Saturday 11th July 2026
प्रज्ञा प्रतिष्ठानका नेतृत्वले आमा बेचे (श्रव्य-दृश्य सहित)
साहित्यकार मनु ब्राजाकी दशकौंदेखि रोएको रोयै
स्वागत नेपाल
आमाको गुण बखान गर्ने साहित्यकारहरुका रचनाले नै सर्वसामान्य बालबालिकादेखि सबैले आफ्नी आमालाई, देशलाई र जनतालाई माया गर्न सिक्छन् । आमा र देशका लागि मरिमेट्न तयार हुने जनशक्तिका रुपमा दह्रो खुट्टा टेकेर ठाडो शिर बनाउँदै खरो रुपमा उभिएर बोल्न सक्ने बन्छन् ।
तर तिनै साहित्यकारको अभिभावक संस्था नेपाल प्रज्ञा प्रतिष्ठानले उनीहरुकै भाषामा आमाकी पनि आमा आराध्यभूमि धर्तीमाता बेच्नेहरुका विरुद्ध लेख्ने लेखकका रचना जनतावीच पुग्न नदिने षडयन्त्र गरेर गायब गरी जासुसी शैलीमा रिपोर्ट गर्दै जसका विरुद्ध लेखिएको थियो तिनैलाई बेचेर खाइदिएको खुलेको छ ।
देशका सूचना, नदी नाला र प्राकृतिक स्रोतहरु बेच्नेका विरुद्ध आमालाई बेच्नु हुन्न लाटा शीर्षकमा कथाकार तथा प्रसिद्ध गजलकार मनु ब्राजाकीको पुस्तकको पाण्डुलिपी नै प्रज्ञा प्रतिष्ठानका नेतृत्वले नै गायब गराइदिएको प्रसंग हो यो ।
पञ्चायती व्यवस्थामा पनि शासकका गलत रवैया बारे लेखिएका पुस्तकहरु छाप्छु भनेर तिनै शासकका पक्षमा जाजुसी गरी हरायो भन्दै गायब गरिदिने प्रतिष्ठानका ठेकेदारहरुले जुन रवैया लिएका थिए त्यो बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि हट्न नसकेको साहित्यिक समीक्षकहरु बताउँछन् ।
यो प्रसंगलाई कोट्याउन र छानबिन समेत गर्न कसै न कसैले अग्रसर नभई भएन भनेर सुनसरीबाट साहित्यकार सुविद गुरागाईँ काठमाडौं आए, ब्राजाकीको घरमा पुगे, अनि सोधीखोजी गरे । साथमा थिए अर्का कवि सुनिल पुरी । उनीहरु दुवै यस विषय समेतलाई समेटेर अर्को पुस्तक नै तयार गर्ने शुरमा छन् । र, सो विषयसँग सम्बन्धित सामग्री यस अनलाइनसँग श्रव्यदृश्य स्वरुपमा समेत प्राप्त छ ।
नेपाल आमाका अंग अंग, नदी नाला, प्राकृतिक सम्पदा बेच्दै सत्ता टिकाउने प्रवृत्ति विरुद्ध लेखिएको मनु ब्राजाकीको पुस्तकको पाण्डुलिपी ‘आमालाई बेच्नु हुन्न लाटा’ शीर्षकको पुस्तक छापिदिन्छौँ भन्दै आफ्नो कब्जामा लिएर पाण्डुलिपि नै गायब गरी आफूलाई राजनीतिक नियुक्ति दिने नेताहरुलाई प्रज्ञाको सो समूहले जाहेरी गरेका थियो ।

कवि सुविद गुरागाइँ ब्राजाकीसँग
तर त्यो पुस्तक अहिलेसम्म पनि प्रकाशित भएन बरु नेतृत्वले नै त्यो त हराइसक्यो भन्ने जवाफ दिइरहेको छ ।
साझा पुरस्कार प्राप्त गरेका कथाकार मनु ब्राजाकी । उनले प्रतिष्ठानमा पाण्डुलिपि बुझाएको र प्रतिष्ठानले पनि बुझिलिएको एउटा निस्सा प्रतिष्ठानको स्ट्याम्प सहितको प्रमाण समेतको फोटो कपी ब्राजाकी देखाउँछन् ।
उनीसँग रहेको सो फोटोकपिको निस्सामा ‘आमालाई बेच्नु हुँदैन लाटा’ शीर्षकको पुस्तकको पाण्डुलिपि प्रतिष्ठानले २०५४ साल फागुन ३ गते बुझिलिएको देखिन्छ । र दर्ता नं. ३६\०५४ देखिन्छ । उनी सो निस्साका आधारमा आफ्नो कथा संग्रह किन छापिएन भन्दै पटक पटक प्रज्ञा प्रतिष्ठान पुगे तर प्रतिष्ठानले आलटाल गरिरह्यो ।
ब्राजाकीका अनुसार प्रतिष्ठानका सदस्य सचिव लगायत पदाधिकारीहरुसँग सो बारेमा फेरि पनि जानकारी माग्दा अब भेट्न सकिने सम्भावना नरहेको जवाफ उनले पाएका थिए ।
उनका छोरा अमित भण्डारी राम्रो युवा वकील भएका कारण कानुनी पक्रियाबाट प्रतिष्ठानसँग उपचार खोज्न सकिने बताउँछन् तर ब्राजाकी भने जे जति क्षतिपूर्ति प्राप्त भए पनि मेरो सिर्जना त आउँदैन नि पुस्तकका रुपमा फिर्ता ? भन्ने प्रश्न सहित थप्छन्, मसँग माफी माग्छन् रे । मैले माफी मागेको हेर्न किन जानु भनेर जानै छोडिदिएँ ।

कवि सुनिल पुरी
त्यसो त यो विषयमा निक्कै वर्ष पहिले नै साहित्यिक पत्रकार कवि तुलसीहरि कोइरालाले पनि मधुमर्क मासिकमा एउटा अन्तरवार्ता लिँदा पनि ब्राजाकीले आफ्नो कुरा बताएका थिए ।

साहित्यिक पत्रकार\कवि तुलसीहरि कोइराला
उनी भन्छन् अझै पनि ‘आमालाई बेच्नु हुँदैन लाटा’ शीर्षकको सो कथा संग्रहको सान्दर्भिकता झन् बढेको छ ।
साहित्यकार गुरागाईँ हालसम्मका सबै नेतृत्वले यो विषयमा जिम्मेवारी लिनु पर्ने बताउँछन् ।
पछिल्ला केही वर्ष अमेरिकामा बस्दै आएका साहित्यकार मनु ब्राजाकी दुई वर्ष अघि पनि नेपाल आएर सो पुस्तक बारे प्रतिष्ठानमा पुगेर बुझ्ना खोज्दा निरास बनेर फर्काइएका थिए ।
यस पटक पनि उनी नेपाल आएका छन् । तर हातलाग्यो शून्य भएको छ । ७५ वर्ष लागेका उनी पुस्तक प्रकाशित गरेर फेरि पनि उपचारका लागि अमेरिका फर्कने सोचमा छन् ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...