...

Saturday 11th July 2026

विश्वका अरु देशका धर्मसंस्कृतिमा सरस्वती माताका नाम के के छन् ? जानौं र एक पटक उच्चारण गरौं ।

स्वागत नेपाल
काठमाडौं ।

आज विश्वभर मनाइने सरस्वती माताको पूजा आराधनाको पर्व बारे कतिपय युवायुवतीहरुलाई थाहा सम्झना नहोला तर भोलिको भ्यालेन्टाइन डे ले विद्याका लागि बढी मरीमेट्नु पर्ने उनीहरुलाई तताइरहेको होला ।

neith 1सरस्वती माता वास्तवमा हिन्दूहरुकी मात्र देवी होइनन् । संसारका सबैजसो सभ्यता र संस्कृतिमा सरस्वती माताको पूजा आराधना र भक्ति भाव गरिन्छ ।

ज्ञानकी देवी सरस्वती मातालाई अष्ट्रेलियन एव ओरिजिनल थिओलोजीमा जार इडो वेन्स भनिन् छ । त्यसैगरी मेक्सिकनहरुले मान्ने एजटेक मिथोलोजीमा सरस्वतीलाई क्वेज अलकोटल अर्थात् गड अफ विज्डम भनेर मानिन्छ ।

युरोपमा ढुंगे युगमा जेल्टिक भनिने मिथोलोजीमा ज्ञानकी देवीलाई ओमेगा भनिन्थ्यो । यो शब्द आधुनिक शब्दकोशहरु, साहित्य र उत्तर आधुनिक नामहरुमा प्रयोग भएको पाइन्छ ।

last secondत्यसैगरी चिनीयाँ सभ्यतामा ज्ञानकी देवी सरस्वतीलाई दुई नामले पुकारिन्छ इर्लाङ्ग सेन र वेन चाङ्ग वाङ्ग भनेर मानिन्छ तर चिनकै स्थानीय पारम्परिक भाषामा बियानचाइत्यान पनि भनिन्छ । आफ्नो संस्कृति बचाउका लागि कट्टर चिनीयाँहरु जनगणनाका बेला ९० प्रतिशतले आफ्नो कुनै विशेष धर्म नभएको बताउने गरे पनि सरस्वतिको आराधना भने गर्ने गर्छन् ।

उता इजिप्सियन सभ्यतामा नेइथ नामले सरस्वतीलाई मानिन्छ भने रोम संस्कृतिको इस्ट्रुस्क्यान मिथोलोजीमा मेनर्वा भनेर सरस्वती माताको पूजा आराधना गर्ने गरिन्छ ।

त्यस्तै ग्रिसमा पनि सरस्वती माताको ठूलो महत्व छ । त्यहाँ एपोलो ओलम्पियन गडेज भनेर सरस्वतीलाई भनिन्छ । एपोलो ओलम्पियन गडेजकै अर्को नाम एथेना पनि हो ।

अर्को सुरुचीपूर्ण तथ्य त यो छ कि संसारको सबैभन्दा धेरै पुरानो मध्ये निरपेक्ष तर मुस्लिम बहुल मुलुक टर्कीमा अस्तित्वमा रहेको हिट्टे संस्कृतिमा सरस्वती मातालाई आस भनिन्छ । उनीहरु पनि सरस्वती मातामाको पूजा आराधना गर्ने गर्छन् ।

जापानीहरुले फुकुरोकुजु भन्ने नामबाट सरस्वती मातालाई पुकार्छन् भने मेसोपोटामिया मिथोलोजीमा अल कुत्वे नामबाट पूजा आराधना गर्ने गरिन्छ ।

उनीहरुले पूजा गर्ने सरस्वती माताको तस्वीरमा पनि धनु वाण समेत लिएको देखिन्छ ।
केही स्क्यान्डेभियन मुलुकहरु र खास गरी जर्मन संस्कृतिमा रहेको नोर्स मिथोलोजीमा सरस्वती मातालाई तीवाज भन्ने गरिन्छ भने पर्सियन संस्कृतिमा एनाहिता भन्ने नामले सरस्वती मातालाई उपासना गर्ने गरिन्छ ।

japan saraswatiप्यासिफिक ओसनवर्ती क्षेत्र र न्यूजिल्याण्डमा रहेको पोलिनेजियन मिथोलोजीमा चाहिँ सरस्वती मातालाई अनुलाप भनिन्छ भने रोमन संस्कृतिमा इगेरिया भनिन्छ ।

त्यस्तै पूवी युरोपमा इसाइकरण हुनु पूर्व र रुस, पोल्याण्ड, चेज रिपब्लिक बेलारुस, युक्रेन समेतमा हालसम्म पनि अस्तित्वमा रहेको साल्भिक सभ्यता र संस्कृतिमा सरस्वती मातालाई विद्या मात्र होइन अद्भूत शक्तिकी देवी समेत मानिन्छ । उनीहरु सरस्वतीको पूजा आराधना गमायुन नामले गर्ने गर्छन् ।

त्यसैगरी वर्मामा युयथदी भनिन्त । त्यसैलाई नेपालीमा वर्षालाई बर्खा पनि उच्चारण गरिएजस्तो थुयथदी उच्चारण गरिन्छ किनकि बर्मेली भाषामा स लाई थ उच्चारण गरिन्छ ।

थाइल्याण्डमा भने स्थानीय भाषामा सुरसवदी उच्चारण गरिन्छ सरस्वतीलाई । र, उनीहरु पनि सरस्वती मातालाई ज्ञान, भक्ति र विवेकको स्रोतमा रुपमा आराधना गर्ने गर्छन् ।

हिन्दु परम्परामा सरस्वती हिन्दू धर्मकी प्रमुख देवीहरुमा एक हुन् । ब्रह्मा की मानसपुत्री विद्या की अधिष्ठात्री देवी मानिन्छीन् । उनलाई सतरुपा पनि भनिन्छ । यिनका अरु पर्याय हुन्, वाणी, वाग्देवी, भारती, शारदा, वागेश्वरी इत्यादि। ये शुक्लवर्ण, श्वेत वस्त्रधारिणी, वीणावादनतत्परा तथा श्वेतपद्मासना समेत नामकी सरस्वती माताको पूजा आराधनाले ज्ञान, बुद्धि, विवेक बढ्छ् भन्ने विश्वास रहेको छ । देवी भागवतमा उल्लेख भए अनुसार। अनुसार सरस्वति ब्रह्माकी स्त्री हुन् ।

एक पटक सबै मिलेर संसारभरका सबै धर्मसंस्कृतिका सरस्वति माताको सबै रुपका बन्दना गरौं ।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा

शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनीं
वीणा पुस्तक धारिणीमभयदां जाड्यान्धकारापहाम्‌।
हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्‌
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्‌

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...