...

Monday 27th July 2026

फरार अभियुक्त चक्कु सहित पक्राउ

काठमाण्डौ, १ चैत । हिजो फागुन ३० गते मध्यपुर ठिमी नगरपालिका वडा नं  लौहकिल्थली काठेपुलमा नुवाकोट समुन्द्रदेव १ घर भई पेप्सीकोला बस्दै आएका १९ वर्षका विजय लामालाई चक्कु हानेर हत्या गरि फरार भएका व्यक्तिलाई सोमबार कोटेश्वरको प्रहरीले पक्राउ गरेको छ ।

12595963_1697901227153454_1523892153_n

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक उद्धव सिंह भाटको कमाण्डमा रहेको प्रहरी टोलीले हत्यामा प्रयोग गरिएको चक्कुसहित ओखलढुंगा जिल्ला रावादोलु ६ घर भई कामपा ३५ नं वडा कार्यालय नजिक डेरा गरि बस्ने अभियुक्त २० वर्षिय देविन्द्र कार्कीलाई पक्राउ गरेको हो ।
अभियुक्त कार्कीले हत्यामा प्रयोग गरेको चक्कु आफ्नो कोठा नजिक गाडेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक भाटले बताएका छन् ।

चक्कुसहित अभियुक्तलाई महानगरीय प्रहरी वृत्त ठिमीको जिम्मा लगाईएको छ ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...