...

Monday 27th July 2026

म भित्रको डर

-बिष्णु प्रशाद घिमिरे

म छाँया सगं डराँउछु
म एेना सगं डराँउछु
म सपनि सगं डराँउछु
म भविष्य सगं डराँउछु
केहि पुराना तस्विर सगं डराँउछु
अनि आफन्त र पराई सगं डराँउछु ।

डराइ डराइ जिउने प्राणि मात्र मान्छे होला
मान्छे सगं पनि डराइ डराइ जिउने म होला
कसैले कालो भन्छ कि !
कसैले पुडको भन्छ कि !
कसैले रुखो भन्छ कि !
कसैले नराम्रो भन्छ कि !
जव देखि होसमा आए
यस्तै यस्ता डरहरुले घेरिरहेछ
लखेटिरहेछ, पच्छाइरहेछ
म दौडिरहेछु
बेतोड सगं भागिरहेछु
कतै मेरो छाँया मेरै अगि नपरोस ।।

खोला देख्छु बगांउछ कि झैं लाग्छ
सागर देख्छु डुवाउंछ कि झैं लाग्छ
भिरपहाड देख्छु लडांउछ कि झैं लाग्छ
अनि गगन तिर हेर्छु
कतै बतासले उडांछ कि झैं लाग्छ
म..मलाई नै विश्वास दिलाउन सक्दिन
कृयाहरुमा प्रतिकृया आउछन
नविराए सम्म डराउनु पर्दैन भनेंर ।।

एेना हेर्न डराउने मेरा आँखाले
उनि सगं सिगों जिवन देख्छन
आफ्नो छाँया सगं डराएर रोकिने धड्कन
उन्लाइ भेट्दा प्रेमिल बन्छ
मुटु भित्र फुलेको रातो गुलाव
उन्को बगैंचामा रोप्न मन लाग्छ
तर म भित्रको डर
न्यालयको न्यायधिश झैं ठिन्ग उभिन्छ र भन्छ …..
..भाग ..भाग…
डराँउछु र भाग्छु
थकित मेरो शरीर अरु भाग्न सक्दैन
थ्याच्च बस्छु ……
हात, खुट्टा र शरिर तिर केहि वजनदार वस्तुहरु ठोकिन्छन
उठाएर हेर्छु र पर पुग्ने गरि फालिदिन्छु
ति मानव कंकालहरु ।।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...