...

Saturday 11th July 2026

अव विरामीलाई भेट्न घरमै डाक्टर आउने

नेपालमै पहिलो र नौलो कार्यक्रम ‘डक्टर एट होम’ शुरु

– बलराम प्यासी
काठमाण्डौ, २५ बैशाख । सानोतिनो रोग लाग्दा पनि अस्पताल धाउनुपर्ने आम नेपालीको नियतीलाई कम गर्न सघाँउदै विरामीको दैलोमै उपचार सेवा उपलब्ध गराउने उद्धेश्यका साथ दुईजना युवाले नेपालमै पहिलोपटक पहिलो र नौलो कार्यक्रम घरमै डाक्टर अर्थात डक्टर एट होम सेवा शुरु गरेका छन् ।

 'डक्टर एट् होम' मा आवद्ध सञ्चालक एवम् स्वास्थ्यकर्मीहरु


‘डक्टर एट् होम’ मा आवद्ध सञ्चालक एवम् स्वास्थ्यकर्मीहरु

‘उपचारको लागि विरामीले अब अस्पताल धाउने होइन, विरामीको उपचारको लागि डाक्टर नै घरमा आउने परिपाटी शुरु गर्नुपर्छ’ भनेर यो कार्यक्रम शुरु गरिएको हो । त्यतिमात्रै नभई डक्टर एट होम संस्थाले विरामीहरुको व्यक्तिगत मेडिकल हिस्ट्रीलाई पनि कम्प्युटर प्रणालीमा रेकर्ड राख्न शुरु गरेको छ । जसबाट जुनजुकै बेलामा विरामीको रोगको बारेमा विस्तृत जानकारी लिन सकिन्छ ।
बेलायतको मिडलसेक्स विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका युवा क्षितिज मुनंकर्मी तथा दन्त उपचार विषयमा काठमाण्डौमा स्नातक गर्दै गरेकी सुश्री ग्रेस जोशीले काठमाण्डौको टंगाल भाटभटेनीमा अस्पताल जान नसक्ने साना केटाकेटी, वृद्धवृद्धा, अपाङ्ग तथा वहुरोग पीडित विरामीहरुलाई लक्षित गरि ‘डक्टर एट होम’ सेवामूलक संस्था शुरु गरेका हुन ।
बेलायत लगायत विकसित मुलुकमा स्थानीय वासिन्दाले आफ्नो नजिक रहेको जनरल फिजिसियन कहाँ जाँच्नैपर्ने र ति फिजिसियनले उपचार गर्न नसके मात्रै थप उपचारको लागि विरामी अस्पतालमा जाने परिपाटी छ । त्यसैले त्यहाँका अस्पतालहरुमा आकस्मिक, दुर्घटना र जटिल खालका वाहेक साधारण विरामी अस्पताल जाँदैनन, नजिकैको जनरल फिजिसियन कहाँ जान्छन । त्यसैकारण अस्पतालमा नचाँहिने भीड हुँदैन । त्यसैलाई अनुसरण गर्दै नेपालमा पनि यस्तो सेवा शुरु गर्न लागिएको ‘डक्टर एट होम’का संस्थापक अध्यक्ष क्षितिजले भने ।
साधारण रुघाखोकी, ज्वरोदेखि जटिलखालका रोगको उपचारको लागि सबैजना अस्पतालमा जाने परम्परालाई निरुत्साहित गर्दै सानातिना रोगको उपचार घरमै बसेर गर्न सकिन्छ भनेर सेवा शुरु गरेको बताउँदै संस्थापक अध्यक्ष क्षितिजले भने—‘यसो गर्दा उपचारको लागि अस्पतालमा जाने विरामीको अनावश्यक भीड पनि कम हुन्छ ।’
सेवामूलक सो संस्थाले सदस्यहरुसंग निर्धारित शुल्क लिएपछि उनीहरुको साधारण स्वास्थ्य परिक्षणको लागि आवश्यक परेको बेलाको साथै महिनामा एकपटक घरघरमै एकजना डाक्टर र एकजना नर्स पठाउने गर्छ । यसको लागि विहान ९ देखि साँझ ७ बजेसम्म संस्थामा डाक्टर र नर्स तयारी अवस्थामा छन् । उनीहरुसंग सदस्यको घरसम्म तत्काल पुग्ने गाडी र जाम छिचोल्दै कुद्ने एउटा स्कुटर पनि छ । घरमा जाने ती डाक्टरले विरामीको स्वास्थ्य परिक्षण गरि साधारण रोग भए औषधि लेखिदिने र जटिल तथा अस्पतालमै जानुपर्ने भए अस्पताल जानको लागि रिफर गरिदिन्छन । सदस्यको संख्या वृद्धि हुने वित्तिक्कै हामीसंग डाक्टर र नर्सको संख्या थप्दै लैजान्छौं—अध्यक्ष क्षितिजले भने ।
यसको लागि संस्थाले साधारण सदस्यता, स्ट्याण्डर्ड सदस्यता र प्रिमियम सदस्यता गरि ३ थरीको सदस्यताको वर्ग छुट्टयाई सोही अनुसार मासिक शुल्क निर्धारण गरेको छ । विरामीले तिरेको शुल्क अनुसारको घरमै डाक्टर आएर नियमित विरामी जाँच, व्यक्तिगत मेडिकल हिष्ट्री राख्ने, स्वास्थ्य परामर्श, खोप सेवा, औषधि सेवा र प्रयोगशाला सेवा पाउनेछन् ।
डक्टर्स एट होम सेवा सर्वसाधारणलाई बुझाउन केही समय लागेतापनि भविष्यमा यसले विरामीको घरमै उपचार सेवा पाउने परिपाटीलाई संस्थागत गर्न मद्धत पुर्याँउने संस्थाकी कार्यकारी निर्देशक ग्रेस जोशी बताउँछिन् ।

 

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...