...

Saturday 11th July 2026

प्यासीलाई दोस्रोपटक हृदयाघात

भक्तपुर । नेपाल न्यूज राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक, प्रक्षेपण राष्ट्रिय दैनिकका उपसम्पादक एवम् गीतकार बलराम प्यासीलाई दोस्रोपटक हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गरिएको छ ।Balram Pyasi

गत मंगलबार राती ११ बजे कोटेश्वरस्थित आफ्नै निवासमा दोस्रोपटक एक्कासी हृदयाघात भएपछि उनलाई उपचारको लागि सिभिल अस्पताल मिनभवनमा लगिएको थियो । तर सिभिल अस्पतालमा हृदयाघातको तत्काल उपचार नभएपछि उनलाई थप उपचारको लागि तत्काल अर्काे अस्पतालमा लैजान आग्रह गरेका थिए ।

मुटुको एउटा रक्तनलीमा अवरोध भएपछि हृदयाघात भएका पत्रकार प्यासीको बुधबार एन्जिओप्लास्टी गरिएको थियो । ४ दिनको अस्पताल बसाईपछि शुक्रबार डिस्चार्ज भएका पत्रकार प्यासी अहिले घरमै आराम गरिरहेका छन् ।

सन् २००७ को सेप्टेम्बर महिनामा पहिलोपटक उनलाई हृदयाघात भएको थियो । त्यतिखेर उनी बेलायतको राजधानी लण्डनमा थिए । त्यहाँको प्रशिद्ध रोयल ब्रामटन हस्पिटल हेयरफिल्डमा उनको हृदयाघातको उपचार गरिएको थियो । मदिरा तथा ध्रुमपानसमेत नगर्ने पत्रकारको रुपमा परिचित पत्रकार प्यासीलाई दोस्रोपटक हृदयाघात हुनुको कारण भने चिकित्सकहरुले नशाभित्र बाक्लो रगत भएको वंशानुगत कारण मानेका छन् ।

भक्तपुर जिल्लालाई कार्यक्षेत्र बनाएर राष्ट्रिय समाचार समितिको जिल्ला समाचारदाताको रुपमा २०५३ सालदेखि भक्तपुरमा काम गरेका उनी इमान्दार, लगनशिल र अनुशासित पत्रकारको रुपमा छवि बनाएका स्थापित पत्रकार हुन ।

उनले भक्तपुरमा कार्यरत रहँदादेखि राष्ट्रिय समाचार समिति (रासस) को साथै गोर्खापत्र राष्ट्रिय दैनिक ,स्पेशटाइम राष्ट्रिय दैनिक, राजधानी राष्ट्रिय दैनिक लगायतका पत्रिकामा समेत भक्तपुर जिल्लाका समाचारलाई प्राथमिकता दिएर संकलन तथा प्रकाशनमा जोड दिँदै आएका थिए । उनी राष्ट्रिय क्षयरोग केन्द्र, एसओएस वालग्राम नेपाल लगायत विभिन्न २० भन्दा बढी शैक्षिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाको मिडिया कन्स्ल्टयाण्टको रुपमा उनी आवद्ध छन् ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...