Friday 10th July 2026
सिकाएको एकहप्तामै कवड्डी जिते कोटेदेवीका विद्यार्थीले
काठमाण्डौ , चैत १
काठमाण्डौ जिल्लास्तरीय अन्तरविद्यालय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु हुनै लाग्दा एक हप्ता अघिमात्र विद्यालयमा सिकेको कवड्डीले विद्यालयलाई पहिलोपटकमै कवड्डीतर्फको ट्रफि जिताएपछि कोटदेवी पब्लिक इंगलिस सेकेण्डरी स्कूल (कोपेस) अहिले कोटेश्वरमा चर्चित भएको छ ।

तस्वीर : बलराम प्यासी
२० वटा विद्यालयले भाग लिएको कवड्डीमा कोपेसले जनसेवा उमावि किर्तिपुरका खेलाडीलाई १२ का विरुद्ध ३७ अंकको फराकिलो अन्तर जितेका थिए ।
प्रतियेगितामा जनसेवा उमावि किर्तिपुर दोस्रो र बुढानिलकण्ठ स्कुल तेस्रो भएको थियो । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकूद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाले ट्रफि, पदक र प्रमाणपत्र दिएका थिए ।
कोपेसका खेलाडीहरु नयना भट्ट, सोनी केसी, सुनिता श्रेष्ठ, मेलिशा तामांग, अन्जना नगरकोटी, दिपा मगर, रिजुन खड्का, निमा तामांग, रचना श्रेष्ठ र कल्पना कापर गरि १० खेलाडीलाई एकहप्ताको समयमा कवड्डी प्रशिक्षक नरेन्द्र मानन्धरले प्रशिक्षण दिएका थिए । ‘छोटोसमयमा विद्यार्थीहरुले निकै मिहेनत गरेर खेलेर विद्यालयलाई ट्रफि जिताउन सफल भएको’ विद्यालयका खेलकूद शिक्षक रमेश कार्कीले बताए ।
ट्रफि जिताउने खेलाडी र प्रशिक्षकलाई विद्यालयले एकसम्मान कार्यक्रमको आयोजना गरि वधाई दिएको छ । उनीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज भट्ट, सञ्चालक समितिका अध्यक्ष कमला कार्की , खेल शिक्षक रमेश कार्कीलगायतले वधाई दिएका थिए ।
खेलाडीहरुको सम्मानमा केही दिनपछि वनभोज कार्यक्रम गरिने पनि व्यवस्थापन समितिका अध्यक्ष नवराज भट्टले बताएका छन् ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...