...

Monday 27th July 2026

 म ती मान्छेहरु मन पराउँछु

कविता

 म ती मान्छेहरु मन पराउँछु

© स्वागत नेपाल

म ती मान्छेहरु मन पराउँछु
जो पानी परेको देखेर मुस्कुराउँछन् …
सायद म हिउँमा खेल्नुभन्दा
पानीमा रुझ्न मन पराउनेलाई
उनीहरु सोध्न चाहन्छन् –
तिमी किन हिउँलाई घृणा गर्छौ ?
म उल्टै प्रश्न गर्छु-
कि सेतो कहाँ हराउँछ
जब हिउँ पग्लिएर पानी हुन्छ ?
हो, त्यसैले हिउँ भ्रम हो
र पानी सत्य हो,
म हिउँसँग भ्रमित हुनुभन्दा
पानीसँग रुझ्न चाहन्छु
हिउँ त केवल
पानीको अनावश्यक ‘फ्रिजिंग’ मात्र हो ।

जब इन्द्रेणीले
रिसाएको आकाशसँग
माफी माग्छ झुकेर
म नतमस्तक हुन्छु तिमीसँग
म ढुक्क छु-
सूर्योदयले मात्र खुसी ल्याउँछ भन्नेहरु
जीवनमा कहिल्यै पानीमा नाचेका हुँदैनन्,
सायद मेरो कुरा सुनेर
तिमी पनि पानीमा नाच्न तम्सिन्छ्यौ,
नाचेर मात्र हुन्न पानीमा
परेको पानीमा नाचेर
कोही पानीले भिज्छन् मात्र
कोही पानीलाई महसुस गर्छन्

जब पानी पर्छ,
म विहानको ‘वेदर फोरकास्ट’हरुलाई व्यंग्य गर्छु ।
जब पानी पर्छ,
मेरो जीवनमा मडाएरिएका काला बादलहरु बिर्सन्छु ।
जसरी पानी परेपछि बादलको तेजोबध हुन्छ,
मेरो तेजोबध गर्न खोज्नेहरुलाई पनि माफी दिन्छु ।

वर्षामा जब बुट्यानका पातहरुमा,
जमीनमा थोरै जमेका पानीकै खाल्डाहरुमा
पानीकै ससाना थोप्लाहरु माथिबाट झरेर
टप्टप् आवाजमा चुम्बन गर्छ पानीलाई नै
पानीमा छोएर पानीले नै निकालेका आवाजहरु
पानीले आफ्नो कविता
आफैँ पढिरहेजस्तो लाग्छ ।
यस्तो कविता जसलाई
संसारको एउटै भाषामा सबैले बुझ्न सक्छन् ।

एउटै कुरामा दुःख लाग्छ,
हरेक पटक म
झरिरहेको वर्षालाई
धन्यबाद दिन नभ्याई
आनन्द लिइरहेको बेला
ऊ मसँगै छ भन्ने सोचिरहेको बेला
त्यो कतिबेला कतिबेला
मलाई छोडेर गइसकेको हुन्छ
मलाई पत्तै हुँदैन,
र फेरि म उसको पर्खाइमा बसिरहन्छु ।

त्यसैले, म ती मान्छेहरु मन पराउँछु
जो पानी परेको देखेर मुस्कुराउँछन् ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...