ्रष्टहरु जन्माउँछन् …
………
लोकतन्त्र यति शक्तिशाली छ
कि एउटा शक्तिहीन मान्छेको भोटले
एउटा तानाशाह जन्माइदिन्छ
एउटा गलत सत्य छ लोकतन्त्रको
कि सबैभन्दा बढी भ्रष्टाचार त्यही देशमा छ
जुन देशमा लोकतन्त्र छ …
…….
चुट्किला त भयो
कि लोकतन्त्र हुनुको वावजुद पनि
मान्छेहरु ठगिइरहन्छन्
लोकतन्त्र नामको ललीपप नै
यस्तो ललीपप हो
जो देखाइन्छ जनतालाई
तर खान्छन् नेताहरुले ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...