...

Friday 10th July 2026

विद्युतीय दाहसँस्कारमा पहिलो राजकीय सम्मान सुशील कोइरालालाई

काठमाडौं– कुनै समय हिन्दुसँस्कार अनुसार विद्यतीय दाहसँस्कार अमिल्दो हुने भन्दै कट्टर हिन्दुहरुले विरोध गर्ने गरेको विद्युतीय दाहसँस्कार राजकीय सम्मानका साथ हुने नेतामा दरिने भएका छन् पूर्व प्रधानमन्त्री सुशील कोइराला ।

12670580_1091984850846769_4343147440838211554_nउनको परिवारले पार्टी पंक्तिलाई विद्युतीय दाहसँस्कारका लागि अनुमति दिएपछि उनको दाहसँस्कार विद्यूतीय शव दाहगृहमा हुने भएको छ ।

नेता महेश आचार्यले सञ्चारकर्मीहरुलाई सो को लागि परिवारबाट सहमति रहेको जानकारी दिएका छन् ।

कोइरालाको शब पहिला आज पार्टी कार्यालय सानेपामा र भोलि २ बजेसम्म रंगशालामा सर्वसाधारणका लागि श्रद्धासुमन अर्पण गर्नका लागि राखिने र सो पछि पशुपति आर्यघाट तर्फ लगिने पनि पार्टीले जनाएको छ ।

यसैवीच कोइरालाको निधनमा सरकारले बुधबार सार्वजनिक विदा दिने भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको आकश्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै कोइरालाको राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको हो।

संचारमन्त्री एवं सरकारका प्रवक्ता शेरधर राईका अनुसार सरकारले मंगलबारदेखि बिहीबारसम्म सबै सरकारी कार्यलय, विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ।

मन्त्री राईले बिहीबारदेखि विदेशस्थित कुटनीतिक नियोगमा शोक पुस्तिका राख्ने समेत निर्णय गरेको बताए ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...