Saturday 18th July 2026
स्वर्णविजेता निमालाई ललितपुर स्काउटको नगद सम्मान
ललितपुर, १० फागुन। भारतमा सम्पन्न १२ औं दक्षिण एशियाली खेलकूद अन्तर्गत उसु खेलमा नेपालको लागि पहिलो स्वर्णपदक विजेता स्काउटकी विद्यार्थी निमा घर्तीमगरलाई सोमबार ललितपुर जिल्ला स्काउटले नगदसहित सम्मान गरेको छ । उनले उसुको नानक्वानका सबै राउण्डमा उत्कृष्ट भएर स्वर्णपदक जितेकी थिइन ।
विश्व स्काउट अभियानका प्रवर्तक लर्ड बेडेन पावेल तथा लेडी बेडेनपावेलको जन्मदिन अर्थात २२ फेब्रुअरीको अवसरमा आयोजित स्काउट विचार दिवसको अवसरमा खेलाडी निमालाई सम्मान गरिएको हो ।
ललितपुरको सानागाँऊ सिद्धिपुरस्थित नेपाल डनबस्को स्कुलकी १० कक्षाकी छात्रा निमालाई ललितपुर जिल्ला स्काउटका जिल्ला आयुक्त एवम नेपाल स्काउटका निर्वतमान प्रमुख आयुक्त श्रीराम लामिछानेले जिल्ला स्काउटको तर्फबाट ५ हजार नगद तथा सांंसद मदन अमात्यले प्रशंसापत्र दिएर सम्मान गरे ।
कार्यक्रममा सांसद अमात्यले खेलाडी निमालाई व्यक्तिगत तर्फबाट १० हजार नगद पुरस्कार दिने पनि घोषणा गरे । त्यस अवसरमा जिल्ला आयुक्त लामिछाने र सांसद अमात्यले ह्याबिटयाट फर ह्युमाटिनीको लागि युवा सदभावनादूत ललितपुर जिल्लाका सिनियर टिममेट प्रकाशराज पाण्डेलाई पनि सम्मान गरे ।
कार्यक्रममा बैशाख १२ को भूकम्पमा उद्धार तथा राहत वितरणमाखटिएका स्काउटहरुलाई प्रशंसापत्र दिनुका साथैगतवर्षको प्रवेशिका परीक्षामा उच्च अंक ल्याएका ६ जना स्काउटलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा ललितपुरका अर्का सांसद चन्द्र महर्जनको पनि उपस्थिति थियो । यसैगरि स्काउटको विचार दिवसको अवसरमा आयोजित विविध कृयाकलापका विजयीहरुलाई पनि पुरस्कार दिइयो ।कार्यक्रममा हयाबिटयाट फर हयुमानिटीको तर्फबाट ललितपुर जिल्ला स्काउटलाई एकथान ल्यापटप उपहार प्रदान गरिएको थियो ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...