Saturday 11th July 2026
होलीको रौनक राजधानीमा आज आइतबार बिहानैदेखि सुरु
२९ फागुन २०७३, काठमाडौं ।‘असत्यमाथि सत्यको जीत हुन्छ’ भन्ने पौराणिक सन्देश बोकेको रङको उल्लासमय पर्व होलीको रौनक राजधानीमा आज आइतबार बिहानैदेखि सुरु भएको छ ।

बालबालिकादेखि अधबैंसेसम्म सडक र चौकमा भेला भई आपसमा रङ र अबीर दलेर होली खेलिरहेका छन् ।
यो एकता र भाइचाराको पर्व भएकाले सर्वसाधारणहरु आपसी हार्दिकता र भ्रातृत्व रङको माध्यमबाट साटिरहेका देखिन्छन् ।
भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्यु भएको खुशीयालीमा अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । बदलिँदो परिस्थिति अनुसार होली खेल्ने तौरतरिकामा भने हेरबदल हुँदै आएको छ । होलीमा जथाभावी रंग दल्ने, लोला हान्ने काम हुन नदिन स्थानीय प्रशासनले पनि कडा निगरानी राख्दै आएको छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका बिजय गरेसँगै होलीको परम्परा सुरु भएको मानिन्छ ।
भक्तपुरमा जगतप्रकाश मल्लको समयमा वनेको दत्तात्रय मन्दिरसंगै रहेको भैरब मन्दिरमा लिंगको आकृति भएको काठलाई भीमसेनको लिंग र रातो कपडाबाट बनेको प्वाललाई द्रौपतीको योनीका रुपमा लिइ यसलाई एक आपसमा जोडी होलीको सुरुवात गरिने गरिएको बताइन्छ ।

काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा २२ गते आईतबार बिहान बिहान ८ बजेर १५ मिनेटको शुभसाईतमा सप्तरंगी चीर ठड्याएर होली पर्व शुभारम्भ गरिएको थियो।
त्यस अवसरमा नेपाली सेनाको गुर्जू पल्टनले हर्ष बढाई समेत गरेको थियो। प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीन तले चीर ठड्याएपछि मुलुकभर होलीको माहोल सुरु भएको मानिन्छ।
होलीको अवसरमा सरकारले सार्वजनिक विदा पनि दिने गरेको छ। फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ । फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतिक चीर टुंडिखेलमा लगेर दोहन गरेपछि होली पर्व सकिने मान्यता रहि आएको छ ।




तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...