Friday 10th July 2026
हराइरहेको विमान सोली घोप्टेमा झरेको जानकारी
काठमाडौं ।
पोखराबाट जोमसोम जान उडेको तारा एयरको विमान सम्पर्कबिहीन भएकोमा सोली घोप्टे भन्ने विकट स्थानमा झरेको बताइएको छ ।
सो विमान सोली घोप्टे भन्ने स्थानमा ठूलो आवाजसहित झरको स्थानीयले आफूहरुसँग बताएको आधारमा हाल त्यसतर्फ पर्वत, म्याग्दी समेतका सुरक्षा टिम सेनाको हेलिकोप्टर सहित अघि बढिरहेको त्यहाँबाट प्रहरी नायव उपरीक्षक हरिहर योगीले यस अनलाइनसँग टेलिफोनमा बताए ।
केही बेर अघि मात्र उनले टेलिफोनमा स्थानीयले सोली घोप्टेमै खसेको जानकारी दिएको बताउँदै भने, त्यसतर्फ जान समेत विकटताका कारण अप्ठेरो भइरहेको छ ।
जहाजमा २ बच्चासहित २० यात्रु र ३ चालक दल सदस्य गरि २३ जनाले उडान भरेका थिए ।
पोखरा विमानस्थलबाट बिहान उडेको साइन ट्विनटर सम्पर्क विहिन भएको थियो ।
राती हल्का पानी पर्ने बाहेक विमानलाई रुटमा व्यवधान हुने गरी खासै हिमपात, चट्याङ, वा ११ बजे पछि विमान अवतरण गर्न गाह्रो हुने मुस्तांगमा विहानै भएकोले वायुको तिब्रता समेतका अन्य प्रतिकूलता समेत नभएको बताइएको छ ।
लेप्साङ लामा, राजकुमार तामाङ, रेवती बराल, देवीजंग गुरुङ, बालकृष्ण राउत, मुक्तिनाथ बास्तोला, फेन्जोक गुरुङ, विनिता भट्टचन, कृष्णलाल भट्टचन, मोतीबहादुर केसी, पवित्रा केसी, दीलकुमारी गौचन, कान्छा परियार, लक्ष्मी हिराचन, बालक, कमला थकाली, विदेशी नागरिक अहमत र एक जना बालक ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...