...

Saturday 11th July 2026

एकै पटक ९० जना भन्दा बढीको सम्मान

काठमाडौं । कलाकारहरुले प्रज्ञाप्रतिष्ठानको बजेट बढाउनु पर्ने माग गरिरहेका बेला पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि नेपालका तीन प्रज्ञा प्रतिष्ठानको बजेट अहिलको भन्दा दोब्बर गरिनुपर्ने बताउनु भएको छ ।

12527700_10208357188390361_712323594_nबिहीबार राजधानीको संस्कृतिक संस्थान नाचघरमा राष्ट्रिय संगीतकर्मी संघ र स्मृति म्युजिक प्रा.लि.द्वारा आयोजित सम्मान एवं सांस्कृतिक कार्यक्रममा खनालले सो माग आफूले पनि राख्नु भएको हो ।

कवि, कलाकार, साहित्यकार, संगीतकर्मीहरूको अवस्थालाई माथि उठाउँदै सम्बन्धित क्षेत्रको विकासका लागि संगीत नाट्य, ललितकला र भाषा–साहित्य जस्ता तीनओटै प्रज्ञा प्रतिष्ठानको बजेट बढाउनु पर्ने धारणा राख्नु भयो ।

12784711_1058028700922392_228670503_n

स्थापनाको एक दशकको अवसरमा राष्ट्रिय संगीतकर्मी संघद्वारा सो कार्यक्रममा करिब पाँच संगीतकर्मी, महिला अधिकारकर्मी, सञ्चारकर्मी तथा समाजसेवीलाई सम्मान गरियो ।

Dabbu Kshetry

सो सम्मान पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलगायतले प्रदान गरे । कार्यक्रममा गायन क्षेत्रमा निरन्तर योगदान दिएको भन्दै कलाकारहरू मोहन राई, शिला गुरुङ, प्रकाश कटुवाल, मनीषा मैनाली, प्रीति आले, सुशीला गौतम, अर्जुन खड्का, दिनेश क्षत्री, सृजु अधिकारी, शान्ति परियार, भूमिका गिरी, शान्ति सुनार, सुष्मा लोहनी, ईश्वरी राना मगर, राजेन्द्रकुमार कार्की, सुमन थापालाई सम्मान गरियो । दृष्टिविहीन कलाकारहरू पमे्र कमुार राइर्, मित्रलाल अधिकारी, पेम्बा लामालाई पनि सम्मान गरियो ।

10329258_1275222089160484_6093659992575716239_n

त्यसैगरी गैरसरकारी संस्थाको क्षेत्रबाट विभिन्न सामाजिक क्षेत्रमा योगदान पु¥याएका महिलाहरू रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, श्रमिक महिला रक्षा संघकी अध्यक्ष सविना लिम्बु तामांग, रक्षा गौरव महिला समूहकी अध्यक्ष दुर्गा पाण्डे, सक्षम महिला समूहकी अध्यक्ष तारादेवी खड्का, नवज्योति उत्थान महिला मञ्चकी अक्ष्यक्ष पार्वती थापा, समाज उत्थान महिला मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठ,तारादेवी पौडेल, लुजा पौडेल खड्का, राधा थापा मगर,पत्रकार देवकी विष्टलाई सञ्चारकर्मी  सम्मान गरियो । त्यसैगरी सगरमाथा फाउण्डेसन नेपालका अध्यक्ष नरबहादुर लिम्बूसहित विभिन्न समाजसेवीलाई कार्यक्रममा सम्मान गरियो । यस्तै, २३ वर्षदेखि पत्रकारितामार्फत गीतसंगीतको विकासमा टेवा पु¥याएको भन्दै राजधानीकर्मी डब्बु क्षत्रीलाई  पनि सञ्चारकर्मी सम्मान प्रदान गरियो ।

12745875_1275222039160489_6396368198023214425_n

सम्मानित हुनेहरुका तर्फबाट बोल्दै रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले यहाँहरुले दिनुभएको यो सम्मानले बलात्कार तथा भ्रष्टाचारमुक्त समाज निर्माणमा थप हौसला प्रदान गर्ने बताउनुभयो ।

12792267_1275222799160413_221805352486772284_o

स्मृति म्युजिकको सहकार्यमा राष्ट्रिय संगीतकर्मी संघद्वारा आयोजित सो कार्यक्रमका संयोजक रमेश दुलालले नेपाली संगीतको विकास र विस्तारका लागि संघले विभिन्न कार्य गर्दै आएको बताए ।12767709_1058029187589010_90081619_n

राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष नवराज घोरासाइनीले संघको अवस्था र संघले गरेको विभिन्न
कार्यबारे कार्यक्रममा चर्चा गरे ।

12782399_1058029430922319_1728602059_n

स्मृति म्युजिकका अध्यक्ष प्रकाश कटुवालले सरकारले बेवास्ता गरेका कारण नेपाली कलाकारहरूले
राज्यबाट कुनै सहयोग पाउन नसकेको गुनासो गरे । सम्मानपछि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

12784662_1058029234255672_841652333_n

गायक मोहन राईले ‘अरूले जेसुकै भने पनि तिमीले पराई नठानिदिनु…’गीतबाट सांस्कृतिक कार्यक्रमको सुरुआत गरे ।

12321662_1275222249160468_6862588936731335574_n

कार्यक्रममा सम्मानित कलाकारहरूले एकपछि अर्को गर्दै करिब दुई घन्टासम्म विभिन्न गीतसंगीत तथा नृत्य प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भए ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...