...

Saturday 11th July 2026

देउवाले सरकार नढाल्न सहयोग गरेर आफ्नो पालोमा एमालेलाई सरकारमा सामेल गराउने

तर देउवा संसदीय दलको नेता बन्ने सम्मको समय पर्खिरहेछन्

– स्वागत नेपाल, काठमाडौं ।Swagat Nepal

विषय प्रवेशको झण्झट नगरी शुरुमै चुरोमा कुरो यत्ति हो कि नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले बर्तमान एमाले नेतृत्वको सरकारमा सहभागी नबनी तत्काल सरकार नढाल्न सहयोग गर्नेछन् ।


 

पौडेल सभापति भएको भए ….

सुशील कोइरालाको निधनपछि आफ्नो अध्यक्षतामा भएको पार्टी केन्द्रीय समितिको बैठकमा कोइरालाको तेह्र दिन समेत नपुग्दै सम्मानपूर्वक कुर्सी खाली राखी बैठक गर्न नसक्ने, एकदमै हतार गरेर एकदिन भए पनि सभापतिको कुर्सीमा बसिहाल्ने रामचन्द्र पौडेल सभापति निर्वाचित भएको भए सरकारमा जान जति हतार गर्ने थिए त्यति हतार पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाले गर्ने छैनन् ।

sherbahadurnadeubaउनको बानीसँग म पटक पटकका स्टुडियोदेखि घरैमासम्म पुगेर गरेका औपचारिक अन्तरवार्ता अघिपछिका अनौपचारिक कुराकानीबाट राम्रैसँग मनौवैज्ञानिक विश्लेषशण गर्न सक्ने गरीकन परिचित छु । एउटा सामाजिक आहान छ नेपालीहरुको ‘फोसामा बाटोमा भेटिएको थोरै पैसा हतारमा लोभ गरेर नटिप्नू, त्यसले पछि प्राप्त हुने ठूलो भाग्य गुम्न सक्छ ।’ रामचन्द्रको हकमा त्यो आहान ठ्याक्कै मिल्यो । उनले फोसामा पाएको सभापतिको कुर्सीमा कोइरालाको १३ औं पुण्य तिथी पनि कुर्न नसकी बैठकमा बसिहाले । र, सभापतिको पद पनि गुम्यो । उनले बैठकमा सम्मानपूर्वक कुर्सी खाली गराई सोही कुर्सीको छेउमा अर्को कुर्सी राखेर बैठक बसाएका भए कस्तो सम्वेदनशीलता झल्किन्थ्यो होला ।

अर्को पाटो

एमाले भन्दैथियो – नेपाली कांग्रेस पार्टी महाधिवेसनपछि सरकारमा आउँछ । तर, सामान्य राजनीति बुझ्नेले यो बुझ्छ कि कुनै पनि पार्टी महाधिवेसनपछि अरुको सरकारमा जाने हतार गर्दैन, संसद छ भने संसदीय दलको नेताको खेल शुरु हुन्छ किनकि नेपालमा नाम मात्रको संसदीय व्यवस्था छ । त्यसैले संसदीय मोर्चा र पार्टी संगठनको स्पष्ट चिरामा फरक फरक नेतृत्व हुँदैन । अर्थात् दलले सरकार चलाउँदैन । त्यसैले कहिलेकार्ही पार्टीले भनेको सरकारमा बस्नेले मान्दैनन् । त्यो पनि विषय जोडिएको तर अर्कै विश्लेषणको पाटो हो ।

मूल पाटोको कुरामा, पार्टी महाधिवेसनपछि अब त्यतिञ्जेल कांग्रेसले सरकार ढाल्ने विषयमा स्पष्ट कुरा खास गरी शेरवहादुर देउवाले गर्ने छैनन् जबसम्म आफ्नो पार्टीको संसदीय दलको नेतामा फेलबदल निश्चित हुँदैन ।

त्यो यस कारण पनि हो कि संसदीय व्यवस्थामा आफू संसदीय दलको नेता नभइकन पनि प्रधानमन्त्री आफैँले पड्काएको अनुभव देउवासँग छ । त्यसैले संसदीय दलको नेता शेरबहादुर निश्चित नहुञ्जेलसम्म उनले सरकार परिबर्तनको कुरा गर्ने छैनन् । फेरि पनि किनकि, उनी अहिले पनि नेपाली कांग्रेसको सभापति मात्र हुन् संसदीय दलको नेता होइनन् । र, संसदमा उनलाई आच्छु आच्छु पर्ने छ । त्यसबेलाको संस्थापनको टिकटका आधारमा कांग्रेसको संसदीय दल तयार भएको हो । सभापति बन्ने बित्तिकै संसदीय दलको नेता निश्चित भन्ने हालको बुझाई गैरसंसदीय हो ।

सहयोगीका कुरा सुन्लान ?

शेरबहादुर देउवाले ‘सरकार ढाल्ने हो नयाँ सरकार आफ्नै दलको नेतृत्वमा बनाउने हो ।’ भन्ने बित्तिकै आफ्नो पक्षमा विभिन्न लालसाका साथ संसदीय दलमा मत बढ्न सक्छ र सर्वसम्मत वा बहुमतमा संसदीय दलको नेतृत्व गर्न पाइन्छ भन्ने निश्कर्ष उनका सहयोगीहरुले हतार गरेर देउवालाई सुनाउन थाल्ने छन् । त्यसपछि उनले सरकारको परिबर्तनको कुरा संसदीय दलको चयन पूर्व नै गर्न सक्ने छन् । त्यसो गर्दा सरकारमा जान पाइने र अरु स्वार्थहरु पूरा हुने कारणले उनलाई समर्थन गर्ने सम्भावना नरहेकाले पनि समर्थन गर्न सक्ने छन् । तर, आफ्नो सरकार बन्ने पालोमा एमाले र माओवादीको समेत समर्थन खोज्न आक्रामक नबनी एमाले माओवादी र अरु हाल सरकारमा रहेकाहरु सँगको सम्बन्ध यथारुपमा कायमै राख्न उनले भरमग्दुर प्रयास गर्ने छन् जुन उनका लागि बढी बुद्धिमानी पनि हुने छ ।

पार्टीभित्र अकाट्य संसदीय नेतृत्वका लागि धेरै माथापच्चिसी गर्नुभन्दा अन्य दलसँगको समर्थन आफ्नो प्रधानमन्त्रीत्व कालका लागि जुटाउनमै उनले सक्दो जुक्ति खर्च गर्नेछन् जसले उनलाई एमाले माओवादी समेतलाई अहिल्यै नचिढ्याउनुमा फाइदा बढी हुने निश्कर्ष उनलाई दोस्रो तहका नेताहरुले सुझाउने छन् ।

अर्को खतरनाक प्रस्ताव एमालेबाट

त्यसका लागि उनका सामु एमालेबाट बर्तमान सरकारमा एकपटक सहभागी हुन खतरनाक प्रस्ताव आउने छ । उनले त्यो शर्त ठाडो रुपमा मान्ने छैनन् । त्यसमा दुइबटा कारण हुने छन् । एउटा उनले देखाएर खुला रुपमा भन्ने छन् । अर्को कार्यकर्ता माझ मात्र भन्ने छन् । देखाएरै खुला रुपमा उनले भन्ने पहिलो कारण यो हुनेछ कि लोकतन्त्रलाई बलियो बनाउने हो भने प्रतिपक्ष पनि बलियो नै हुनुपर्छ । त्यसैले अहिले कांग्रेस सरकारमा जानु हुन्न । तर त्यसो भनिरहँदा उनले ‘एमाले दोस्रो भएर पनि पहिलो पार्टी कांग्रेसको सरकारमा गएको, त्यतिबेला कांग्रेसले पहिलो र दोस्रो दुवै पार्टी सरकारमा जानु हुँदैन’ नभनेको कुरा सम्झने छैनन् ।

दोस्रो, उनले आफ्ना नजिकका कार्यकर्ता माझ भन्ने छन् कम्युनिष्टको नेतृत्वको सरकारमा गइयो भने कडा विपीवादीहरुले इस्यू बनाउने छन् । सुशिलको पालासम्म बचाएर राखेको इज्जत गुम्ने छ । गुन्द्रुकको झोलमा जात फालिने छ र पहिलो प्रस्तुतिमा नै देउवा नेतृत्वको पार्टी कमजोर देखिने छ ।

उनले अझै आफ्ना मात्र भित्रिया कार्यकर्तालाई भन्ने छन् , सरकारमा जाने मन भए पनि विपीवादीहरुको दह्रो उपस्थिति भएको केन्द्रीय समितिमै आफूलाई त्यो निर्णय गर्न गाह्रो पर्ने छ । उनले दोस्रो तहका नेताहरुलाई सरकारमा पठाएर चुनाव गराउन पाउने सरकारको नेतृत्व आफूले गर्ने शर्तमा बर्तमान सरकारको आयू बढाउन सहयोग गर्न सक्ने सम्मको मनसुवा सहित एमाले माओवादीसँग छनक दिने छन् ।

एमाले /माओवादीको बुझाइ

तर एमाले माओवादी दुवै त्यसमा सहमत हुने छैनन् र अन्ततः देउवा आफू संसदीय दलको नेता औपचारिक रुपमा चुनिइसकेपछि मात्र सरकार परिबर्तनको बारेमा खुलेर अगाडि देखिने छन् । बाँकी प्रसंग हाल सरकारमा रहेका दलका नेताहरुबाट आक्रामक अभिव्यक्तिहरु आउन थाले भने देउवा सो पूर्व नै पनि चुप् भने बस्ने छैनन् । त्यो चुप् नबस्ने अवस्था भनेको केही दिन अघि प्रधानमन्त्री के पी शर्मा ओलीले ‘यही सरकारले चुनाव गराउने हो’ भन्ने कोणबाट दिएजस्ता अभिव्यक्ति हुने छन् ।

सरकारको बारेमा देउवासँग कुरा गर्छु भनेर माओवादी अध्यक्ष प्रचण्डले मिडियामा भन्दै आएको कुरा देउवाले बुझेका छन् । त्यो के हो भने प्रचण्ड अब देउवासँग मीठा कुरा गरेर देउवाकै बाटो छेक्न खोज्दैछन् र आफ्नै नेतृत्वमा सरकार बनाउन खोज्दैछन् वा पहिला देउवालाई सहयोग गरेर आफू चहिँ त्यसपछि चुनावी सरकारको नेतृत्व गर्न चाहिरहेका छन् । त्यसो गर्दा प्रचण्ड सबैलाई प्रधानमन्त्री बनाउन र मान्न तयार उदारमना ‘हिरो मेकर’कै छवीमा रहन सक्नेछन् । चुनावी सरकारका लागि उनलाई सहयोग हुने छ ।

देउवाको मुख्य कार्यभार

देउवा भने ती दुवै दिशाको राजनीतिक विकास क्रममा सहमत हुने छैनन् । संसदीय दलको नेता आफू नचुनिई सरकार आफ्नो नेतृत्वमा हुने छैन् । त्यसपूर्व नै सरकार परिबर्तनको हल्ला बढ्न थालेमा एमाओवादीलाई फाइदा पुग्ने देउवाको बुझाइ पनि छ । त्यस बुझाइसँगै देउवा सोहीसम्म सरकारका लागि हतार गर्ने छैनन् ।

अब देउवाको अर्को बुझाइ र मुख्य कार्यभार नै सुशील सभापति रहँदा सबैभन्दा ठूलो पार्टी हुँदा समेत कुनै मुख्य पद पाउन नसकेको क्षतिको पार्टीलाई पूर्ति गराउनु हो । बरु, कांग्रेस दोस्रो पार्टी भएका बेलामा समेत राष्ट्रपति, प्रधानमन्त्री प्राप्त भएको भन्दा बढी उपलब्धी उनले पार्टीलाई दिनु छ र आफ्नो क्षमता देखाउनु छ । त्यसैले उनी लामो समय भने चुप्चाप् नबसी एक एक मौनता हिसाब मनमनै सावधानीपूर्वक गनेर बसिरहेका छन् ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...