...

Monday 27th July 2026

पवन प्रकृतिलाई ३ वर्ष लगातार राष्ट्रपति रनिङ्ग शिल्ड

विजेता खेलाडीको सम्मान

ललितपुर, १ चैत । ललितपुरमा सम्पन्न ललितपुर जिल्लास्तरीय अन्तरविद्यालय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जितेपछि इमाडोलको पवनप्रकृति उमाविले रनिङ्गशिल्डलाई आफ्नो सम्पत्ति बनाएको छ । सो विद्यालयले लगातार ३ वर्षदेखि सो शिल्ड जितेपछि शिल्ड अबदेखि सो रनिङ्गशिल्डलाई आफ्नो बनाउन सफल भएको हो ।
Rastrapati running shield winner pawan prakriti

तस्वीर : बलराम प्यासी

भ्लिबल, ट्रिपलजम्प, हाईजम्प र कवड्डीको छात्रतर्फ र छात्रातर्फ प्रथम, ८०० मिटर दौडमा छात्रातर्फ प्रथमका साथै १ हजार ५०० मिटर र ३ हजार मिटर छात्रतर्फ प्रथम भई कूल ३३४ अंक्का साथ पवन प्रकृति स्कुलले यो वर्ष रनिङ्गशिल्ड उछिट्टयाएको हो । उसले दोस्रो भएको बज्र एकेडेमीलाई ९० अंकमा र तेस्रो भएको सुदेशा एकेडेमीलाई ६० अंकमा सीमित बनाएर नगद १५ हजार रुपैया, रनिङ्गशिल्ड, पदक र प्रमाणपत्र जित्न सफल भएको हो ।

 भलिबलतर्फ सो विद्यालयका मंगल स्याङ्गतेन,कवड्डीमा सुजित बजगाई र सुस्मिता घिसिङ्गले उत्कृष्ट खेलाडीको पुरस्कार पनि पाए । विजयी विद्यालय तथा खेलाडीहरुलाई पुर्वमन्त्री सिद्धिलाल सिंहले रनिङ्गशिल्ड, ट्रफि, पदक र प्रमाणपत्र दिएका थिए । 


प्रााय सबै खेलमा पहिलो भएका कारण ३३४ अंक ल्याउन सफल सो विद्यालयले प्राप्त गरेको यो अंक हालसम्मकै सबैभन्दा उच्चअंक भएको बताइन्छ । Rastrapati runnig shield for Pawan Prakriti

विजेता खेलाडीहरुलाई विद्यालयले एक स्वागत कार्यक्रमको आयोजना गरि विद्यालयका प्रिन्सिपल उत्तरकुमार राई, अतिरिक्त कृयाकलाप संयोजक महेश पुरी, एथलेटिक्सका प्रशिक्षकहरु भुवन घिमिरे, विष्णु राई, शक्ति चेमजोङ्ग, भलिबल प्रशिक्षक मनोहर बस्नेत र कवड्डी प्रशिक्षक डिगेन्द्र राईलगायतले वधाई दिएका थिए । लगातार तेस्रे वर्ष जितेर रनिङ्गशिल्डलाई आफ्नो बनाउन यो वर्ष पवनप्रकृतिका विद्यार्थी र शिक्षकहरुले निकै मिहेनत गरेको प्रिन्सिपल उत्तरकुमार राईले बताए ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...