...

Saturday 18th July 2026

राजनितिक बहुलाकाजीको सपना र नयाँ शक्ति

वैकल्पिक राजनीतिका चुनौती र आगतको बाटो

हरिश प्रसाद भट्ट

संगतमा चोचोमोचो कम गर्ने र वास्तविकता सहजै र बेलामै बक्ने मान्छे समाजमा कम हुन्छन । कहिँकतै मात्र भेटिने त्यसखालका ‘ईन्ट्रोभर्ट’ जस्ता देखिने मनुवाहरुको सहज पहुँच समाजका सचेत वर्ग (राजनीति र संघठन) भन्दा टाढा हुन्छ । के यिनीहरु यो कुरा रुचाँउदैनन या त्यस्ता सचेत वर्ग त्यो गाँउको स्तरसम्म पुगेका हुदैनन् । हो, आईडियाका भारि बाकेर सानो सपना बनाएका संघठनकर्ताहरु आफै एक सानो ईकाईको सिमित सिद्धान्तले घेरिएका हुन्छन । यदि स्वतन्त्र जनतावर्ग संग अन्तरक्रिया गर्नुछ, गाँउस्तरको जीवनसंग हातेमालो गरि उनिहरुका दुख सुख सुन्नु छ भने कुनै संघठन र राजनीतिक दल भएर जाँदा त्यो संभव हुदैन । त्यो वर्ग जसले राजनीति भनेको चुनाव र नेता भनेको शासक बुझेको छ, त्यो वर्गले कुनै वाद, विचार र धार बुझ्दैन । त्यहाँ केवल विहान बेलुकाको हातमुख जोराई र पुलपुलेसो को निर्माण पुनर्निर्माण राजनीति हो, समाज हो र शान्ती हो । जो यी कुराबाट पनि टाढा छ, यानी निरपेक्ष खानपिउन र हिँडडुल गर्न पनि समस्या भोग्छ त्यो वर्गाका लागि राजनीति केवल संघर्ष हो संघर्ष । तर त्यै संघर्ष कसैका लागि राजनीति बन्छ र उ शासक बन्छ, त्यो नसक्नेका लागि त त्यो संघर्ष नै जिवन भईदिन्छ । खानेपिउने कुरा नपाएका देखी शासक वर्गसम्मका यी मुल्यमान्यताले हेर्ने हो भने अब समाजमा चार वटा भेद भैसकेका हुन्छन ।

एक खान पिउन नपुगेर जीवकालागि संघर्षरत, यो वर्गको कुनै सिमा छैन । यो पहाडमा , मधेसमा, हिमालमा जताततै ५० प्रतिशत जनसंख्या यसै वर्गमा छ । खासगरी उच्च पहाडी र मध्य तराई मधेस क्षेत्रका जनता लाई ईंकित गर्न खोजेको हुँ । दोश्रो निरपेक्ष गरिबी भन्दा माथि र समाज, दुनियाँ सुन्न बुझ्न सक्ने जसलाई चलनचल्तिमा मध्यमवर्ग भनिन्छ । यो वर्गको राजनीति र शासनमा त्यत्ती उत्कृष्टता नरहेपनि आफुभन्दा तल्लो वर्गको शासक नै हो भन्न सकिन्छ । यस्तो जनसंख्या पहाड र र्पुव पश्चिमका तराईमा करिब २० प्रतिसत छ । तेस्रो वर्ग सामान्य सहरिया वर्ग हो । जसले राजनीति, प्रविधी र शासनसत्तामा पहुँच बनाईसकेको छ तर पनि त्यहाँ आफ्नो प्रभुत्व भने बनाईसकेको छैन । यो वर्ग नेपालको मध्य पहाडी भेकमा बस्ने गरेका चलनचल्तिमा जनजाती भनिने तिब्बनतेली बर्मेली मुलका नागरिकलाई भन्न खोजिएको हो । यो वर्ग जागिर (गोर्खा सैनिक), कृषी र व्यापारमा निर्भर भएकाले देशमा वर्र्गीय रुपमा आर्थिक दृष्टिकोणले सबैभन्दा सबल छ । यस्तो जनसंख्या करिब २५ प्रतिशत छ । राजनीतिमा यसको मध्यम सहभागिता छ । यो वर्गले कतै कसैमा शासन गरेको या आफ्नो प्रभुत्व भने जमाएको छैन । चौथो वर्ग पंतिकारका नजरमा वर्तनका शासक वर्ग यानी उच्च पहाडी र लेक तिरका र बसाई सरि सहर झरेकालाई भन्न खोजिएको हो जो निरन्तर सता र शक्तिको केन्द्रमा रह्यो । यसले जम्मा ५ प्रतिशत हिस्सा ओगट्छ तर बाँकी ९५ प्रतिशतलाई यसले आफ्नो निम्ति पटक पटक प्रयोग गर्दै उनीहरुमाथि शासन गरेको छ । तर म यो वर्ग जातिय रुपमा हेर्न चाहन्न । त्यहाँ बाहुन को बाहुल्य रहेजस्तो देखएपनि यो वर्ग भनेको सबैवर्गका शासक मनस्थिति भएकाहरुको गुट हो । अब समग्रमा के देखियो भने, धेरै कम प्रतिशतले धरै बढीमाथी शासन गरेको छ । अचम्मको कुरा त यहि मान्नुपर्छ की यस्तो वर्र्गीय व्यवस्तामा हाम्रो देश यती लामो समय मिलेर र टिकेर बस्यो । हामीबिच समाजवादका विभिन्न रुप प्रयोग भए, भिन्न भिन्न रुपमा निरंकुसता लादियो, साम्यवादको सपना सजाएको शक्तिलाई समर्थन गर्यौँ । पारिवारिक जहानिया शासन, प्रजातन्त्र, निरंकुश पञ्चायत, प्रजातन्त्रको पुर्नप्राप्ति, साम्यवाद स्थापनाको असफल अभ्यास देखि राजतन्त्रको अन्त्य र गणतन्त्रको प्राप्तिसम्म पुगेको नेपाली समाज पुग्यो । यसै सताब्दिमा भएका यी परिवर्तन केवल माथी उल्लिखित ५ प्रतिशतको नियन्त्रणमा उनीहरुकै उपयोगका लागि भएका हुन्, बाँकी जनता र बाँकी वर्ग केवल प्रयो गरिएका हुन् ।

यी सबै नेपाली राजनीतिक समाजका अतित र समाजिक बनोटका व्यवस्थाको केरकार पछि मलाई याद आउछ, “बहुला काजीको सपना“ को एक अंश “समाजको दुखको अन्त न कागजमा कोर्दैमा हुँदो रहेछ, न बोल्दैमा मात्र । यसको लागि त समाजको जरोदेखिनै परिवर्तन गर्नु पर्छ । खै फ्रन्सको त्यो उच्च आदर्श । खै अमेरिकनहरुको स्वाधिनताको संग्राम । एक हुरी आयो, सतह सतहमा गोलमाल मच्चियो, फेरि उस्ताको उस्तै , फेरि बाटैमा तिनीहरु अलमलिए । हब्सीहरु कालाका कालै रहे , गरिबहरु भोकाका भोकै । हिन्दुस्तानमा अछुत अछुतै , स्वार्थ जस्ताको त्यस्तै । स्वाधिनता, समानता, भ्रातृत्व शब्दका शब्द।“ हो मेरो नजरमा बहुला काजीको सपनामा आएका यी अवरोध बुझाएका विश्लेशण साँच्चिकै नेपाली समाजको प्रगतिका बाधा हुन । एक चोटी सोचौँ त महेन्द्रको एक भाषा एक वर्ग, एक राष्ट्र वाला राष्ट्रियता देखी प्रचण्डपथको वर्ग्हिन समाज र हालका मधेशवादी दलले खोजेको बहुराष्ट्रिय राष्ट्रियता सम्म हामीलाई कुनै सर्व स्विकार्य छैनन् । आँखिर नेपाली समाज के चाहन्छ , कस्तो व्यवस्था चाहन्छ, कस्तो शासन प्रणली, कस्तो वर्ग व्यवस्था, कुन तन्त्र र कुन वाद चाहन्छ ? हामीले किन आज सम्म निक्यौल गर्न सकेनौ ? हामीले बेला बेला आएका यस्ता भिन्न भिन्न परिवर्तन जुन वर्ग र जनताका लागि भनेर गर्यौ, राम्रै ध्येयले गर्यौँ तर खुद ती जनतासंग कहिल्यै जानकारी दिएनौ, त्यो वर्गसंग तत् तत् विषयमा कहिल्यै अन्तरक्रिया गरेनौ । हाम्रो नेतृत्व कहिल्यै यसरी जनतासम्म अगुवा भएर गएन, जनतामा रिझाउन सकेन । हामी के प्रमाणित गर्न सक्छौ भने समस्या तन्त्र, र शासन व्यवस्थामा हैन हामी आफैमा छ , हाम्रो नेतृत्वमा छ जसले कहिल्यै जनतालाई आफनो नजिकको साथी भएको महशुस गराएनन् । हामी जनता बीचमा वर्ग खोज्दै हिँड्यौ तर जनता एक नेपाली एक वर्ग भएर बस्न चाहेको जनताको मनोभावना बुझेनौ । हाम्रा सरकारहरुले कहिल्यै आफु जनताको सेवक भएको कुरा जनाउन सकेनन् । केही चमत्कारीक विकाश र देखिनेगरि जनताको हित त गरेनन्े गरेनन्, आफ्ना क्रियाकलापको सहि सुचना सम्म जनता सम्म पुर्याउन सकेनन् । पारदर्शिता र जवाफदेहता कहिल्यै हाम्रा मुद्धा भएनन् । सुचनाको अभावले विचलन आँउछ । उदाहरणको लागि संविधानमा हामीले समाजवाद शब्द राख्न कति धरै छलफल गर्याँै जुन आवाश्यक थिएन । राख्नु नै थियो भने राज्यको चरित्रमा लोककल्याणकारी राज्य राख्न सक्थ्याँै तर त्यै समाजबादका विशेषता र त्यसको चरित्रचित्रण पनि गर्न सकेनौँ । समाजवादको अनुभव जनस्तरमा त पुग्न समय लाग्ला तर सहि सुचना र पारदर्शितामा हामी पछि हट्नु हुदैँन । हामीले वास्तविकताको नजिकसम्म पहुँच बनाउन सुचनामा हाम्रो अधिकार शुनिश्चित गर्नु जरुरी हुन्छ । सुचनाको गलत प्रभाव या अभावले मानिसलाई उदासिन र कर्महिन बनाउन सक्छ । जबसम्म सुचनाको प्रबाह उच्च मुल्यंकन र महत्वको विषय बन्दैन तब सम्म कुनै संगठन, समुह या राष्ट्र सफलताभन्दा टाढा गरिरहेको हुन्छ । विगतको राजनीति यी र यस्तै फेर्ने र परिवर्तन गर्ने कुराले रुमल्लियो । हामीले गर्व गर्नसक्ने एउटै ठाँउ भनेको हाम्रो सार्वभौासत्ता कमजोर हुँदै गएर पनि, त्यसलाई जोगाईराख्न सक्नु हो । बाँकी केही उपलब्धि जनस्तरमा देखिएनन् । यहि राजनीतिक खिचातानीले निरासता, नकारात्मकता, विगतप्रतिको वैरभाव, यथास्थिती प्रती असन्तुष्टि र आगतमा अविश्वास जन्मिएको छ ।

आगतको बाटो

विगतको निरासा लाई मेटाउन केही सकारात्मक पक्ष त छन, जस्तोकी हामीले मुलरुपमा संघिय लोकतान्त्रिक गणतन्त्र पाएका छौ, जुन हाम्रा लागि उपयुक्त शासन व्यवस्था हो । तर यी केही पक्षले मात्रै अतितको नमिठो मेटाउन सकिने छैन ।त्यसका लागि नयाँपनको जरुरी छ । हुन त पछिल्लो समय नयाँ शक्ति भनेर केही अभियान चलेका छन तर फेरी त्यही नयाँ बोतलमा पुरानै हाले जनताले पत्याउने छैनन् र ती शक्ति टिकाउ पनि हने छैनन् । बाबुराम भट्टराई लगायतका केही पक्ष बाट भएका अभियान सकारात्मक मानिईनै राखेका छन तर जनताले शतप्रतिशत अविश्वास गरेका पुरानै शासन प्रवृतीका व्यक्तिका नेतृत्वमा हुने यस्ता शक्तीको राजनीतिक रुपमा कुनै तुक छैन । बरु राजनीतिमा कहिल्यै परिक्षण नभएको प्राज्ञिक व्वयवसायिक रुपमा सफलतम सुसंस्कृत युवा जमातलाई केन्द्रीकृत गरी नयाँ तरिकाले शक्तिहरु आउन सके केही आशाका किरण झुल्किने थिए की ? हुन त उज्वल थापा नेतृत्वको विवेकशील नेपाली ले छोटो समयमा कमाएको चर्चा र उसले समाएको नविन प्रयोगवादी धारा ले केही आशा जगाएकै छ । विवेकशील नेपाली चलन चल्तिका पार्टि भन्दा एकदमै फरक गहिरो ढंगले प्रवेश गरेको छ जनतामाझ, यो सुखद पक्ष हो तर प्रवेश संगै आगतको बाटो पहिल्याए दरिलो रुपमा उभिन असम्भव छैन । परोपकारी अभियन्ता एवम् पत्रकार रबिन्द्र मिश्र ले पनि यस्तै किसिमको अभियान थाल्ने संकेत गरेका छन तर समान उद्धेश्यमा पुग्ऩ समाजका विविध पक्षसंग जोडिने आँट उनले गर्नु पर्यो । यहाँ पनि तिनै आफु पनि नहुने र नहुन दिने भन्ने खालको मानसिकताले स्पेस पाएको छ । विवेकशील नेपाली मिश्रको अभियान र विचारधारा प्रति साकारात्मक प्राय देखिन्छ । पुराना पार्टीहरुले धरै थोक दिई सकेकाले अब केही दिन बाँकी छ जस्तो मलाई लाग्दैन । अब पुरानै किसिमले राजनीति गर्ने हो भने सबै वर्तमानका ठूला पार्टीको औचित्य समाप्त भैसकेको छ । उनीहरु विगतमा राजा महाराजाहरुको भारी बोक्ने बानी परेकाले आगतमा पनि भारी खोज्दै कहिँ अन्यत्र जान सक्छन । त्यसलाई रोक्न नयाँ शक्तिहरु तयार रहनुपर्छ । विकल्प खोज्ने यथास्तिथीका पार्टीहरुको हो लोकतन्त्र र लोकतान्त्रिक समाजवादको हैन । विवेकशील नेपाली जस्ता विशुद्ध युवा समुहहरुले अतितको असफल बाटो र त्यसका वर्गीय, राजनीतिक समस्या पहिल्याउन सके उनीहरुको भविश्य उज्वल छ । देशले उनीहरुबाट केही आशा गर्ने ठाँउ रहन्छ । समग्रमा अब आउने शक्तिले विगत नदोहोर्याईकन आगतको बाटो पहिल्याउन सकुन , शुभकामना ।

www.leadnepal.com बाट साभार

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...