Friday 10th July 2026
विश्व स्काउट संगठनको सर्वाेच्च पदक पाउने पहिलो नेपाली
बलराम प्यासी
काठमाण्डौ, माघ २४ । नेपाल स्काउटका सल्लाहकार एवम् निर्वतमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई विश्व स्काउट संगठनले सो संगठनको सर्वाेच्च पदक ब्रोन्ज ओल्फ प्रदान गर्ने निर्णय गरेको छ ।
स्काउटिङ्गको विकासमा उल्लेखनीय योगदान गरेका व्यक्ति विशेषलाई मात्रै यो पदक दिने गर्ने गरिएको सो संगठनले जनाएको छ ।
सन् १९३५ मा स्थापना गरिएको सो पुरस्कार पाउने लामिछाने पहिलो नेपाली हुनुहुन्छ । सो संगठनले जनवरी २९ मा लामिछानेलाई सो पुरस्कार दिने घोषणा गरेको हो । घोषित पुरस्कार केही समयपछि एक अन्तर्राष्ट्रिय समारोहमा प्रदान गरिने विश्व स्काउट संगठनले जनाएको छ ।
पुरस्कार स्थापनाको ८० वर्षको इतिहासमा हालसम्म यो पदक पाउनेहरुमा स्काउटिङ्ग अभियानका संस्थापक लर्ड वेडेन पावेल, महिला स्काउटकी संस्थापक÷प्रमुख लेडी वेडेन पावेल, स्विडेनका राजा कार्ल गुस्ताफ १६ औं, फिलिपिन्सका राष्ट्रपति फिडेल रामोस, लग्जम्वर्गका राजा सार जिन, साउदी अरेवियाका राजा अब्दुल्लाह बिन अजिज, थाइल्याण्डका नरेश भूमिबोल अब्दुलादेज तथा डेनमार्ककी राजकुमारी लगायत स्काउटको विकासमा विशिष्ट योगदान गरेका व्यक्तिहरु छन ।
विश्व स्काउट अभियान शुरु भएको शताब्दि (सन् १९०७—२००७) को अवसरमा सन् २००७ मा नेपालको रसुवा जिल्लामा अवस्थित ५ हजार ८९० मिटर अग्लो उर्केमा हिमश्रृंखलालाई वेडेन पावेल स्काउट श्रृंखला ९द्यए क्अयगत एभबप ० नामाकरण गर्नुको साथै त्यहाँ जाने पदमार्गलाई वेडेन पावेल स्काउट पदमार्ग ९द्यए क्अयगत त्चबष्०ि बनाई विश्वभरीका स्काउटलाई साहसिलो कार्यमा अघि बढाउन उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै लामिछानेलाई सो सर्वाेच्च पदक प्रदान गर्ने निर्णय गरिएको विश्व स्काउट संगठनले जनाएको छ ।
यसैगरि एशिया प्रशान्त क्षेत्र र अन्तर्राष्ट्रिय स्तरमा स्काउटिङ्गको विकास तथा विस्तारमा योगदान गर्नुका साथै नेपाल स्काउटको प्रमुख आयुक्त हुँदा (सन् २००४—२०१४) अवधिमा नेपालमा स्काउटको संख्यात्मक र गुणात्मक विकासका साथै संस्थालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन गरेको विशेष योगदानको समेत मुल्यांकन गरिएको उल्लेख छ ।
सर्वाेच्च पदक पाउने लामिछाने हाल विश्व स्काउट संगठन,एशिया प्र्रशान्त क्षेत्रीय संगठन अन्तर्गतकोे एशिया प्रशान्त क्षेत्रीय एवार्ड समितिको अध्यक्ष हुनुहुन्छ । उहाँले यसअघि एशिया प्रशान्त क्षेत्रीय समितिको प्रथम उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ ।उहाँ विगत ५२ वर्षदेखि स्काउटमा आवद्ध हुनुहुन्छ । नेपाल स्काउटको तल्लो तह (टेण्डरफुट) देखि सबै तह पार गर्दै प्रमुख आयुक्तसम्म पुग्ने पनि लामिछाने पहिलो नेपाली हुनुहुन्छ ।
पर्वत जिल्लाको एक साधारण परिवारमा जन्मिनुभएका लामिछाने २०२० सालमा स्काउटको तल्लो तह (टेण्डरफुट) बाट नेपाल स्काउटमा प्रवेश गर्नुभएको थियो । ललितपुर जिल्लाको जिल्ला आयक्त, नेपाल स्काउटको तालिम आयुक्त, अन्तर्राष्ट्रिय आयुक्त, सहप्रमुख आयक्त हुदै उहाँ सन् २००४ मा नेपाल स्काउटको प्रमुख आयुक्तमा निर्वाचित हुनुभएको थियो । सन् २००९ मा एशिया प्रशान्त क्षेत्रको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भई सन् २०१२ मा सोही समितिको प्रथम उपाध्यक्ष हुन सफल हुनुभएको थियो ।
लामिछाने, नेपाललगायत एशिया प्रशान्त क्षेत्रमा स्काउट शिक्षाको प्रर्वद्धन, विकास र विस्तारमा उल्लेख्य योगदान गरेवापत नेपाल स्काउटको सर्वाेच्चपदक सुनौलो गैंडादेखि फिनल्याण्डको राष्ट्रिय पदकदेखि विभिन्न मुलुकका स्काउट संगठनबाट दर्जनौं उच्च सम्मान र विभूषणद्धारा विभूषित भईसक्नुभएको छ । उहाँ लक्जम्र्वगका लागि अवैतनिक नेपाली महावाणिज्य दुत हुनुहन्छ भने अवैतनिक महावाणिज्यदुतहरुको संस्थाको डीन समेत हुनुहुुन्छ ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...