...

Saturday 18th July 2026

कसरी भयो नेहाको हत्या ?

नेहाका हत्या अभियुक्तको स्वीकारोक्ती बयान

पोखरा

मगर चलचित्र नायिका १९ वर्षीया योरुना पुन ‘नेहाको हत्या अभियुक्त शतिस भनिने कृतन खड्गीले हत्या अभियोगमा स्वीकारोक्ती बयान दिएको प्रहरीले जनाएको छ ।

Nehaहत्याको अभियोगमा पोखरा नयाँ सडकका सतिस खड्गीलाई प्रहरीले पक्राउ गरी बयान लिएकोमा खड्गीले अपराध स्वीकार गरेको एसपी हरिबहादुर पालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डि एस पी गजुसिद्धि बज्राचार्यको नेतृत्वको प्रहरी अनुसन्धान टोलिले हत्यामा सम्लग्न भएको आशंकामा खड्गीलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

अभियुक्त खड्गीले बयानका क्रममा नेहाको हत्या गरेको स्वीकार गरेको बताउँदै प्रहरीले कारवाहीका लागि ज्यान मुद्दा दर्ता गर्ने भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शतिसले १८गते राती काम सकेर सँगै मोटरसाईकलमा घर फर्किने क्रममा हत्या गरेको बयानका क्रममा स्वीकारेका छन् । उनीहरु लेकसाइड हुदै घर फर्केको पनि उनले बताएको जनाइएको छ ।

सतिशले नेहासँग यौनप्रस्ताब गरेकोमा नेहाले अस्वीकार गर्दा उनीहरु वीच भनाभन हुने क्रममा, शतिशले जबरजस्ती गर्न खोज्दै हेलमेट नेहाको टाउकोमा प्रहार गरेपछि त्यहीँ ढलेकी नेहालाई छोडेर शतिस भागेको बताइएको छ ।

सतिशले ४ पटक टाउकोमा हेल्मेटले हानेपछि मात्र उनी त्यहाँ ढलेको र शतिस भागेको प्रहरीले बयानबाट निश्कर्ष निकालेको छ ।

माघ १९ गते मर्निङ् वाक गएका सर्बसाधारणले नेहाको शब देखेपछि प्रहरीमा खबर गरेका थिए ।

कलाकार नेहाको शब उनकै घरभन्दा ४ सय मिटर पर कालो पछ्यौराले छोपिएको अर्धनग्न अवस्थामा भेटिएको थियो ।

पहिलो चरणमा इन्द्रचोकमा नेहालाई छोडेको बताएका शतिसले अरुदिन घरमै लगेर छोड्ने सतिशले किन इन्द्रचोकमा लगेर छोडे । केटि मान्छे तेती राती एक्लै छोड्ने कारण के पर्यो भन्ने समेत प्रश्नबाट प्रहरीले अनुसन्धान थालेपछि प्रमाण जुट्दै जान थालेको र मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले जनाएको छ । सबै प्रमाण जुट्दै गर्दा सतिशले एकपछि अर्को गर्दै सबै कुरा प्रहरी सामु खुलासा गरेका हुन् ।

प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ अभियुक्त र घटनाबारे जानकारी दिने कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिनुभयो ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...