Saturday 11th July 2026
त्रैलोक्यानाथ उप्रेतीको स्मृतिमा ३ दिने क्याम्प

सभ्यता नेपाल
काठमाण्डौ ।चारुमति मित्र स्काउट ट्रुप तथा क्रयु, मित्रपार्कको आयोजनामा नेपालमै पहिलोपटक वरिष्ठ स्काउट गुरु स्वर्गीय डा.त्रैलोक्यनाथ उप्रेतीको स्मृतिमा सुन्दरीजलस्थित ओख्रेनी माविमा २ रात ३ दिने स्काउट फ्रेण्डशिप क्याम्प आयोजना गरियो । नेपालमा स्काउटिङ्ग शिक्षा शुरु गर्ने मध्येका एकजना अर्थात स्काउटको संस्थापक समेत रहेका स्वर्गीय डा.उप्रेतीको सम्मानमा सो क्याम्प आयोजना गरिएको हो ।
नेपालमा स्काउटको विकासमा विशेष योगदान गरेका वरिष्ठ स्काउट गुरुहरुको नाउँमा ३ वटा समूह विभाजन गरी उनीहरुलाई पनि सम्मान गरिएको आयोजक चारुमति मित्र स्काउट ट्रुप तथा क्र्युका अध्यक्ष दिपेश केसीले बताए । वरिष्ठ स्काउट गुरुहरु स्व.चन्द्रदेवलाल कौशिक, स्व.केशवलाल नेपाली र स्व.मातृकाप्रसाद शर्माको सम्मानमा क्याम्पको समूह विभाजन गरिएको थियो । स्व.कौशिक नेपाल स्काउट ऐनलाई संसदबाट पारित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । यसैगरि स्व.नेपालीले स्काउटको पाठ्यपुस्तक लेखेका थिए भने स्व. शर्माले काठमाण्डौ जिल्ला स्काउटको विकासमा विशिष्ट योगदान गरेका थिए ।
वरिष्ठ स्काउट गुरु प्रा.गोविन्दनारायण ‘ज्यापू’ले उद्घाटन गरेको सो क्याम्पको क्याम्पचिफ आयोजक क्रयुका अध्यक्ष दिपेश केसी थिए । स्काउट शिक्षक दिपक श्रेष्ठको संयोजकत्वमा भएको सो क्याम्पमा काठमाण्डौ, भक्तपुर, चितवन, काभ्रे, नुवाकोट, मकवानपुर, सुनसरी, धनुषा, कास्की र सिन्धुपाल्चोककागरि ८४७जना स्काउटको सहभागिता थियो । क्याम्पको लागि सांसद राज्यलक्ष्मीश्रेष्ठले व्यक्तिगत १५ हजार रुपैयाँ सहयोग गरेकीथिइन् ।
आयोज
कक्रयुकी रेन्जर लिडर सविना श्रेष्ठका अनुसार २ रात ३ दिने सो क्याम्पमा सुपरम्यान, ओमेगाजम्प, ल्याडर क्रसिङ्ग, कमाण्डो ब्रिज, नेट क्रलिङ्ग, मंकीक्रलिङ्ग, वाकिङ्ग अन बेम्बो, १० किमि हाइकिङ्गसाथै बौद्धिक, मनोरन्जनात्मक र साहसिक क्रियाकलाप समावेश थियो ।
कार्यक्रममा समावेश भएको चारुमति नाइटको उद्घाटन नेपाल अटोमोवाइल एशोसियसनका महासचिवगोविन्द भट्टराईले गरेका थिए भने क्याम्पफायरको उद्घाटन सांसद गगनथापाले गरेका थिए । कार्यक्रम सञ्चालन क्याम्पका आर्थिक संयोजक युवराज वर्देवाले गरेका थिए ।
विश्व
स्काउट संगठनको एशिया प्रशान्त क्षेत्रको एवार्ड कमिटिका अध्यक्ष श्रीराम लामिछानेले क्याम्पको समापन गर्दै नृत्य प्रतियोगिताका विजयहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र वाँडेका थिए । प्रतियोगितामा नागार्जुन भ्याली पहिलो, द इलाइट्स को एड दोस्रो र तिलिङ्गाटार मावि तेस्रो तथा एस्फोडेल पब्लिक स्कूल र हेम्स स्कूलले सान्त्वना पुरस्कार पाएका थिए ।
क्याम्प सफल पार्न चारुमति मित्र स्काउट ट्रुप तथा क्रयु मित्रपार्क, एचडब्ल्यु क्रयु, युथभिजन क्रयु, नोदन क्रयु, गोकर्णेश्वर क्रयु, नवप्रभात क्रयु कास्की , महेन्द्र उमावि नुवाकोट , सुनसरी क्रयु, मकवानपुर क्र्युका गरी १०६ जना रोभर, रेन्जर तथा स्काउट शिक्षकहरुले सेवा गरेका थिए ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...