Saturday 11th July 2026
१ करोड नक्कली भारतीय रुपैयाँसहित ६ जना पक्राउ
काठमाडौं, २६ चैत । प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट ५ सय दरका २० हजार थान गरी १ करोड भारतीय रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय विशेष ब्युरोको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं समेतको संयुक्त टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेल, काठमाडौं महानगरपालिका–३४ बानेश्वर र काठमाडौं महानगरपालिका–१४ बल्खुबाट नक्कली जस्तो देखिने ५ सय दरका २० हजार थान गरी १ करोड भारतीय रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाकिस्तान कराचीका महम्मद नदिम, काठमाडौं बानेश्वर बस्ने मकवानपुर हरनामाडीकी ५५ वर्षीया उमादेबी पाण्डे, नोटको कारोबार गर्न काठमाडौं आएका बारा सिमरा–५ का ५६ वर्षीय महादेव तिमिल्सिना, महोत्तरी माइस्थान–८ का ४० वर्षीय दिलबहादुर थापा, पर्सा भौराटार–७ का ५८ वर्षीय परमानन्द यादव र बारा गन्जभवानीपुरका इश्वरप्रसाद साह तेली रहेका छन् । उनीहरुमध्ये नदिमलाई ५० लाखसहित ठमेलबाट, तिमिल्सिनालाई ५० लाखसहित बानेश्वरबाट, पाण्डेलाई बानेश्वरबाट र थापालाई बल्खुबाट चैत २२ गते तथा यादव र तेलीलाई चैत २४ गते बल्खुबाट पक्राउ गरिएको हो ।
नदिमले कराँची दोहा हुँदै कतार एयरवेजबाट नक्कली भारतीय रुपैयाँ काठमाडौं ल्याएको, पाण्डेले नदिमसँग बुझी वीरगंजबाट आएका तिमिल्सिनालाई बुझाउने जिम्मेवारी लिएको, थापाले तिमिल्सिनासँग सामान बुझी भारततर्फ लैजाने तथा यादव र तेलीले बजार वितरण गर्ने जिम्मेवारी लिएको अनुसन्धानबाट खुल्न आएको छ ।
अनुसन्धानको क्रममा खुलेका अन्य संलग्न पाकिस्तानी, भारतीय र नेपाली नागरिकहरु हाल फरार रहेकोले खोजी भइरहेको तथा यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...