Sunday 26th July 2026
डिआइजीलाई एकवर्ष आठ महिनापछि न्याय
काठमाडौँ, २६ चैत । अरुलाई अन्याय पर्दा न्याय गर्ने निकायको रुपमा रहेको प्रहरी सङ्गठनका उच्चअधिकारी आफैँले न्याय पाउन लामो प्रयास गर्नुप¥यो । मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक डिआइजी यादव अधिकारी, पशुराम खत्री, विश्वराज सिंह शाही र सुशीलवरसिंह थापालाई अतिरिक्त प्रहरी महानिरीक्षक एआइजी पदमा बढुवा गर्ने निर्णयसँगै उनीहरुले एकवर्ष आठ महिनापछि बल्ल न्याय पाएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र ओमप्रकाश मिश्रको संयुक्त इजलासले २०७१ साउन ८ गते फैसला गर्दै पद भए सोही पदमा र नभए विशेष दरबन्दी सिर्जना गरी प्रहरी नायब महानिरीक्षकहरुलाई बढुवा गरी पदस्थापन गर्ने फैसला गरे पनि सो निर्णय आज बल्ल कार्यान्वयनमा आएको राससमा समाचार छ ।
मन्त्रिपरिषद्को बैठकले २०७१ साउन २९ गतेको मितिदेखि नै लागू हुने गरी उहाँहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।
तत्कालीन समयमा १३ जना प्रहरी नायब महानिरीक्षकमध्ये सातजना बढुवा हुनुपर्नेमा वरिष्ठतामा १३ आँैं नम्बरमा रहेकालाई बढुवा गरिएपछि अन्य छजना प्रहरी नायब महानिरीक्षकले सर्वोच्चमा उजुरी दिएका थिए ।
वरिष्ठतामा ७, ८, ९, १०, १२ नम्बरमा रहेकालाई बढुवा नगरिए पनि उनीहरु भन्दा कनिष्ठ रहेका ११ आँैं नम्बरमा रहेका रामशेखर बज्राचार्य र १३ नम्बरका केदार साउदलाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो । यसमध्ये नारायण बस्ताकोटी र गणेशराज राईलाई पछि बढुवा गरिए पनि अन्य चारजनाको भने बढुवा हुनसकेको थिएन ।
बढुवामा नपरेका नायब महानिरीक्षकहरुले लोकसेवा आयोगको अध्यक्ष, मुख्यसचिव र कानुन मन्त्रालयका सचिव रहने उजुरी समितिमा उजुरी दर्ता गरेका थिए । सो समितिले बढुवा गर्दा वरिष्ठता मिचेको निष्कर्ष निकालेको थियो ।
सरकारले डिआइजीलाई बढुवा गर्ने सर्वोच्चको फैसला पुनरवलोकनका लागि निवेदन दर्ता गरेकामा गत पुस ३ गते निवेदन खारेज गर्दै पहिलेकै फैसलालाई सदर गर्दै बढुवा कार्यान्वयनका लागि प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र नेपाल प्रहरीलाई आदेश दिएको थियो ।
सर्वोच्चको दोस्रो फैसलाबाट चार महिनापछि ढिलै भए पनि न्याय पाएको बताउँदै अतिरिक्त प्रहरी नायब महानिरीक्षक परशुराम खत्रीले सर्वोच्चको सम्मान भएकामा खुसी व्यक्त गर्नुभयो ।
निर्णयपछि राज्यले दिएको जिम्मेवारी पूरा गर्न आफूहरु तयार रहेको पनि उहाँले बताउनुभयो । कुनै भेदभावको दृष्टिले आफूहरुलाई नहेरिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
आज बढुवा भएकाहरु पदस्थापनपछि अवकाश भएमा वा अन्य कारणले रिक्त भएमा स्वतः पद खारेज हुने व्यवस्था गरिएको छ ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...