...

Friday 10th July 2026

Are You Calling Me Coloured ?

अधिवक्ता स्वागत नेपाल, माघ १४ २०७२, काठमाडौँ ।

20160128_103452-1हामी नबुझिने कविता लेखेर विद्वान् बन्ने होडमा छौं । न त व्यवहार पढ्छौं न त अरूका किताब नै । आफौले नबुझ्ने कुरा बर्बराउछौं र त्यसैलाई कविता भन्छौं । तर, केही दशक अघिसम्म काला जातिका व्यक्ति वा समुदायलाई विभिन्न दस्तावेजमा हप्सी, निग्रो, काला जाति भनेर सोझै भनिन्थ्यो । तर, वर्णविरोधी मानवाधिकारवादीले ती शब्दमा विरोध जनाएपछि उनीहरूलाई अश्वेत जाति भनिन थालियो ।

फेरि अश्वेतभन्दा पनि हुनुपर्ने चाहिँ श्वेत थियो तर दुर्भाग्यवश अश्वेत भयो । मूलधार चाहिँ श्वेत नै हो भन्ने अर्थ लाग्छ भनेर उनीहरूलाई औपचारिक रूपमै मानव अधिकारको मान्यताअनुसार अपमान नहोस् भनेर ‘कलर्ड’ भन्न थालियो । ‘कलर्ड पिपुल’ अर्थात् रंगिन मान्छेहरू भनेपछि सम्मान गरिएको ठानिन्थ्यो । तर, जब एउटा सानो अफ्रिकन फुच्चेले आफ्नो भावना कवितामा लेख्यो तब ‘कलर्ड पिपुल’ भन्ने पदावलीलाई अब कुन शब्दमा परिवर्तन गर्ने भनेर संयुक्त राष्ट्रसंघीय दस्तावेजमा पनि शब्द खोजी हुन थालेको छ ।

एउटा फुच्चेको सानो कविताले विश्वको अभिभावक संस्थाका पनि विज्ञहरूको दिमाग यतिबेला खलबल्याइदिएको छ । उनले कवितामा आफूहरूलाई ‘कलर्ड पिपुल’ भन्ने गरिएकामा अति नराम्रोसँग तर भद्र ढंगमा बालसुलभ पाराले रिस पनि देखाएका छन् । त्यो कविता पूर्व यो तस्वीर एक पटक हेरौँ । कति निर्दोष देखिन्छन् यी दुई फरक वर्णका बालबालिका नितान्त मानवताबाहेक केही छैन यिनीहरूबीच ।

कालो वर्णको बालकले सोच्छ कवितामा, किन मलाई सेता मान्छेहरू ‘कलर्ड पिपुल’ भन्छन् जबकि– म, जन्मँदै कालो म, हुर्कंदा कालो म, घाममा निस्कँदा कालो म, डराउँदा कालो म, विरामी हुँदा कालो र, म मर्दासम्म पनि कालो तर तिमी गोरा साथीहरू तिमी जन्मँदा गुलाबी तिमी हुर्कंदा गोरो’ तिमी घाममा निस्कँदा रातो तिमी चिसोमा नीलो तिमी डराउँदा पहेँलो तिमी विरामी हुँदा हरियो जब तिमी मर्छौ, तिमी खरानी रंगको अनि तिमी नै मलाई कलर्ड रंगीन भन्छौ र ओहो † कति सानो तथ्यले संसारको सोच, विज्ञहरूको धारणा र दर्शनलाई पनि पूरै फन्को मार्ने गरी उल्टो घुमाइदिन सक्ने रहेछ एउटै बालकको सानो आकारको कवितामार्फत ।

हामीले कहिल्यै सोच्यौँ त्यसरी र म जो जन्मेदेखि मरिसक्दा पनि कालो तर तिमी जो मौसमअनुसार पटकपटक रंग बदल्छौ अनि तिमी नै कलर्ड वा रंगिन मान्छे भनेर मलाई अपमान नगरेको ठान्छौ र बालकको यो कविताले गरेको प्रश्नले विकासवादी जति सबैका दिमाग रन्थन्याइदिएको छ । संयुक्त राष्ट्रसंघले सन् २००६ मा संसारको उत्कृष्ट कविता भनेर घोषणा गर्योक तर बालकको सुरक्षाका लागि भनेर नाम सार्वजनिक गरेन ती बालकको ।

पछि मिडियाबाट बाहिर आयो उनको नाम डेबिड सेज हो भनेर । हामी नबुझिने कविता लेखेर विद्वान् बन्ने होडमा छौँ । न त व्यवहार पढ्छौँ न त अरूका किताब नै । आफैँले नबुझ्ने कुरा बर्बराउँछौँ र त्यसैलाई कविता भन्छौँ । हाम्रो कविताको प्रवृत्ति अझै त्योभन्दा माथि पुग्न सकेको छैन । कि चैँ बुझिने नाममा विनातुकको राजनीतिक गाली मात्र पस्कन्

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...