Monday 27th July 2026
प्रचलित भाषा र व्याकरण दुरुस्तै अवस्थामा फर्काउन माग गर्दै सर्वोच्चमा रिट
२४ भदौ २०७३ ,काठमाडौं । प्रचलित भाषा र व्याकरण दुरुस्तै अवस्थामा फर्काई भाषासम्बन्धी आयोग गठन गरेर मात्र नयाँ वर्णविन्यास लागू गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता तथा सञ्चारकर्मी स्वागत नेपाल र पत्रकार टपेन्द्र कार्कीले ०६९ साल साउन २२ गते तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले मन्त्रीस्तरीय बैठकबाट लागू गरेको परिमार्जित वर्णविन्यास खारेज गरिनुपर्ने रिटमा उल्लेख गरिएको छ ।
परम्परागत नेपाली वर्णविन्यासको अस्तित्व मेटिने गरी तयार पारिएको नयाँ निर्णय खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
रिटमा भनिएको छ कक्षा १ देखि ५ सम्म एकथरी, ६ देखि ९ सम्म अर्कोथरी, १० मा अर्कै थरी, ११–१२ मा अर्कै थरी र उच्च शिक्षामा अझ अर्कै थरी नियमको अभ्यास गराउन खोजिएको छ । एउटै कक्षामा सरकारी प्रकाशन र निजी प्रकाशनका पुस्तकहरूमा एउटै शब्द दुई किसिमले लेखाउनु पर्ने बाध्य पनि सिर्जना भएको छ । शोधपत्र लेख्ने विद्यार्थीहरूलाई थरी–थरीका प्राध्यापकहरूले थरी–थरी शैलीमा लेख्न बाध्य पारेर दिनुसम्म पीडा दिइएको छ । उनीहरूको मर्मबोध गर्ने निकाय कुन हो ?
पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको सम्पादन तथा प्रकाशन शैली पुस्तिका बदर गर्न माग गरिएको छ ।
परिमार्जित पाठ्यक्रम लागू हुँदा अहिले विद्यालयहरूमा पठनपाठनमा समस्या भएको र समय समयमा वर्ण विन्यास र व्याकरणका परिवर्तित नियमका कारण कुनै एक जना अतिशिक्षित तथा नेपाली विषयकै धुरन्धर विद्वान् प्राध्यापकले समेत शुद्ध लेख्न नजानीकनै मर्नुपर्ने लज्जास्पद अवस्था सिर्जना गरिएकोपनि रिटमा उल्लेख गरिएको छ ।
नयाँ निर्णय अनुसार तयार पारिएको व्याकरण पुस्तिका, पाठ्यक्रम र उच्च माध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले तयार पार्न लागेको नयाँ पाठ्यक्रम लागू हुन नहुने पनि निवेदकद्वयले जोड दिएका छन् ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...