...

Friday 10th July 2026

नयाँ नेपालका नयाँ मौसूफहरु !

श्री १० राष्ट्रपति र प्रधानमन्त्रीको धुलिखेल सवारी 

©बलराम प्यासी12400538_1676888629254714_1188674051890251520_n


 

सीमित व्यक्तिको स्वार्थका कारण हजारौं जनताले दुःख पाउनु नै गणतन्त्रको मूल उपलब्धि रहेछ । जनतासामू धक फुकाएर यीनीहरु कहिले हिँड्न सक्लान ? अनि नयाँ मौसूफहरुको सवारीमा जनताले दुख नपाउने दिन कहिले आउला ?


 

 

गत शुक्रबार कामको सिलसिलामा अनामनगर हनुमानस्थान हुँदै बानेश्वरतिर जाने मुल सडकमा थिएँ ।

नयाँबानेश्वरतिर अघि बढ्दै गर्दा सडकको विचमा रहेको आइल्याण्डमा हरेक २० मिटरको दुरीमा प्रहरीहरु उभिएको देखेँ ।
सार्क सम्मेलनताका रोपेको विरुवाको हाँगा वटुवाले भाँच्लान् भनेर रेखदेख गर्न ड्युटीमा बसेको ठानँे । मिनभवन, तीनकुने हुँदै कोटेश्वरतिर जाँदा त झन् मुलसडकभरि नै प्रहरीहरु झपक्कै देखेँ ।

बागमती र मनोहरा पुलमुनी त शसस्त्र प्रहरी टन्नै बसेका रहेछन् । आतंककारीले पुल उडाईदेलान् भनेर रहेछ ।
मध्यान्ह १२ बजेको हाराहारी हुँदो हो, घडी हेर्न भ्याएको थिइनँ । नयाँबानेश्वर, मिनभवन, तीनकुने, कोटेश्वर, जडिबुटी, लौहकिल्थली, कौशलटार, गठ्ठाघर, ठिमी लगायतका बसविसौनी पुरै खाली गरिएको थियो ।

यात्रुहरु बसको प्रतिक्षामा लामो समयदेखि टन्नै उभिएका थिए । बसविसौनीभित्र बस, माइक्रो र टेम्पो लैजान र सडक किनारमा रोक्न पनि बन्देज गर्दैथिए प्रहरीहरु । कोटेश्वर हुदै नयाँठिमीसम्म जाने क्रममा आफ्नो बाइकमा कसैलाई लिफ्ट दिउँ न त भनेर कोटेश्वरको बसविसौनी नजिक रोक्न खोज्दा ट्राफिकले सिट्ठी फुकिहाल्यो, रोक्ने होइन भन्दै ।

मलाई लाग्यो भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अकस्मात फेरि काठमाण्डौ उत्रेर भक्तपुर जान लागेछन कि भनेर । तर होइन रहेछ । गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति विद्या भण्डारी र अर्का सर्वाेच्च पदधारी केपी ओली सरकारको सवारी रहेछ ।

सार्वजनिक सडकमा यात्रुहरुलाई अत्यन्तै कष्ट दिने गरि सवारी चलाईकोले यसलाई श्री १० राष्ट्रपति र प्रधानमन्त्रीको सवारी भन्दा फरक नपर्ला । किनकी, त्यो दिन सवारीको लागि गरिएको सुरक्षा व्यवस्था, २०६३ साल अगाडि श्री ५ को सवारीको भन्दा दोब्बर देखिन्थ्यो । नयाँ मौसूफहरु (राष्ट्रपति र प्रधानमन्त्री) को स्वागतका लागि सडक किनारमा सयौं सर्वसाधारणको उपस्थिति देखाउन शायद एमालेले त्यस्तो रणनीति अपनाएको थियो या मौसूफहरुको सुरक्षामा आँच आउने देखेर सुरक्षा निकायले त्यतिधेरै सुरक्षा दिएको थियो । दुईजना भिआईपिलाई हेलिकोप्टरबाट सिधै धुलिखेलमा उतार्ने सुझाव कसैले दिने आँट गरेनन या चाहेनन । यसमा पनि कसैको स्वार्थ थियो शायद ।

काठमाण्डौ विश्वविद्यालय धुलिखेलको रजत महोत्सवलाई सम्वोधन गर्न नयाँ मौसूफहरु त्यहाँ गएका रहेछन् । आफुले काठमाण्डौदेखि धुलिखेलसम्म आउँदा सर्वसाधारणलाई दिएको दुःख पीडाको कुनै मतलव नगरी, काठमाण्डौ विश्वविद्यालयले मुलुकमा योग्य र असल नागरिक उत्पादन गर्न गरेको योगदानको चर्चा गरेछन् । वाह ! क्या गजव ? गणतान्त्रिक देशका प्रमुखहरुको चाला । सीमित व्यक्तिको स्वार्थका कारण हजारौं जनताले दुःख पाउनु नै गणतन्त्रको मूल उपलब्धि रहेछ । जनतासामू धक फुकाएर यीनीहरु कहिले हिँड्न सक्लान ? अनि नयाँ मौसूफहरुको सवारीमा जनताले दुख नपाउने दिन कहिले आउला ?

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...