Saturday 11th July 2026
अर्थ न बर्थ भ्यालेन्टाइन डे, कुरा बुझ्नु पर्यो नि !
भ्यालेन्टाइन डे भनेर त्यसको खिल्ली उडाउँदै अश्लिलता प्रदर्शन
मुक्ती ढकाल,
भ्यालेनटाइन डे को औपचारिक सुरुवात इस्बि सम्बत २६९ मा रोमन बाट सुरु भएको हो। यो दिबस संग एउटा दुखान्त प्रेमकथा जोडिएको छ।
तत्कालीन रोमन सम्राट क्लोडियश दितियले आफ्ना सैनिक लाई प्रेम तथा बिबाह गर्न रोक लगाएका थिए। प्रेम तथा बिबाहले सैनिक कम्जोर हुन्छन् र युद्धसंग सम्बन्धित गोप्य सूचना बाहिर सार्बजनिक हुन्छन् भन्ने धारणले सम्राट ले प्रेम तथा बिबाहमा रोक लगाएको पाइन्छ।। तर सम्राट को नियम मन नपराउने मध्य रोमन का पादरी सन्त भ्यालनटाइन ले प्रेमको पक्षमा आवाज उठाउदै प्रतिबन्धित नियमको उल्ल्ङन गरेर धेरै सैनिक को बिबाह सार्बजनिक रूपमा नै गराए।
त्यसपछि शासक सम्राट ले उनलाई मृत्युदण्ड सुनाएर जेल मा राखे।। जेलमा छदा सन्त भ्याल्नटा इन को जेलेर को दृस्ठिबिहिन छोरिसङ प्रेम बस्यो। आफ्नो मृत्युदण्ड हुनुभन्दा पहिले सन्त भ्यालेनटाइन ले “लभ फर योर भ्यालेनटाइन” भन्ने प्रेम पत्र आफ्नो प्रेमिका लाई दिएका थिए र उनले आफ्नो दुइटा अँखा आफ्नो दृस्ठिबिहिन प्रेमिका लाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए।उनलाई सन २६९ फेब्रुअरी १४ तारीख मा मृत्युदणड दिइएको थियो।
त्यही दिनको सम्झनामा सन्त भ्यालेनटाइन ले आफ्नो प्रेमिका को निम्ति गरेको त्याग को स्मरण गर्दै १४ फेब्रुअरी लाई प्रेम दिबस अर्थात भ्यालेनटाइन डे को रूपमा मनाउन थालिएको हो। प्रेम यस्तो चिज हो जस्लाइ शब्द र तडकभडक भन्दा भावना र संबेदनाले बढी बख्या गर्दछ।जहाँ जस्को आवश्यकता हुन्छ सोहिअनुसार उसको उपस्थिति लाई भाब र सम्बेदना सहित सम्मानपुर्बक बख्या गर्नु नै प्रेम हो।
आत्मीयता सम्मान र सहयोगले प्रेम लाई अझ सुमधुर बनाउछ। सजिब बस्तुहरुमा मात्रै नभएर निर्जिब बस्तुहरुमा संबेदना प्रकट गर्नु पनि प्रेम हो। मानव मानवबीच राखिने संबेदना मात्रै प्रेम नभएर बिश्वजगतमा रहेका प्राणीहरुले एकअर्को प्रती आत्मसमर्पण संबेदना र बिश्वास पनि प्रेम हो। भगवान गौतम बुद्धले पनि प्रेम भन्ने शब्दको अर्थ खोज्दै त्याग र तपस्या गर्नुभएको थियो भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ। तर यहि संबेदनसिल मानिने प्रेम र बिश्वास लाई बिश्वजगतले नै हलुका रुपमा लिदै यस्को खिल्ली उडाइरहेको पाइन्छ।
बिश्वजगतमा घटने क्रूर र असान्दर्भिक घटना हुरुपनी प्रेम को बास्तबिकता र तात्पर्य लाई बिश्वजगतले आत्ममनन गर्न नसक्नुको परिणाम हो। नेपालको सन्दर्भमा पनि प्रेमभन्दा बढी अश्विल्ता असान्दर्भिकता अ्मानबियताको हावी हुँदै गएको छ भन्ने पछिल्लो समय घटेको केहि असामान्य घटनाहरुले पनि पुष्ठि गर्दछ।त्यसैले हामी सबैले प्रेमको बास्तबिकता बुझेर आत्मसात गर्दै सबैप्रती शान्त सद्भाव सम्मान प्रकट गर्न सक्यौ भने जीवन मा वास्तविक खुशी मिल्छ। अर्थ न बर्थ भ्यालेन्टाइन डे भनेर त्यसको खिल्ली उडाउँदै अश्लिलता प्रदर्शन गर्दा भ्यालेन्टाइन डे मनाएको हुन्छ ? युवाहरुले आज बुझ्नु जरुरी छ ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...