Saturday 11th July 2026
आफूले जन्माएकी छोरीलाई पटक पटक बलात्कार गर्ने बलात्कारी बाबुलाई १८ बर्ष जेल
काठमाडौ । काभ्रेपलान्चोक जिल्ला पनौती–२ सुब्बागाउँका प्रकाशबहादुर कार्कीलाई आज सर्वाच्च अदालतले पनि दोषी दोषी ठहर गरेको छ । न्यायधिशद्वय जगदिश शर्मा पौडेल र शारदा प्रसाद घिमिरेको इजलासले सो फैसला सुनाएको हो ।
आज सर्वाेच्च अदालतले पनि जिल्ला र पुनरावेदन अदालको फैसलालाई सदर गर्दै उनलाई १८ वर्ष कैद र दुईलाख क्षतिपूर्ति भराउने फैसाला सुनाएको छ ।
यसअघि अभियुक्त कार्कीले पूनरावेदन अदालतमा पनि पुनरावेदन गरेका थिए पुनरावेदन अदालत पाटनले पनि जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो । साथै अभियुक्त कार्कीले २०७२ साल पौष ७ गते सर्वाेच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्तागराएका थिए ।
अभियुक्त कार्कीलाई सर्वाेच्च अदालतले आज सो सजाय गरिने फैसला सुनाएको हो । लामो समयदेखि आफ्नै बाबु र हजुरबुबाबाट बलात्कारको सिकार हुदै आइरहेकी छोरीले रक्षा नेपालको पहलमा सो न्याय पाएकी हुन् ।
पीडित बालिकाका तर्फबाट बहस पैरबी गर्ने अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत) ले दिएको जानकारी अनुसार अभियुक्त बाबुलाई अदालतले हाडनाता करणी गरेको ठहर गर्र्दै १० वर्ष र जबर्जजस्ती करणी गरेको ठहर गर्दै ५ देखि ८ वर्ष समेत हुने गरी दुबै सजाय हुने फैसला सुनाएको हो ।
कक्षा ६ मा पढ्दा उनलाई हजुरबुवा इन्द्र बहादुर कार्र्कीले बलत्कार गरे । तीनपटक यो घटनाबाहिर आएपछि विष सेवन गरेर उनका बालात्कारी हजुरबुवाले आत्महत्या गरीसकेका छन् ।
कक्षा ९ मा बढ्दै गर्दा उनका बुवा मकाउबाट घर आए । बुवाले पहिले देखि उनलाई माया गर्ने शरीर चलाउने, अंगालो हाल्ने गर्थे । उनलाईचाहि बुवाले माया गर्नु भएको भन्ने लाग्थ्यो । अती नै हुन थाले पछि उनलाई त्यो घरको भित्ता भित्ताले पनि पोल्न थाल्यो र ३० साउनमा पिडा सहन नसकेर धुलीखेलको जंगलमा गएर उनले मेटासिट खाएकी थिइन् ।
उनी बावु र हजुरवाबुको स्वास्नी हुनुभन्दा आफ्नो जीवन समाप्त गर्न चाहन्थिन् । जीवनलाई समाप्त गर्न विष सेवन गरी छट्पटाइरहेको अवस्थामा गस्तीमा गएको प्रहरीले भेटेर उनलाई समयमा अस्पताल पुरयायो र उनी बाँचिन् । १० दिनको अस्पताल बसाइपछि प्रहरीले नै डिस्चार्ज गरी उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा पुरयाएको थियो ।
प्रहरीको बयानमा पूजा कार्कीले भनेकी थिइन् “मलाई आफ्नै जन्मदिने बाउको स्वास्नी भएर बाँच्न मन लागेन, अनि मैले विष सेवन गरेर आफ्नो जीवन समाप्त गर्न खोजेको थिएँ। तर, विषले पनि मलाई साथ दिएन, म अभागी बाँचे, त्यो पापीसँग पैसा छ, पावर छ ।”
“म बाँच्न चाहन्थे तर आफ्नै बाबुको स्वास्नी भएर हैन १ मैले मर्न चाहेँ बिषले पनि मलाई सहयोग गरेन त्यसपछि मैले रक्षा नेपाल र प्रहरीको सहयोगमा ममाथि भएको अन्यायलाई उजागर गर्दै अदालतको ढोका ढकढकाएँ ।”
त्यो पातकीले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेदेखि नै कहिले फैसल्ला हुने होला भन्ने भैरहेको थियो अनि आज बहसको दिन रे,आज फैसला हुन्छ रे भन्ने सुन्दा एकदमै छटपटी भै रहेको थियो ।
“खासमा मलाई आज अदालत गएर त्यो पात्तकिलाई भेटेर मुखै मुखमा थुक्दिन मन थियो । तर म जान नपर्ने भएकोले गइनँ,,, अहिले आमा ९मेनुका थापा० को मुख बाट त्यो पातकीलाई जिल्ला र पुनरवेदन अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गर्याे भनेको सुन्दा खुसीले आशु झरी रहेको छ,, म त् तेस्को मृत्यु चाहन्थे तर यो हदैसम्मको कार्बहिले पनि मलाई ठुलो राहत दिएको छ ।”
यी बालिका र यस्तै यौनहिंसा पीडिलतलाई रक्षा, सुरक्षा र आश्रय दिने संस्था रक्षा नेपालका अध्यक्ष मेनुका थापाले नेपाल त्यस्वागत नेपाल डटकम सँग कुरा उनले उनले भनिन् यो फैसला पूजा छोरीको मात्र नभएर सबै छोरीको जीत हो भन्दै यो फैसलाको स्वागत गरेकी छिन् । उनले उनले भनिन् “हाल भएको कानुनी व्यवस्था अनुसार हदै सम्मको कारबाही गर्ने गरि आएको फैसलाले सम्पूर्ण बलात्कृत छोरीहरुलाई थप उर्जा दिनेछ ।”
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...