Saturday 18th July 2026
तस्वीर आफैँ बोल्छ तर सजिलो पनि छैन …
एउटा यस्तो तस्विर जसलाई बुझ्न संसारलाई धेरै समय लाग्यो । विश्लेषकहरु पनि यति दोधारमा परे कि जबसम्म चित्रकार स्वयंले यो तस्विर पछाडिको रहस्य खोलेनन् । कारण तँपाईं हामी सजिलै देख्छौं कि यो तस्विरको कलामा नग्नता छ , छाडापन छ ।
तस्विर हेर्ने जो कोहीलाई पनि लाग्न सक्छ एक अधबैंसे आईमाईको स्तनपान कसरी त्यति बृद्ध मानिसले गरे रु जब यो तस्विरको वास्तविकता बुझ्नु हुनेछ तब पक्कै पनि तँपाईंहरुको आँखाबाट दुई थोपा आँसु तँपाईहरुलाई थाहै नदिई बग्नेछ ।
तलको तस्विर युरोपका एक प्रख्यात चित्रकार (मोनरो ) ले बनाएका थिए । उक्त तस्विरमा यूरोपको कुनै एक देशमा एक जना बृद्ध मानिसलाई भौके जेलमा राखेर मार्ने फैसला उक्त देशको न्यायलयले सुनाएको थियो ।
जबसम्म भोकले बृद्ध मर्देनन् तबसम्म उनलाई जेलमा भौके राख्नुपर्ने थियो । एक दिन उक्त बृद्धकी छोरीले न्यायलय समक्ष आफ्ना बृद्ध बाबुलाई नियमित भेट्ने अनुमति मागिन् । माग भए अनुसार न्यायलयले उनलाई हरेक दिन जेलमा आफ्नो बृद्ध बाबुलाई भेट्न आउने इजाजत दियो ।
जेलमा हरेक दिन आफ्नो बाबुलाई भेट्न जानु भन्दा पहिले उनको शरिर , झोला सबैको खानतलासी हुन्थ्यो कारण झोला या शरिरमा कुनै खानेकुरा लुकाएर उनकी छोरीले आफ्नो बृद्ध बाबुलाई लगेर नदिउन् भन्ने थियो ।
उनकी छोरीले उनलाई भेट्न जाँदा कैंयौं दिन देखि खाना नखाएका आफ्नो बाबुलाई देखेर छोरीको मन यसरी पग्लियो कि आफ्नो बाबुलाई ज्यूँदो राख्नका लागि उनले आफ्नो दूध पिलाउन लागिन् । कैंयौं दिन , महिना बिते तर ति बृद्ध भोकले मरेनन् ।
यो देखेर जेलरलाई शंका लाग्न थाल्यो र आफ्ना सिपाहीहरुलाई चियो गर्न लगाए । यसरी चियो गर्दा ति छोरीले आफ्नो दूध पिलाएर उक्त बृद्धलाई बचाउन सफल भएको रहस्य खुल्यो । रहस्य खुलेपछि छोरी माथि पनि मुद्दा चलाईयो ।
फैसलामा उक्त देशको न्यायलयले कानून छाडेर भावनात्मक फैसला सुनाउँदै बाबु छोरी दुबैलाई रिहा गरिदियो । भनिन्छ माथीको तस्विरमा सोही कुरा देखाईएको छ र यो तस्विर त्यति बेला निकै महङ्गो दाममा बिक्री भएको थियो ।
साभार

तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...