Monday 27th July 2026
उधारोमा वाँडिएको ‘ग्याँस पाइप’ सपना

कृष्ण महरा
‘अब ग्याँसका सिलिण्डर काँधमा बोकेर ह्निु पर्दैन, सिलिण्डरको युग समाप्त हुनेछ, घरका चुलाचुलामा पाइप पु¥याईदिन्छु, पिटिक्क खोल्दा सिलिण्डरबाट होइन पाइपबाट ग्याँस आउँछ’ । जनता खाना पकाउने ग्याँस र इन्धन नपाएर भोकै रात काटिरहेका जनतालाई देखाइएका सपना कुनै सामान्य व्यक्तिको होइन । पाँच महिना देखि नाकाबन्दीले थकित जनतालाई यस्तो सपना देखाउने व्यक्ति नेपालका ३८ औं प्रधानमन्त्री के.पी. शर्मा ओलीको हो ।
एक साता अघि नेपाल सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेपाल चेम्बर अफ कमर्शद्वारा राजधानीमा आयोजित द्विपक्षिय आर्थिक सम्बन्ध सहजीकरणका लागी आर्थिक कुटनीतिको भुमिका विषयक कार्यक्रममा कालाबजारीयाहरुले सरकारलाई सहयोग गरेको सगर्व उद्घोष गर्दै आधिकारिक रुपमा सरकारबाटै अन्याय र अत्याचारको प्रशंसा गरियो ।
पहिलो संविधानसभामा संविधानसभा भवनको झ्यालबाट कुर्सी हुत्याएर चर्चामा आएका विश्वेन्द्र पासवान अहिले जनसंख्या तथा वातावरण मन्त्री बनेका छन । भारतीय नाकाबन्दीको विरोध स्वरुप मन्त्री पासवान प्रमुख दलका प्रमुख नेताहरुलाई साइकल बाँड्न मै व्यस्त छन ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले आधा दर्जन उपप्रधानमन्त्रीसहित सरकार गठन भएको चौथो महिना सुरुहुँदा समेत मन्त्रीमण्डल पुरा गर्न सकेका छैनन, अझै कति उपप्रधानमन्त्री र मन्त्रीहरु थपिनेहुन थाहा छैन, र भन्दैछन, ‘उपप्रधानमन्त्री धेरै भएर के भो, मन्त्रीका अगाडी एउटा पगरी गुथाइदिएको न हो ।’
बैसाख १२ को भुकम्पले सर्वस्व लुटिएका भुकम्पपीडितहरुले न्यानो लुगा ओड्न तथा गत चार महिनादेखिको भारतीय नाकाबन्दीका कारण जनताले चुल्हो बाल्न नपाएको बेला देशमा सिलिण्डरको युुग समाप्त पारिदिन्छु भन्दै दिएको अभिव्यक्ति सस्तो लोकप्रियता र पीडामा बाँचेका जनतालाई उधारोमा बाँडेको सपना यथार्थ हो वा हावादी त्यो समयले नै देखाउला ।
देशले इतिहासमै नभोगेको पीडा आज २१ औ शताब्दीमा आएर भोग्दैछ, नेताहरुले भन्ने गरेको नयाँ नेपाल अब नारामा समेत बाँकी छैन । तैपनि सरकारका मन्त्री तथा स्वयम् प्रधानमन्त्रीसमेत जनतासंग ख्यालठट्टा गर्दैछन, यो सरकारको जगहसाइ मात्रै हो । काम गर्नेले कुरा कम काम बढी गरेर देखाइदिन्छ ।
देश भुकम्पले थला परेको आज झण्डै दश महिना भइसक्यो भुकम्प पीडितको पाल र त्रिपालमा समेत भ्रष्ट्राचार गर्नेहरु माथी कारबाहीको साँटो उल्टै परस्कृत भइरहेका छन । भुकम्पसंगै सुरु भएको पुननिर्माण प्राधिकरणको नेतृत्वमाथीको घृणित राजनीतिले पीडितसंग महिनौ खेलबाड ग¥यो । नेपालमा भुकम्पपश्चात आयोजना गरिएको दातृराष्ट्रहरुको सम्मेलनमा ४ अर्ब भन्दा बढी वैदेसिक सहायता प्राप्त भएको थियो तर भुकम्पपीडितहरुलाई १० हजार दिनसमेत मन्त्रीपरिषदको बैठक नै बस्नुप¥यो ।
भुकम्पपश्चात देश कम्तिमा पनि ५ वर्ष पछाडि धकेलिएको प्रक्षेपण राष्ट्रिय योजना आयोगले उतिबेलै गरिसकेको थियो । पछिल्लो चार महिनादेखिको मधेशमा जारी आन्दोलन र तत्पश्चातको भारतीय नाकाबन्दीबाट नेपालमा सिर्जित मानवीय शंकट तथा उद्योगधन्दाको अनिश्चितकालिन बन्दबाट नेपाल दक्षिण एशियाकै तेस्रो गरिब मुलुक बाट पहिलो गरिब मुलुक बन्न सक्ने विश्वबैंकले आकलन गरेको छ ।
२०७२ साल सुरवातमै नेपालका लागी अशुभ भएको संकेत बैसाख १२ को भयावह भुकम्पले दिइसकेको थियो । त्यसपछि जनताका प्रतिनिधीहरुले नै संविधान बनाउने ६० वर्षदेखिको सपना यसै वर्ष ऐतिहाँसिक रुपमा पुरा भएतापनि त्यसपछिको उथलपुथल र भारतीय नाकाबन्दीले देशको सारा आवागमन नै ठप्प पा¥यो ।
भारतीय नाकाबन्दीको कुटनैतिक ढंगबाट समाधान खोज्न सरकार पुर्णतया असफल रह्यो भने मधेशी समस्या समाधानमा समेत सरकार तथा सम्पुर्ण राजनैतिक दलहरु सफल हुन सकेनन् । देशमा कालोबजारी मौलायो । सरकारसंग इन्धनको थोपा समेत नहुने तर कालाबजारीयासंग प्रशस्त इन्धन हुने स्थिति आयो । देशमा व्याप्त कालोबजारी नियन्त्रण गर्नुको सट्टा उल्टै सरकारका उपप्रधानमन्त्रीबाटै कालोबजारीयाको प्रशंसा हुनु अति हास्यास्पद मात्र नभई सरकारी लाचारीपनको पराकाष्ठा हो ।
राजधानी लगायत देशैभरी जनताको खाना खाने समय ठेगान छैन । बत्ति आयो त खाना पाक्छ आएन भने भोकै बस्नुपर्ने स्थिति छ । शहरमा बस्ने विद्यार्थीहरु यसको सबैभन्दा बढी मारमा परेका छन । सरकारले भारतीय नाकाबन्दीसंग नझुक्ने भन्दै काठमाडौंमा दाउरा त वितरण ग¥यो तर एउटै कोठा किचन र वेडरुम भएका लाखौ विद्याथीहरुले सरकारले दिएको दाउरा कहाँ लगेर बाल्ने ?
प्रधानमन्त्री भनिरहनुभएको छ, घरघरमा ग्याँसको पाइप फिट गरिदिन्छु, जति चाहिन्छ बाल्नुस्, मोटरसाइकलमा सिलिण्डर बोकेर दौडिने दिनको समाप्त गरिदिन्छु । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रधानमन्त्रीको यो भनाइको निकै आलोचना भइरहेको छ किनभने जनतालाई विहान बेलुकी चुल्हो बाल्न आधा सिलिण्डर भएपनि ग्याँस चाहिएको छ । यसको दीर्घकालिन समाधान ग्याँस पाइप नै होला तर ग्याँस नपाएर थकित, थलित र आहत जनतालाई एक्कासी ग्याँसको पाइप फिट गरिदिने हावादारी कुरा जनताको पीडामाथीको व्यंग्य नै हो ।
प्रधानमन्त्रीको अभिव्यक्ति कुनै असम्भव कुरामा आएको होइन तर यो उक्त अभिव्यक्तिको उपयुक्त समय होइन र अर्कोकुरा अभिव्यक्ति नै ठुलो कुरा होइन ठुलो कुरा त नतिजा हो । जब परिस्थिति प्रतिकुल अभिव्यक्ति आउछ त्यो व्यँग्यसिवाय अरु केहि हुन सक्दैन । पुर्व मन्त्रीद्वय गोकर्ण विष्ट र लालबाबु पण्डितले कहिल्यै भाषण गरेनन् काम गरेरमात्र देखाए । इतिहाँसमा उनीहरुको नाम लेखिनेछ र भविष्यले सदा खोजिरहनेछ ।
तसर्थ, सरकारका उपप्रधानमन्त्रीद्वारा नै कालोबजारीको प्रशंसा गर्नु, वातावरण मन्त्रीले प्रमुख दलका तीन नेतालाई कुनै योजन र पुर्वाधारविनै साइकल बाँड्नु केबल सरकारको जगहँसाई हो । जब सम्म प्रधानमन्त्री ओलीले जनताको घरघरमा ग्याँस पाइप फिट गरी सिलिण्डर युगको अन्त्य गर्ने छैनन तबसम्म घरघरमा ग्याँसको पाइप फिट गरिदिने उनको कुरा उधारोमा वाँडिएको अधुरो सपना सिवाय अरु केहि हुने छैन ।
लेखक कानूनका विद्यार्थी हुन् ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...