Monday 27th July 2026
नेपाल स्काउटकी छात्रा १२ बर्षदेखि फलामे साङ्लोमा
टिकाराम नेति
झापा, देवनियाँ, १९ माघ, २०७२ । नेपाल स्काउटको कार्यक्रममा भाग लिएर घर फर्कदा टाउको दुख्यो भन्दै रोएकी डम्बरी पाण्डेलाई बाह्रबर्षदेखि साङ्लोले बाँधिएको छ ।
झारफुक र धामीझाक्रीले उपचार गर्दा समेत निको हुन नसकेको भन्दै झापा सदरमुकाम चद्रगढी नजिकैकी ती युवतीलाइ १२ वर्षदेखि फलामे साड्रलोमा वाँधेर राखिएको छ ।
डम्वरीकी आमा हरिमायाँका अनुसार कक्षा ८ मा पड्दै गरेकी छोरी नेपाल स्काउटको एनसीसी कार्याक्रम अन्तरगत नवलपरासीमा १२ वर्ष अघि गएर आए लगतै उनले टाउको दख्यो भन्दै रुदै कराउदै गर्न थालेपछि कोठामा थुनेर झार फुक गर्न थालिएको थियो तर निको नभएपछि उनी चिच्याउन कराउन थालेपटि वाँधेर राखिएको हो।
जिल्लाका सवैजसो मुख्य कार्यालयको ३ किलो मिटर क्षेत्र भित्र रहेको देवनियाँ किशनभिट्टाको पाण्डे परिवारले हातमा साड्लोले वाँधेर राखेकी डम्वरी पाण्डेको स्वास्थ्य अवस्था दिनदिनै गंभिर बन्दै गएको छ ।
घरको कुनामा लाछि गाँसेर अध्यारो कोठाको भुईमा राखिएकी डम्वरीको साड्लोले वाँधेको हातको गोली गाँठोको भागमा गहिरो चोट लागेको छ । पाण्डेको घर सेन्ट जभियर्स विद्यँलय नजिकै रहेको छ ।
उपचार गर्न सकिन आप्नै छोरी हो मार्न सकिएन बाँधेर राखे के भयो आमा हरिमायाँले भनिन् ‘आधा पेट खाएर वसेका छौ कहाँबाट पैसा ल्याउनु ? सर्वाड्गै नाड्गै अवस्थामा एकसरो लुगा ओडाएर वन्द कोठामा थुनीएकी डम्वरी राम्रो सँग वोल्न र गफ गर्न सक्छिन । तर उनका परिवारले मानसिक असन्तुलन को जस्तो व्यवहार गरेपछि वाँधेर राखेको वताए ।
सम्पतिको नाउमा १ कठ्ठा मात्र जमिन भएका पाण्डे परिवारले उपचारको पैसा माग्न जिल्ल्ला प्रशासन झापा गएपनि एउटा सहयोग गरिदिने पत्र मात्र थमाएर असोजमा पठाएपछि पाण्डे परिवार थप मर्माहत वनेको थियो । साङ्लो खोल्ने वित्तिकै चकचक गर्छे अनि वाधेको भाउजु नैनाले भनिन् । खाली जमिनमा १२ वर्ष देखि साड्लोमा वाधिएकी डम्वरीको उपचारका लागि हाल सम्म कुनै पनि डाक्टर लाइ देखाउन नसकिएको पाण्डे परिवारले जनाएको छ ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...