Monday 27th July 2026
ज्योतिलाई भेट्न नेतृ पम्फा भूषाल कोटेश्वरमा
ललितपुर, २२ चैत ।
बाँचुन्जेल आफ्नो वृद्ध बाबुको रेखदेख र स्याहार गरी मृत्युपछि दागवत्ति दिएर छोरासरह नै काजकिरीया गरी समाजमा उदाहरणीय काम गरेकी ललितपुर उपमहानगरपालिका ४ धोविघाटकी ज्योति बस्नेतलाई भेट्न नेकपा माओवादी वैद्यकी प्रवक्ता एवम् पूर्वमन्त्री पम्फा भूषाल सोमबार त्रिदेवीनगर, कोटश्वरस्थित ज्योति निवास पुगीन् ।
आफुसंगै स्याहार गर्दै आएकी ज्योतिको बुबा ८० वर्षिय भिमबहादुर बस्नेतको निमोनिया र पार्किन्सन्स रोगका कारण गत चैत १० गते सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
नेतृ भूषालले आफ्नो बाबुप्रतिको कर्तव्य जीवित हुँदा र मृत्युपछि पनि ज्योतिले छोरा सरह नै पुरा गरेको भन्दै ज्योतिको प्रशंसा गरेकी थिइन् ।
समाज सुधारक नेतृको रुपमा परिचय बनाएकी पूर्वमन्त्री भूषालले समाजमा छोरीहरुले यस्तै उदाहरणीय र अनुकरणीय काम गरेपछि मात्रै समाज विस्तारै परिवर्तन हुँदै जाने विश्वास व्यक्त गरीन् । उनले स्वर्गीय बस्नेतप्रति समवेदना पनि व्यक्त गरीन ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...