...

Saturday 18th July 2026

खेल, शक्ति र सत्ता

 

Hari jamakatel

लेखक हरिशरण जमकटेल

कुनै पनि देशको नेतृत्व राजनिती र अर्थनिती पछि खेलकुदले गरेको हुन्छ । तर राजनिति र अर्थनितिले देशका नागरिकहरुलाई एक आपसमा छुटइदिएको हुन्छ । देशको एकताको माध्यम त खेलकुद नै नम्बर १ हो ।

 

इण्डिया र पाकिस्तानबिच क्रिकेट म्याच हुँदा क्रिकेटलाई धर्म मानेर एक ठाउँमा उभिएर आ आफ्नो देशको पक्षमा एक हुन्छन त्यती बेला लाग्छ वाहा ! क्या एकता । राजनितिले तोडेको सम्बन्ध खेलकुदले जोडेको प्रस्सत उदाहरण हामी सँग छ ।

 

देशको आन्तरिक एकता खेलकुदमा भरपुर हुन्छ जति अरु पक्षबाट हामी कमै पाउँछौ । भारतमा व्रिटिसहरुले शासन गरेको ताका ब्रीटीस नागरिकहरुले सोखको लागि उनीहरुको देशमा खेलीने खेल क्रिकेट खेल खेल्न थाले र पछि क्रिकेटमा खेलीने बल भारतिय नागरिकलाई बलिङ गर्न लगाएर बललाई टाढा सम्म व्याटिङ गरि बल लिन दगुराउँथे र खीसि गर्थे ।

 

भारतियहरुलाई सधैँ जित्ने ब्रिटिसहरुले जीत्न सकेको खण्डमा कब्जा गरेको गाउँ बस्ती छाडेर जाने भनेर उस्काइ उस्काइ खुब दुख दिने गर्थे । भारतीयहरु मेहनत गर्न थाले र क्रिकेटमा बाजी समेत जितेर देखाउने थाले कति ठाउँमा यसै कारणले एकताबद्ध भएका नागरिकहरुको दवाबले व्रिटिस नागरिकहरु कब्जा गरेको गाउँ वस्ती छाडेर जान समेत बाध्य भए । पछि महात्मा गान्धिले थालेको असहयोग आन्दोलनमा पनि नागरिकहरुलाई एकतावद्ध हुने कार्यमा क्रिकेटको सफलताबाट पाएको प्रेरणा एउटा पक्ष थियो भन्ने कुरा त्यहाँका खेलकुदकर्मी र स्वयंम सरकारले समेत क्रिकेटलाई दिएको पहिलो प्राथमिकताले पुष्टि गर्दछ ।KATHMANDU, June 6, 2015 (Xinhua) -- Maoist UCPN Chairman Prachanda (2nd, R) tackles the ball during a friendly football match between politicians and actors which is held to raise funds for earthquake victims in Kathmandu, Nepal, June 6, 2015. Actors won 3-0. (Xinhua/Sunil Sharma/IANS)

 

अहिले त भारत क्रिकेटको नेतृत्व गर्ने सबैभन्दा शक्तिशाली देशको रुपमा विश्वसामु चिनीन्छ । कहिलेकाही हिन्दु र मुस्लीम बिच तनाव भयो भने भड्कीएका नागरिकहरुलाई एक गर्न सरकार स्वयमले अरु देशलाई बोलाएर क्रिकेट म्याच गराउने कुटनिति पनि भारतमा सफल कुटनिति मानिन्छ । यसलाई भारतको क्रिकेट कुटनिति समेत भनेर अन्र्तराष्ट्रिय समुदायले बुझ्ने गरेको छ ।

 

भारतमा क्रिकेट कुटनिति भने जस्तै ब्राजिलमा फुटबल कुटनिति पनि उत्तिकै चर्चित छ । सन् २०१४ को ब्राजिल विश्वकपमा ब्राजिललाई सेमिफाइनलमा जर्मनीले १ गोल का विरुद्ध ७ गोल हानेर हराएपछि सिधै राष्टपतिको कुर्सी हल्लीएको थियो र त्यो हल्लाई अहिलेसम्म पनि जारी छ । त्याहँको राजनीतिलाई नजिकैबाट हेर्ने हो भने त्यो सर्मानाक हारको कारण राष्टपतिको पार्टीलाई ठुलो झड्का समेत लागेको स्थिती छ । सेमीफाइनलमा जर्मनीसँग नराम्रोसँग हार खाएपछि ब्राजिलका २० करोड जनताको आँखाबाट आँसु ननीस्कीएको पाउन गाह्रो हुने भनेर विभिन्न रिपोर्टहरुमा देखाइएको थियो ।

प्रत्यक ४ वर्षमा हुने ओलम्पीक खेलकुदमा राष्ट्रहरुले बढी भन्दा बढी स्वर्ण जितेर देशको शक्ति प्रदर्शन गर्ने माध्याम बन्दै आएको छ । सोभियत संघ विघटन हुनुपुर्व स्वर्ण बढी भन्दा बढी कब्जा गरेर विश्वको शक्तिशाली राष्ट्रको रुपमा परिचित गरायो ।

अहिले अमेरीका र चिन प्रतिस्पर्धामा रहेका छन । सन् २००८ को वेइजिङ ओलम्पीकमा चीनलाई अमेरीकाको भन्दा बढी स्वर्ण जित्ने चुनौती रहेको थियो । जब  वेइजिङमा ओलम्पीक आयोजना गर्ने निर्णय अन्तराष्ट्रिय ओलम्पीक कमिटीले गर्यो त्यसपछि चीन सरकार सफल र भव्यता पुर्वक ओलम्पीक आयोजना गरेर अमेरीका भन्दा बढी स्वर्ण जित्ने भन्दै खेलकुदकर्मी र प्रशिक्षकलाई ३ वर्ष भन्दा बढी बन्द प्रशिक्षणमा लाग्न र सोही बमोजिमको खेलाडीलाई तलब भत्ताको समेत व्यवस्था गर्यो र चीनले अमेरीकालाई उछिनेर सवैभन्द बढी स्वर्ण समेत जित्न सफल भयो ।

images

विशेषगरि ठुला ठुला खेलकुद प्रतियोगिताहरु ओलम्पीक, फीफा विश्वकप जस्ता प्रतियोगितामा संसारका राष्ट्रहरुको ध्यान यसरी केन्द्रीत गर्छकी स्वयम राष्ट्रप्रमुख सरकार प्रमुख आफै अरु काम छाडेर खेलाडीको हौसला बढाउन मैदान सम्मै पुग्ने गर्छन । सन् २०१४ को ब्राजिलमा भएको विश्वकपमा अमेरीकाले खेलेको हरेक म्याच त्यहाँका राष्ट्रपतिले महत्वपुर्ण बैठक समेत छोट्याएर ह्वाइट हाउस जो दिनमा २५ घण्टा सक्रिय हुन्छ नै ९० मिनेट निश्क्रिय भयो, सुनसान भयो ।

 

इरानका राष्ट्रपतिले आफ्नो देशले अर्जेन्टिनासँग फुटवल खेलेको टीभिमा हेरेको फोटो समाजिक सञ्जालको धोर विरोधीले फेसबुक एकाउण्ट नै खोलेर फेसबुकमा हाले र विश्वलाई अचम्मीत बनाइदिए । फीफाले विश्वकप आयोजना गर्ने देश छनौट गर्ने क्रममा शक्तिशाली देशहरुले ठुलै पावर लगाएर साम दाम दण्ड भेदको निति सहित आफ्नो देशलाई आयोजक बनाउन कसीएर लाग्छन । सन् २०२२ मा गर्मि र खाडी देश कतारमा विश्वकप आयोजना गर्न कतारले अरबौ खर्च गरेको समाचार आइसकेको छ ।

Iranian Prez watchinfg wC - Copy

कतारले सन् २०२२ मा देशलाई एयर कन्डीसन युक्त बनाउन र समुद्रको बिचमा रंगशाला बनाएर किर्तिमान बनाउने भन्दै आयोजनाको अधिकार पाएपछि सन् २०१३ तिरै संसारबाट हजारौँ संख्यामा कामदारलाई काममा लगाएको छ ।

 

उता अमेरीकाले सन् २०२२ को विश्वकप आयोजना गर्ने कतारको हकलाई खोस्न सकिन्छकी भनेर तत्कालिन फीफाका अध्यक्षलाई अनेकौँ उपाय लगाएर पदबाट हटाउन सफल भइसकेको छ । जसकारणले सन् २०२२ को विश्वकप प्रतियोगिता अन्यौल रहेको समेत छ ।

 

त्यतिमात्र होइन सन् २०१८ मा हुने रसिया विश्वकपलाई लिएर परम्परागत प्रतिद्वन्द्वी राज्य अमेरीकाले रसियाले सिरिया लगायत मुलुकमा गरेको राजनितिक हस्तक्षेपलाई जोडेर रसियालाई विश्वकप आयोजना गर्न दिन नहुने भन्ने प्रसंगले अत्याधिक ठाउँ पाएको छ । तर रसिया सन् २०१८ को विश्वकप आयोजना गरेर दुनियाँलाई देखाउन स्वयम राष्ट्रपति आफै आयोजक कमिटिको कार्य प्रगति मासिक रुपमा निरिक्षण गरि आफै फिल्डमा खटेको दृश्य समेत समाचारमा आइसकेको छ ।

 

अमेरीकाले कम्तीमा सन् २०२६ को विश्वकप आयोजना गर्न आफुले पाउनको लागि अहिले आफु अनुकुलको फिफा अध्यक्ष समेत बनाएको चर्चा छ ।

 

संसारका कुनै पनि देश संसारको ध्यान आफुतिर आकर्षित होस भन्ने चाहन्छ र खेलकुदका ठुला प्रतियोगितामा अरबौँ खेलकुद प्रेमीको ध्यान त्याहाँ टीकेको हुन्छ अनि सुरु हुन्छ खेलकुद कुटनिति, राजनिति भन्दा माथी ।

लेखक अधिवक्ता पनि हुन् । उनलाई harijamakatel@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...