...

Thursday 16th May 2024

जनताको दुःख देखेर आफैँ भावुक हुन्थे क्याप्टेन रोशन

श्रीराम सिग्देल

श्रीराम सिग्देल

श्रीराम सिग्देल

पश्चिम र मध्यपश्चिमका हिमाली जिल्लाहरुको सुरक्षित हवाइ यात्राका लागि सबैभन्दा विश्वाशिला र भरपर्दा क्याप्टेन थिए रोशन मानन्धर ।

रोशन मानन्धर मेरो दिल दिमागमा कहिले पनि नमेटिन सुन्दर छाप सहितको साथीको रुपमा रहिरहने छन् ।

म मात्र होइन मजस्ता धेरै साथीको त के कुरा कहिले नचिनेका, नभेटेका र नदेखेका मान्छेहरु पनि त्यो पाइलट को थियो होला जसले मलाई दुःखको बेला यति धेरै सहयोग गर्यो भनेर, नाम थाहा नपाए पनि उनलाई अझैसम्म सम्झिरहेका छन् ।

यो कुरा पढ्दा उनीहरुलाई थाहा होला कि उनी त्यही पाइलट थिए जसले सिट नपाएर अप्ठेरो परेको बेला म्यानेजमेन्ट र प्रशासनका मान्छेहरुसँग कुरा गरेर चिन्दै नचिनेका मान्छेहरुका लागि यात्रा गराइदिन्थे ।

स्व. क्याप्टेन रोशन मानन्धर

स्व. क्याप्टेन रोशन मानन्धर

हो, उनी एकदमै अलपत्र परेका मान्छेहरु देखेर भावुक बन्थे र आफैँ सोधी खोजी गरेर दुःख पाएका मान्छेहरुका लागि आफैँ व्यवस्था जुटाइदिन्थे ।

उनीसँग म साथीको नाताले मात्र होइन, व्यवसायिक कामको सिलसिलामा पनि धेरै पटक धेरै हिमाली हवाइ यात्रामा सँगै समय बिताएको छु ।

अरुले पनि सुरक्षित यात्राका लागि रोशनलाई नै खोज्थे भने म त झन दाइजस्तो पनि साथीजस्तो पनि एकदमै मिल्ने भएकोले उहाँको क्याप्टेसिप भएको फ्लाइट नै नरोज्ने कुरै भएन ।

उहाँ विमान चलाउँदा साथी भाइ, दाजु केही हुनुुहुन्नथ्यो केवल उहाँ एक कुशल पाइटल हुनुहुन्थ्यो । हवाइ यात्राको क्रममा उहाँ अनौपचारिक कुराहरु खासै गर्नु हुन्नथ्यो तर पनि कुनै अवस्था यात्रुहरु डराएजस्तो लागेमा आफ्ना सहयोगी मार्फत ढाढसका सन्देश पठाउनु हुन्थ्यो ।

त्यसैगरी उहाँ यात्रा सकिएपछि पनि आफैँ धेरै यात्रुहरुलाई भेट्नु हुन्थ्यो ।

ककपिटमा क्याप्टेन रोशन मानन्धर

ककपिटमा क्याप्टेन रोशन मानन्धर

हामी प्रायसः नै शनिबार वा विदाको दिन उहाँसँगसँगै बस्ने गथ्यौं । धेरै समय सँगै बिताएका छौं ।
तर, अब यी सारा समय कस्तो एक्लो एक्लोजस्तो लागिरहेको छ ।

जनताको दुःख बुझने एक कुशल क्याप्टेनलाई के आइपर्यो त्यस्तो र उनको धैर्य, विश्वास, सारा कुराले काम गरेन कुन्नी
म उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...