...

Saturday 11th July 2026

संसारका सुन्दरी वकील महिलाहरु

आक्रामक बौद्धिकतादेखि सफलतम सुन्दरतासम्म

 – स्वागत नेपाल
आफू वकील भए पनि कहिलेकाहीँ मनमा उट्पट्याङ्गहरु पनि आउँछन् । एउटा उट्पट्याङ्ग आयो मनमा केही वकीलहरुलाई देखेर जो कि असाध्यै ह्याण्डसम वा सुन्दरी छन् अनि कोही एकदमै आफूलाई झुरपट्यास रुप बनाएर बनाएर हिँड्छन् । अरुलाई सफाचट् व्यवहार सिकाउने वकीलहरु हेर्दैमा पनि सफाचट् बनेर प्रस्तुत हुनु पर्ने हो ककालतमा होस् कि समाजमा, ल फर्ममा होस् कि क्लाइन्टसँग । अनि खोज्न मन लाग्यो संसारमा सबैभन्दा टप टेन सुन्दरी महिला वकीलहरु को को होलान् < फेला पनि पारेँ एउटा वेव साइटमा । उनीहरु सुन्दरी मात्र होइन पेशामा पनि भव्य तगडा रहेछन् । अनि वकील साथीहरु मात्र होइन सबैका लागि रुचिपूर्ण होला भनेर एक्स्प्लोर गर्ने विचार गरेँ अनुवाद सहित । प्रस्तुत छन् संसारका टप टेन सुन्दरी महिला वकीलहरु नम्बर १० देखि १ सम्म ।

१०. जस्टिन थोर्नसन : आक्रामक बौद्धिकता
10

जस्टिन थोर्नसन ३९ वर्षीया बेलायती महिला वकील हुन् । उनी शुरुमा बालकलाकार थिइन् । उनी हाल सक्रिय वकील मात्र होइन त्यहाँको लेवर पार्टीकी नेतृ पनि हुन् । उनले क्याम्ब्रिज युनिभर्सिटीबाट सन् १९९२ मा कानुनमा स्नातक गरेकी हुन् । उनी सन् २००० मा बेलायत सरकारको बातावरण सल्लाहकारमा नियुक्त भई सन् २००५ सम्म बहाल रहेकी थिइन् । उनी पेशागत रुपमा आक्रामक बौद्धिकता भएकी वकील मानिन्छिन् । व्यक्तिगत रुपमा चाहिँ उनी सौम्य र शालिन मानिन्छिन् ।

९. काटिया साराभिया : कठिन मुद्दाको सफल समाधान

9काटिया साराभियालाई अमेरिकी राइजिङ्ग स्टार नामले चिनिन्छ । उनी सयौं कठिन मुद्दाको सफल समाधानको लागि चर्चित छिन् । सन् २०१० मा वर्ष वकीलमा सुचीकृत भएकी उनी सन् २०११ मा वुमन ट्रायल लयर अफ द इयर मा पार्कन वि. स्मार्ट भास्केज बहुचर्चित मुद्दा ह्याण्डलिङ्का कारण पुरस्कृत भएकी थिइन् ।

८. राखेल ओ हागेन : स्ट्रेट ढंग तर सम्वेदनशील
8राखेल ओ हागेन पनि बेलायती वकील नै हुन् । उनी कन्स्ट्रक्सन, इञ्जिनियरिङ्ग र वाणिज्य विवादहरुकी विशेषज्ञ हुन् । उनी क्लाइन्टका विषय सिधासिधा स्ट्रेट ढंगमा तर सम्वेदनशील रुपमा बुझ्न सक्ने वकील मानिन्छिन् । वाणिज्य, निर्माण आदि मुद्दासँगै उनी नयाँ पुस्ताकी सबैभन्दा बढी चर्चित उपभोक्तावादी मुद्दा सम्हाल्ने वकीलको रुपमा पनि चिनिन्छिन् ।

७. मिका मायर : कम उमेरकी फोस्टर साझेदार
7मिका मायर अमेरिकाको सबैभन्दा चर्चित बौद्धिक सम्पत्तिसँग सम्बन्धी मुद्दाहरुको लिड गर्ने ल फर्म मोरिसन एण्ड फोस्टरको साझेदार बन्न पाउने सबैभन्दा कम उमेरकी वकील हुन् । उनले बोस्टन युनिभर्सिटी स्कुल अफ ल बाट ग्र्याजुएसन गरेकी छिन् । उनी मेडिकल भिभाइसहरु र औषधीसम्बन्धी तथा तिनै विषयका पेटेन्ट राइटबारे मुद्दा बढी हेर्ने वकील मानिन्छिन् । उनलाई चालीस वर्ष मुनिका १० टप टेन आइ पी पोर्टफोलियो म्यानेजर्स इन क्यालिफोर्निया भनी पत्रिकाहरुले उल्लेख गरेका थिए ।

६. लाउरा बेल : सबैभन्दा सजह उपलब्ध वकील

6युके बार डिस्कनरी २०१४ मा लिडर इन द फिल्ड फर इम्प्ल्योइमेन्ट भनेर उल्लेखित लाउरा बेल आफ्ना सेवाग्राहीका लागि सबैभन्दा सजह उपलब्ध वकील मानिन्छिन् । उनी कानुनको प्राध्यापन समेत गछिन् । अत्यन्त मृदुभाषी उनी व्यवस्ताको व्यवस्थापनमा सबैभन्दा कम सहयोगीहरुको साथ लिने वकील पनि हुन् ।

५. क्यामेलिया ज्याकोब्स् :जीतहार भन्दा पनि मेलमिलाप

5कोलम्बिया, मेरिल्याण्डकी क्यामेलियाको आफ्नै ल फर्म ज्याकोब्स् मिडिएसन् स्थापित ल फर्म मानिन्छ । उनी पारिवारिक कानुनको उच्च विज्ञता भएकी वकील मानिन्छिन् । उनी पक्षहरुवीच समदुरी राखेर मुद्दालाई भरसक जीतहार भन्दा पनि मेलमिलापमा टुंग्याउने वकील मानिन्छिन् । उनले शुरुमा भर्जिनियामा ट्रायल लयरका रुपमा करिअर प्रारम्भ गरेकी थिइन् । वाशिंगटन कलेज अफ ल बाट अध्ययन गरेकी क्यामेलिया अमेरिकन युनिभर्सिटीमा प्राध्यापन पनि गर्छिन् ।

४. जुली सेलुम : कान्छी आमाको प्रशंसक बन्दाबन्दै वकील
4जुली सेलुमको पनि आफैँ संस्थापक रहेको सेलुम ल फर्म नामको फर्म स्थापित छ । उनी टेक्सास राइजिङ्ग स्टारबाट विभुषित छिन् । उनी बाल्यकालमा विज्ञानप्रति अति नै रुची राख्ने केटी थिइन् । उनको आफ्नै कान्छी आमा जो वकील थिइन् उनको प्रतिभाबाट र व्यक्तित्वबाट उनकै प्रशंसक बन्दाबन्दै उनी आफैँ स्नातक तहमा पुगेपछि वकील बन्ने धुनमा लागिन् । र, हाल चर्चित वकील बन्न पुगिन् ।

 

३ आमाल आलामुद्दिन : विकिलिक्स संस्थापक आसान्जकी वकील

3आमाल आलामुद्दिन ती वकील हुन् जसले विकिलिक्सका संस्थापक जुलियन आसान्जको तर्फबाट सुपर्दगीको विरुद्ध मुद्दा लडेकी थिइन् । उनी संसारकै तेस्रो सुन्दरी महिला वकील भनेर चर्चित छिन् । उनी लण्डनस्थित वकील हुन् । उनको विशेषज्ञता मानवअधिकार, अन्तराष्ट्रिय कानुन, सुपुर्दगी र फौजदारी कानुनमा हो । उनले धेरै मुद्दामा अन्तराष्ट्रिय न्यायालय, अमेरिकन अदालत र बेलायती अदालतहरुमा समेत बहस पैरवी गरिसकेकी छिन् ।

२. साहीद फातिमा : अन्तराष्ट्रिय बहस पैरवी

women lawyer गालामा प्रेमिल डिम्पल सहितकी सुन्दरी वकील साहीद फातिमा बेलायतको ब्ल्याकस्टोन चेम्बर्स भन्ने ल फर्ममा संलग्न छिन् । उनी युनिभर्सिटी अफ ल्यासोबाट एलएलवीमा प्रथम् श्रेणी, अक्सफोर्ड युनिभर्सिटीबाट विसीएल र हार्वड युनिभर्सिटीबाट एलएलएम गरेकी फतिमालाई सन् २००७ को ह्युमन राइट लयर्स अफ द इयरको पुरस्कार प्रदान गरिएको थियो । उनले पनि धेरै युरोपेली तथा अन्तराष्ट्रिय न्यायालयहरुमा बहस पैरवी गरिसकेकी छिन् ।

१. नातालिया पोक्लोन्सकाया : छोरी मान्छेहरु कानुन पढ्न प्रेरणा
111नातालिया पोक्लोन्सकाया चर्चित मुलुक क्रिमियाकी महान्यायाधिवक्ता हुन् । उनको जन्म सन् १९८० को मार्च १८ मा युक्रेनमा भएको हो । सन् २००२ मा कानुनमा ग्राजुएसन गरेपछि उनले युक्रेनको जेनेरल प्रोजेक्युसन डिपार्टमेन्टमा काम गर्न थालिन् । उनलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले महान्यायाधिवक्ता नियुक्त गरेका थिए । उनी त्यतिबेला असिस्टेन्ट डिस्ट्रिक्न अटोर्नीको रुपमा मात्र कार्यरत थिइन् । सन् २००२ देखि २०१४ सम्म १२ वर्ष उनी महान्यायाधिवक्ता रहिन् । उनको पहिलो पत्रकार सम्मेलनमा खिचिएको भिडिओ सार्वजनिक भएपछि नै उनी मोडेल सरह संसारभरका युट्युव च्यानलहरुमा छाएकी थिइन् । उनको सफलतापछि धेरै छोरी मान्छेहरुलाई उनको वाकपटुता र आकर्षक व्यवसायिक छवीका कारण वकील बन्न र कानुन पढ्न प्रेरणा समेत मिलेको बताइन्छ ।

नोटः माथिका सबै सुन्दरी महिला वकीलहरुको बारेमा वन्डरलिस्ट डट कम अनलाइनले संकलन गरेको धारणा र सर्वेक्षणको परिणम हो । सुन्दरताका बारेमा आआफ्ना धारणा र मानकहरु छन् । सबैलाई सुन्दर मान्ने र नमान्ने आधारहरु हुन सक्छन् ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...