...

Friday 10th July 2026

पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको निधन

३ चैत २०७३, काडमाडौं । पूर्व कृषि सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको आज निधन भएको छ । उनको डिल्लीबजारस्थित आफ्नो डेरामा सुतिरहेकै अवस्थामा निधन भएको हो ।

रामेछापका पूर्व सांसद ढुंगेल आफ्नै कोठामा बिहीबार बिहान मृत भेटिएको नेपाली कांग्रेसले जनाएको छ । उनी लामो समयदेखि उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्याबाट ग्रसित थिए ।

नेपाली कांग्रेसले बिज्ञप्ति जारी गर्दै निष्टावान नेता स्वर्गीय ढुंगेलप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ढुंगेलप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेता ढुंगेलको आजै पोष्टमार्टम हुने कांग्रेसले जानकारी दिएको छ ।

बिपि कोइराला र सन्त नेता किसुनजीको सच्चा अनुयायी, सादा जीवन र उच्च बिचारका धनी निष्ठावान र इमान्दार काग्रेस नेता रामहरि ढुङ्गेलको डिल्लिबजार स्थित कोठामा असामहिक निधनको खवरले स्तब्ध र मर्माहत तुल्यायो भन्दै सर्वसाधारणहरुले उनीप्रति भावपुर्ण श्रद्धान्जली सामाजिक सञ्जालहरुमा पनि ब्याक्त गर्दै शोकाकुल परिवारजनमा समबेदना दिइरहेका छन् ।

२०१३ सालमा रामेछापको तत्कालीन पकरबास गाविसमा जन्मिएका ढुंगेल बिद्यार्थी राजनीति हुँदै २०५६ को प्रतिनिधिसभा चुनावमा रामेछाप क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भएका थिए । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सरकारमा उनी कृषि सहायकमन्त्री थिए ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...