Monday 27th July 2026
अमेरिका जाने काव्य स्कुलका ७ विद्यार्थीको विदाई
अमेरिका जाने काव्य स्कुलका ७ विद्यार्थीको विदाई
काठमाण्डौ, १७ बैशाख । यही बैशाख १९ गते आइतबारदेखि अमेरिकाको फ्लोरिडा राज्यस्थित आइएमजी एकेडेमीमा आयोजना हुन लागेको १६ वर्ष मुनिका खेलाडीहरुको अन्तर्राष्ट्रिय तालीम तथा सकर (फुटबल) महोत्सवमा भाग लिन जाने काव्य स्कुलका ७ जना खेलाडी तथा फुटवल प्रशिक्षकलाई शुक्रबार काव्य स्कुलले विदाई गरेको छ । खेलाडीहरु शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दैछन् ।

तस्बिर : बलराम प्यसी
जुनियर फुटबल एकेडेमीमा आवद्ध भई फुटबल तालीम लिइरहेका खेलाडी विद्यार्थीमध्ये काव्य स्कुलबाट अमेरिका जान ७ जना छनौट भएका थिए । उनीहरुलाई विद्यालय सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रप्रकाश राजभण्डारी, निर्देशकहरु दिलीप थापा, रिजन खड्का र प्रेमराज अर्यालले टिका तथा खादा लगाईदिनुका साथै काव्य स्कुलको झण्डा हस्तान्तरण गरि विदाई गरेका थिए ।
जुनियर फुटबल एकेडेमीका प्रमुख प्रशिक्षक तथा काव्य स्कुलको अतिरिक्त कृयाकलाप संयोजक प्रज्ज्वल प्रताप क्षेत्रीको नेतृत्वमा अमेरिका जान लागेका काव्यका विद्यार्थीहरुमा विपेश बुढाथोकी, ओम दाहाल, श्रीनभ श्रेष्ठ, अनिश थापा, श्रीयश बुढाथोकी, प्रनव श्रेष्ठ र विप्लव लामिछाने छन् ।
यसैगरि सो एकेडेमीमा आवद्ध भई फुटबल तालिम लिइराखेर अमेरिका जाने टोलीमा छनौट भएका अन्य विद्यालयका विद्यार्थीहरुमा अर्मान श्रेष्ठ, लिटिल सुबेदी, अमिशा श्रेष्ठ, हृत दत्त, एलेन पन्त, कुशल श्रेष्ठ, निक्की सुबेदी, श्रीजेश कार्की, रोज श्रेष्ठ, निश्चल न्यौपाने, प्रगती राई र पुजन लामा छन् । उनीहरु राजधानीको विभिन्न विद्यालयमा अध्ययनरत छन् ।
१९ जना खेलाडी तथा ३ जना अफिसियल टोलीमा जुनियर फुटबल एकेडेमीका प्रमुख प्रशिक्षक तथा काव्य स्कुलको अतिरिक्त कृयाकलाप संयोजक प्रज्ज्वल प्रताप क्षेत्रीका साथै दिकेश प्रधान र ओजिना गुरुङ्ग छन ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...