...

Saturday 11th July 2026

पकेटमार र पीडितवीच बसभित्रै झगडा हुँदा….. नक्कली वीनासहित राउत पक्राउ

बलराम प्यासी

काठमाण्डौ, १६ फागुन ।

आफ्नो खल्तीबाट चोरेको पैसा फिर्ता माग्दा पकेटमारले उल्टै धम्की दिएपछि कोटेश्वरमा आइतबार दिउँसो सार्वजनिक बसभित्रै होहल्ला मच्चियो ।

आफ्नै आँखाले आफ्नो पकेट मारेको देख्दादेख्दै उल्टै जो चोर उसको ठुलो स्वर देखिन थालेपछि बसभित्रका यात्रुहरुको सहयोगमा बस चालक र कण्डक्टरले सडकमा ड्युटीमा बसेको प्रहरीलाई बोलाए ।
प्रहरीले पकेटमारलाई पक्रेर महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा लगेपछि निजबाट पकेट मारिएको नगद ६ हजार ५०० रुपैयाँ प्रमाणको रुपमा फेला परेपछि पकेट मारिएको पुष्टि भयो ।

त्यसपछि पकेटमार सुनसरी जिल्ला धरान नगरपालिका वडा नं १५ स्थायी घर भएका २९ वर्षिय कृष्ण खड्कालाई प्रहरीले आवश्यक कारवाहीको लागि आफ्नो नियन्त्रणमा लियो ।

खड्काले बसका यात्रु भक्तराज कोइरालाको खल्तीबाट सो रकम झिकेको प्रमाणित भएपछि निजलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।
पकेटमार खडकालाई पक्रेर अनुसन्धान गर्दा निजसंग ४ वटा मोवाइल सेट र २ वटा सीम पनि बरामद गरिएको कोेटेश्वर प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक उद्धव सिंह भाटले बताए ।

२ वटा मोवाइलमा भने सीम नभएको र सीम नभएको एउटा मोवाइल बखन सिंह तामांगको भएको पनि पत्ता लागेको प्रहरी निरीक्षक भाटले बताए । पकेटमार खडकालाई मोवाइल चोरीमा समेतसंलग्न भएको पाइएपछि थप अनुसन्धान र कारवाहीको लागिमहानगरीय प्रहरी वृत्त तिनकुने पठाइएको छ ।
यसैगरि आइतबार नै प्रहरी प्रभाग कोटेश्वरका निरीक्षक उद्धव सिंह भाटको नेतृत्वमा गएको प्रहरी टोलीले सक्कली कस्तुरीको वीना भन्दै नक्कली वीना बनाएर भक्तपुरको सल्लाघारी बस्ने मालती पाण्डे लगायतलाई विक्री गर्न लागेको अवस्थामा जुम्ला जिल्ला सानीगाउँ गाविस ९ बस्ने ३२ वर्षिय जयराम राउतलाई पक्राउ गरिएको छ ।

निजसंग बरामद गरिएको नक्कली वीनासहित थप अनुसन्धान तथा कारवाहीको लागि राउतलाई महानगरीय प्रहरी वृत्त तिनकुनेमा पठाइएको पनि प्रहरी निरीक्षक भाटले बताएका छन् ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...