...

Saturday 11th July 2026

ज्यान बचाउने प्रहरीलाई पुरस्कार

सुरक्षित नागरिक समाजको जनचेतनामूलक र्याली
काठमाण्डौ, ११ बैशाख । गतवर्षको बैशाख १२ गते गएको भूकम्पको संस्मरण गर्दै भूकम्प जुनसुकै बेलामा फेरी पनि आउँन सक्छ, समयमै सचेत हौं भन्ने खालका जनचेतनामूलक सन्देश दिँदै सुरक्षित नागरिक समाज नेपालले शनिबार कोटेश्वर र नयाँबानेश्वरमा वृहत जनचेतनामूलक र्यालीको आयोजना गर्यो ।

13062589_1716266735316903_399802971_o
नेपाल प्रहरीका प्रमहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कोटेश्वरमा सो र्यालीको उद्घाटन गर्दै नागरिक समाजको सहयोगमा नै नेपाल प्रहरीलगायतका सुरक्षाकर्मीले गतवर्षको भूकम्पमा परेकाहरुको समयमै उद्धार गर्न सकेको बताए ।
कोटेश्वरबाट शुरु भएको उक्त जनेचतनामूलक र्यालीमा नेपाल प्रहरीको ब्याण्ड, स्काउट, विद्यार्थी, स्थानीय सामाजिक संघसंस्था, स्वास्थ्इ स्वयमसेविका, सामुदायीक प्रहरी लगायत विभिन्न क्लवसंग आवद्ध खेलाडीहरुको समेत सहभागिता थियो ।
विभिन्न जनचेतनामूलक प्लेकार्ड र ब्यानर सहितको र्याली कोटेश्वर तिनकुने हुँदै मिनभवनमा पुगेर सकिएको थियो । समापन कार्यक्रम नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा, सुरक्षित नागरिक समाजका संस्थापक अध्यक्ष डा.गोविन्द कुसुम, वर्तमान अध्यक्ष सुर्यप्रसाद कोइरालाले सम्बोधन गरेका थिए ।
कार्यक्रममा गत वर्षको बैशाख १२, १३ र २९ गतेको भूकम्पमा परि घाइते भएकाहरुको उद्धारमा खटिएका चर्चित सुरक्षाकर्मीहरु शसस्त्र प्रहरी निरीक्षक लक्ष्म्ण बहादुर बस्नेत, नेपाली सेनाका यज्ञराज भट्ट र नेपाल प्रहरीका आशिष खडकालाई सुरक्षित नागरिक समाजको तर्फबाट जनही नगद ५ हजार र सम्मानपत्रद्धारा सम्मान गर्नुको साथै र्यालीमा सहभागीहरुलाई प्रमाणपत्र दिइएको थियो ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक थापा, सुरक्षित नागरिक समाजका संस्थापक अध्यक्ष कुसुम, र अन्नपुर्ण पोष्ट दैनिकका अध्यक्ष क्याप्टेन थापाले बहादुर सुरक्षाकर्मीहरुलाई सम्मान गरेका थिए ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...