...

Friday 10th July 2026

कुलबिर थापा र देवी घर्तीको स्वरमा पञ्चेबाजा गीत लाउली सिन्दुर चुरा मायाले’बजारमा (भिडियो)

 

लोक संगीतको उर्बर भूमि बागलुङको गलकोट क्षेत्रमा पछिल्लो समयमा लोकसंगीतप्रति आकर्षित हुनेको संख्या बढ्दो छ । लोकसंगीतमा युवा पुस्ताको अगमन हुनु प्रशंसनिय नै हो । गलकोट नगरपालिका–७ मल्ममा जन्मेका कुलबिर थापाले आफ्नो पञ्चेबाजाको गीत ‘लाउली सिन्दुर चुरा मायाले’ बजारमा लिएर आएका छन् ।

चर्चित गितकार शिव अखेलीको शब्द, लोक गायक ईश्वर सिंहको लय रहेको छ । स्वरमा कुलबिर थापालाई चर्चित लोकदोहोरी गायिका देवी घर्तीले साथ दिएकी छन् । भिडियोको छाँयान्कन गाउँको परिवेशसँगै मौलिकता समावेस गर्न गलकोटमै छायाङ्कन भएको कलाकर थापाले बताए । गीतको भिडियोमा मोडलिङ समेत थापा आफैले गरेका छन । माया पिरती सँगै लगनको महिनामा विवाहका कुरा भएको कथावस्तुलाई गीतले समेटेको उनले बताए ।

यसअघि उनले घुम्टेको लेकमा गुराँसै फूल्यो’ बोलको सालैजो गीतमा शब्द संकलन गरेका थिए । ‘मोडलको रूपमा समेत देखिदै आएका थापाले लगत्तै पन्चेबाजा करुवाको जल’ गीती एल्वम पनि तत्काल बजारमा ल्याउने उनको तयारी छ । थापाले रोजगरीको सिलसिलामा प्रवाशमा रहेर पनि आफ्नो लोक सांगीतिक यात्रालाई अघि बढाएका छन् । जापानको ओसाकामा रहेका थापाले त्यहाँ हुने जुन सुकै कार्यक्रममा आफ्नो दमदार प्रस्तुति दिदै आएका छन् ।

युवा समाजसेवी कुलबिर अहिले गलकोट समाज जापान क्षेत्रीय समिति ओसाकाको सहसचिबमा रहेर काम गर्दै आएका छन् सानैदेखि समाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् । उनले जापानका सहरहरुमा हुने कार्यक्रममा समेत आफ्ना सांगितिक प्रस्तुति मार्फत प्रवासी नेपालीलाई मनोरञ्जन प्रदान गर्दै आएका छन् र थापा अत्यन्तै राम्रो भलिवल खेलाडि पनि हुन् आऊदो दिनमा अझै प्रगतिको कामना शुभकामना ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...