...

Saturday 11th July 2026

बलात्कृत हुनुभन्दा मर्नलाई विष सेवन गरेँ तैपनि मरिनँ

DSC_1522१९ वैशाख, काठमाडौं । “एक रुपैयाँको चक्लेट खाने पैसा माग्दा पनि मैले पटक पटक बाबुबाटै बलात्कृत हुनु पथ्र्याे । उसको ओच्छ्यान नबन्दा मेरो पेटमा लात्तै लात्तले हान्थ्यो । म बेहोस हुन्थेँ । पछि होसमा आउँदा उसले मेरो शरीर लुछिरहेको हुन्थ्यो । आमासँग गुहार माग्दा पाइनँ ।” म अभागिनीले यस्तो जीवन बाँच्नुभन्दा मर्नु बेश भनेर सबै कुरा लेखेर मर्नलाई विष सेवन गरेँ तैपनि मरिनँ भनेर एक बलात्कृत छोरीले आफ्ना बेदना पोखिँरहँदा कार्यक्रका प्रमुख अतिथि काठमाडाँै जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुबेदीले आशु थाम्न नै सकेनन् ।

DSC_1388ती छोरीले म त्यो बलात्कारी बाबुको नाम भएको नागरिकताले मलाई पटक पटक थप पीडित बनाउँछ । जति पीडा भुलौँ भन्यो त्यति बल्झाउँछ भनेर उनले पनि भक्कानिदैँ थिइन् भने कार्यक्रममा उपस्थित सबै नै मन थाम्न नसकेर रोइरहेका देखिन्थे ।

मैले रक्षा नेपाल जस्तो घर पाएँ मेनुका थापा जस्ती आमा पाएँ । म एकदमै खुशी छु तर त्यो बलात्कारी बाबुको नाम मेरो नागरिकताबाट हटाएर शान्तसँग बाँच्न चाहन्छु जबसम्म उसको नामको नागरिकता बोकेर मैले हिँड्नुपर्छ तबसम्म म यो पीडाबाट बाहिर आउन सक्दिन उनले गुनासो गरिन् ।

DSC_1339
प्रजिअ सुबेदीले यी पीडित छोरीको कुरा मर्मस्पर्सी छ सुन्दा मन भक्कानिएर आयो तर विद्यमान कानुनले उनको मागलाई सम्बोधन गर्न नसक्ने बताउँदै भने तर सबै निकायको साथ र समर्थन भएर एजेण्डा आएमा असंभव भन्ने चाहीँ होइन ।
१२७ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर श्रमिक महिला रक्षा संघसँग समन्वय गरी रक्षा नेपालद्वारा आयोजित सम्मान तथा सचेतना कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले सबैले आ आफ्नो ठाउँबाट इमान्दारिता देखाएमा राम्रा कुरा कार्यान्वयन गर्न कठिन नहुने पनि बताए ।

DSC_1334
बरिष्ठ पत्रकार सुमन खरेलले ती पीडित छोरीलाई कमजोर नहुन र आफूभन्दा पनि दुःखीहरुलाई हेरर दह्रो बन्न आग्रह गरे ।
महिला विकास तथा बालबालिका कार्यालय प्रमुख अधिकृत अनिता अधिकारीले आमाले साथ नदिनु बाबुले कुटी कुटी बलात्कार गर्नु एउटी छोरीको लागि यो भन्दा बढी हृदय विदारक घटना के हुन सक्छ ? परिवारबाट टुटेको मन, टुक्रिएको जीवन बाँचेका छोरीहरुको जीवनमा बाँच्नका लागि रक्षा नेपालले उर्जा थपेको बताउँदै यस्ता संस्थाको अझ खाँचो भएको पनि उल्लेख गरिन् । यस्ता पीडकलाई घरबाट मात्र होइन समाजबाट नै लखेट्नु पर्छ उनको आक्रोस थियो ।

DSC_1393प्रमुख अधिकृत अधिकारीका अनुसार मनोरञ्जनको क्षेत्रमा काम गर्नु नराम्रो होइन तर त्यसरी काम गर्ने श्रमिक महिलामाथि यौन उत्पीडन हुनु दुःखद कुरा हो । जसले श्रमिक महिलामाथि उत्पीडन गर्छ त्यस्तामाथि कारवाही गर्न डेढवर्षदेखि आफूहरु लागि परेको पनि उनले बताइन् ।

DSC_1591सोही कार्यक्रममा केशरी कुमारी दाहाल, सावित्री पुडासैनी, राधा गिरी , सुनिता महर्जन र रत्न तामांग(गौरी) लगायत पाँचजना श्रमिक महिलालाई सम्मान पत्र र पाँचहजार रुपैयासहित सम्मान गरिएको थियो ।

अनेरास्व वियुकी केन्द्रीय अध्यक्ष नविना लामाले बलात्कार पीडित छोरीहरुको अधिकारका लागि आफूले सकेको  सहयोग खुला मनले गर्ने प्रतिबद्धता जनाउने बताउँदै राजनीति पनि अपराधी , दलाल र भ्रष्टाचारिको चंगुलमा भएकोले पीडितलाई न्याय दिलाउन पनि गाह्रो छ भनिन् ।

रक्षा नेपालका अध्यक्ष मेनुका थापाले सो कार्यक्रमा बोल्दै महिला, त्यसमा पनि मनोरञ्जन क्षेत्रको श्रमिक भएर नेपाली समाजमा बाँच्न सजिलो नभएको बताइन् । सामाजिक दृष्टिकोणदेखि कार्यस्थलको व्यवहारसम्मले मनोरञ्जन क्षेत्रका श्रमिक महिलामाथि विभेद तथा शोषण हुने गरेको अध्यक्ष थापाले बताइन् । अध्यक्ष थापाले बलात्कर भनेको महिलाको भन्दा पनि पुरुषको समस्या भएको बताउँदै आमाको सम्मानका लागि बलात्करीलाई मृत्यदण्डको सजायको माग गरिन् ।

DSC_1315

सोही कार्यक्रममा सञ्चारकर्मी विनोदध्वज खड्काले रक्षा नेपालको कामको प्रशंशा गर्दै रक्षा नेपाललाई सहयोग गर्न जीवन भर नै तनमन बचनले लागि पर्ने बताउनु भयो ।

सो कार्यक्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आफ्नो जन्मदिनको रमाइलो गर्न लाग्ने खर्च कटाएर रक्षा नेपालमा २१ हजार दिनुहुने सहयोगी मन भएका पत्रकार किशोर पन्थी, अनेरास्व वियुकी केन्द्रीय अध्यक्ष नविना, मिसेस नेपाल २०१३ की रजनी थापा लगायतले मन्तव्य दिनुभएको सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी शंकर प्रसाद गौतम,काठमाडौ जिल्ला समिति परिसद सामाजिक विकास अधिकृत दिपक कुमार रुपाखेती ,जिविस लेखा अधिकृत प्रमोद कुमार तिमिल्सेना लगायतको उपस्थिति थियो ।

DSC_1360सो कार्यक्रममा अधिवक्ता तथा सञ्चारकर्मी स्वागत नेपालले मे १ को बारेमा जानकारी दिएका थिए । आज मे १ तारिख १२७औं अन्तर्राष्ट्रिय मजदुर दिवस । ‘संसारका मजदुर एक हौं’ भन्ने मुल नारा बोकेर यो दिवस मनाइँदैछ । १७ औं शताब्दी ताका भएको मजदुर संघर्षको स्म रण गर्दै यो दिवस मनाइन्छ । सन् १८९० यता प्रत्येक वर्ष मे १ तारिखमा संसारभर मजदुर दिवस मनाउने गरिन्छ । अमेरिकी शहर शिकागोका उद्योग कारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनमा उत्रिएको दिन मे १, १८८६ को स्मरण गर्दै मजदुर दिवस मनाउन थालिएको हो । उक्त आन्दोलन विश्वभर फैलिदै जाँदा सन् १८८७ मा कार्ल मार्क्स र एंगेल्सले श्रमिक दिवसलाई उत्सवका रुपमा मनाउने घोषणा गरेका थिए ।

त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा मजदुर दिवसको महत्व विस्तार भएको थियो । अन्तर्राष्ट्रिय मजदुर दिवसलाई हेमार्केट घटनाको स्मरण स्वरुप पनि मनाउने गरिन्छ । शिकागोमा मजदुरहरुको आन्दोलन चलिरहँदा मे ४ का दिन प्रहरीले श्रमिकहरूको शान्तिपुर्ण र्यालीलाई तितरवितर पार्ने क्रममा र्याली माथि अज्ञात व्यक्तिबाट बम प्रहार भएको थियो । उक्त घटनामा मजदुरहरु सहित शिकागो शहरका प्रहरी अधिकारीहरु समेत मारिएको घटनालाई हेमार्केट घटनाका रुपमा स्मरण गरिंदै आएको छ । यिनै घटनाहरु पश्चात आजको दिनलाई विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको दिनका रूपमा मनाउँदै आएको हो ।

नेपालमा सन् १९६३ देखि मात्रै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । तर सरकारी तहबाट भने सन् २००७ बाट मात्रै मजदुर दिवसलाई आधिकारिक दिनका रुपमा स्विकार गरिएको र उक्त दिन सर्वजनिक विदा दिन थालियो । अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन विश्वका अन्य ८० राष्ट्रमा पनि सार्वजनिक विदा दिंइदै आएको छ ।

DSC_1334

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...