...

Saturday 11th July 2026

रगतको होली खेल्नेलाई रंगको होलीको के मतलब ? नेता त राजेश अहिराजजस्तो हुनुपर्छ

स्वागत नेपाल

के. पी ओली भन्दा चर्को तर बौद्धिक अनि तथ्यांकका आधारमा व्यंग्यपूर्ण अभिव्यक्ति दिने,  राष्ट्रवादी भैकन पनि पृथकतावादीजस्तो लाग्ने गरी  कडा विचार राख्ने,  पत्रकार तथा अधिवक्ता डा. राजेश अहिराजले मधेसी दलका नेताहरुले होली नमनाउने भन्दै विज्ञप्ती जारी गरे पनि खुसुक्क होली खेलेको भन्दै द्वैध चरित्रको खुलेर विरोध गरेका छन् ।

Rajesh Ahiraj

 

‘जनतामा भ्रम मात्र छरेर आफू भने भित्रभित्रै जनतालाई लडाउने मात्र खेलमा लागेको यसले संकेत गर्छ ।’  डा. अहिराजले फोनमा भने, ‘रगतको होली मन पराउँछन् कि के हो यिनीहरु ? नत्र किन जनतामा भ्रम हुने गरी होली नखेल्ने भनेर विज्ञप्ती जारी गर्दै आफैँ चाहिँ होली खेले ?’

उनका अनुसार कार्यकर्ताले विज्ञप्तीको आधारमा होली खेल्नेहरुका विरुद्ध प्रतिकार गरेका भए त्यसले अशान्तपूर्ण वातावरण सिर्जना हुन सक्थ्यो । उनीहरुको मकसद के हो ? भन्ने प्रश्न उब्जिएको छ । holi 1

अहिराजले होलीका विरुद्ध जनमत सिर्जना गर्न खोजेर आफैँ होली खेल्नुले उनीहरु माथि विश्वास गर्ने आधार नरहेको पनि बताए ।

 

तर ‘आफू होली विरुद्ध नरहेको बरु सबै खालका पछिल्ला आन्दोलन पहिचानका लागि भएकोले आन्दोलनकै वीचमा पनि पहिचान कायम राख्दै होली खेल्न जनतामा पनि आग्रह गर्ने अर्को विज्ञप्ती पनि त निकाल्न सकिन्थ्यो नि बुद्धि सप्रिएको भए ‘ भन्दै जनतालाई लडाउन मात्र खोज्ने प्रवृत्तिको उनले विरोध गरे ।

त्यसो त उनले होलीको सन्दर्भमा आफ्नो विचार सहित मधेसी नेताहरुले भित्रभित्रै होली खेलेका धेरै तस्वीरहरु पनि आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेर विचार पनि राखेका थिए ।

उनले राखेका केही तस्वीरहरु नै यस सामग्रीमा राखिएका हुन् ।

राजेश अहिराजजस्तो नेता चाहिन्छ देशलाई तर को हो अहिराज ? 

पहिचान सबैको हुन्छ, सबैले पहिचानको लागि लेख्ने, बोल्ने, सोच्ने गर्छन्, जसले पहिचानको कुरा नगरौं भन्छन् तिनीहरु नै सबैभन्दा बढी आफ्नो मात्र पहिचान कायम राख्ने र अरुका पहिचान मेटाउने नश्लवादी हुन् ।

rajesh ji

इस्यूका लागि हतकडी लागे पनि हाँसेर स्वीकार गर्ने अहिराज

ahiraj

भित्तामा मधेस आन्दोलनका सहिदलाई सजाउने र टेबलमा राष्ट्रिय झण्डा राख्ने अहिराज

यस वीचमा पहिचानको कुरा नगरौं र गरौं भन्ने दुवै अतिवादमा रमाएका छन् तर राजेश अहिराज पहिचान कसैको मास्नु हुन्न भन्दै नश्लका आधारमा भएको अन्यायको विरुद्ध लेखिरहेको बोलिरहेको, अनुसन्धानात्मक अभियानहरु चलाइरहेको एउटा पत्रकार, मधेसवाणी नेटवर्क नै भइसकेको रेडियो, अनलाईन, पत्रिका र अन्य मिडिया प्रोडक्टहरुको नेतृत्व गरिरहेको युवा सञ्चारविज्ञ, अधिवक्ता र अधिकारकर्मी हो ।

rajesh ji with khukuri

खुकुरीमा पनि साझा पहिचान खोज्छन् अहिराज

उनका विचार सधैँ सन्तुलनका नाममा अस्पष्ट हुँदैनन्, प्रष्ट, खरो तर देशका लागि चहिने बहुआयामिक प्रभावहरु विचार गरेर प्रवाहित हुन्छन् ।

ahiraj babu

ढाकाको कपडामा आफ्नो सन्तानलाई न्यानो बनाउन पहाडेको मात्र पोशाक भन्दैनन् अहिराज

कुनै पनि पार्टीमा नरहेको राजेश अहिराज समृद्ध नेपाल, सभ्य नेपाली समाज र साझा हितको लागि नेपाली युवाहरुको पछिल्लो पुस्ताको परिबर्तन चाहने पंक्तिको प्रतीक हो । तर,  के गर्ने कसैले मधेसी हो भन्छन्, खास कुरा बोल्दा पनि । कसैले ऊ पहाडीको पक्षमा हण्डी खान लेख्छ भन्छन् । कसैले ऊ विदेशीको पैसा खाएर मधेसीलाई नै गाली गर्छ भन्छन् ।

ऊ मधेसी हुँदै हो । त्यो उसको दोष होइन, गर्व हो । त्यसैले उसले मधेस र मधेस मधेसीको हितमा बोल्छ । उसले नबोलेर कसले बोल्छ ? कोइराला, नेपाल, ओली, पाण्डे, थापा, चन्द, शाहहरुले बोलेका भए मधेसको हालत यस्तो हुन्थ्यो र ? तर, मधेसको नाममा उसले बोल्दा पनि मधेसीको नाममा राजनीति गरेर जनताकै अहितमा काम गर्नेहरुलाई झापड हानेजसरी अहिराज बोल्छ । यो उसको हिम्मत, शाहस, शैली सबै कुरा धेरै युवाहरुले निष्पक्ष भएर हेरे भने उसको फ्यान हुन्छन् ।

Rajesh ji editorial

असन्तुष्टि पनि व्यवस्थापन गर देश पनि अखण्डता पनि जोगाऊ भन्ने अहिराजको मधेसवाणी पत्रिकामा सम्पादकीय

अहिराज आफ्नो सानो छोरालाई ढाकाको कपडा लगाइदिन त्यो पाहाडे कपडा हो भन्दैनन् । खुकुरी पहाडेको मात्र हतियार हो भन्दैनन् । पहाडमा भूकम्पले त्राहिमाम बनाउँदा ठिक्क पर्यो भन्दैनन् । बरु पहाडमा भूकम्पले त्यस्तो पीडा हुँदा मधेसी नेताले किन केही गरेनन् । किन आफैँ राहतको अभियानमा लागेनन् भनेर लेख्छन् । मिडियामा पनि व्यक्तिगत रुपमा पनि । उनी आफैँ पनि धेरै पहाडी जिल्लामा फेटाबाँधेर गम्छा बेरेर पुगे र राहत बाँडे ।

Rajesh ji with relief pkg

भूकम्पका समयमा पहाडमा राहतका लागि किन मधेसी नेताहरुले कार्यकर्ता र आफूलाई परिचालित गरेनन् ? भनेर लेख्ने अहिराज आफैँ राहत वितरण गर्दै

पत्रिकामा उनले सोझै लेखे – ‘देश सबैको साझाजस्तो देखिने  गरी सबै तह र तप्कामा प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरेर संरचना तयार गर र देश टुक्रिनबाट जोगाऊ ।’ ahirajji1

त्यस्तै उनी मधेस आन्दोलनका सहिदहरुलाई सम्मानपूर्वक आफ्नो अफिसमा भित्तामा सजाएर सर्धै सम्झिन्छन् र टेबलमा पनि नेपालको राष्ट्रिय झण्डा राख्छन् ।

बेलाबेला लेखेका बोलेका कुराले जेल लान्छ प्रहरीले सार्वजनिक मुद्दा चलाएर तर पनि उनी तस्वीरमा देखिएझैँ हास्दै हास्दै हत्कडी लगाएर हिँड्छन् । बाहिर आएर पनि आक्रामक होइन, सभ्य शैलीमा कडा विचारहरु राखिरहन्छन् ।
तर ऊ फ्यान कमाउने ध्याउन्नमा गगन थापाजस्तो मात्र बन्नका लागि होइन इस्यूका लागि हिँडेको छ । उसको अहिलेसम्मको यो मूल्यांकनलाई उसले कसरी बचाउँछ त्यो उसको कुरा हो । इस्यूवाइज युवाले भने कदर गर्छ ।

ऊ मधेसको कुरा अरु अधिवक्ताजस्तो कुनै एनजिओको पैसा खाएर गर्दैन, ऊ मधेसको राजनीतिक विचारमा पिएचडीको थेसिस कुनै नेतालाई सोधेर वा कुनै पार्टीको पैसा लिएर गदैन । ऊ, प्रोजेक्ट पाउञ्जेल मात्र कुनै विषय लिएर रेडियो, टिभी र पत्रिकामा इन्टरभ्यू दिँदै हिँड्दैन । जे जति गरेको छ आफ्नो विवेक र बल बुतामा गरेको छ ।

Rajesh ji madheshbani

अहिराज सम्पादकत्वको पत्रिका मधेसवाणी

राजेश अहिराजजस्तो युवा देशमा धेरै छन् तर ऊजस्तै धेरै युवाहरु उजस्तै देखिएर संगठित रुपमा विकृतिका विरुद्ध उभिने हो भने साँच्चैको नयाँ शक्ति जन्मने छ जबकि नयाँका नाममा साँच्चै नयाँ शक्ति जन्मनबाट रोकिने खेलहरु भइरहेका छन् । यस्ता युवाको देशलाई खाँचो छ ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...