Saturday 18th July 2026
आज काठमाडौंमा ब्ल्याक आर्मीेको प्रदर्शन, मुख्य माग दुई दलीय व्यवस्था

पहिलो चरण भएको प्रदर्शनमा राष्ट्रवादी केन्द्रका अभियन्ताहरु
काठमाडौं
विशेष सम्वाददाता
आज भाद्र २४ शनिबार काठमाडौंमा दुई दलीय व्यवस्थामा जानु पर्ने र सरकारले नै वैदेशिक रोजगार प्रबद्र्धन केन्द्रमार्फत विदेशमा युवा बेच्न बन्द गर्नु पर्ने माग सहित सरकार स्वदेशमै काम गरेर खान दे मूल नारा सहित काला टि शर्टधारी व्ल्याक आर्मीको प्रदर्शन हुने भएको छ ।
स्वतन्त्र, जुनसुकै पार्टीमा भए पनि वा कुनै पनि पार्टीमा नभए पनि साँसद खरिदबिक्री, उम्मेदवारको टिकट खरिदविक्री लगायतका विकृत पुराना विचार र व्यवस्था विरुद्ध अबको नयाँ विचार दुई दलीय व्यवस्था, वेरोजगारी अन्त्य र समृद्धि मात्र हो भन्ने तथ्यमा विश्वास गर्ने सबै व्यक्तिहरुको साझा मञ्चको रुपमा स्थापित राष्ट्रवादी केन्द्र नेपालको आयोजना हुन लागेको आजको सो प्रदर्शन आज दिउँसो साडे एक बजे भृकृटी मण्डपबाट भद्रकाली, वीर अस्पताल अगाडि हुँदै जमल भएर रत्नपार्कमा कोण सभामा परिणत हुने आयोजकहरुले बताएका छन् ।
सबैभन्दा अगाडि ६ फिट अग्ला नेपालका एक जोर राष्ट्रिय झण्डा, त्यसपछि १००० काला टिशर्टधारी व्ल्याक आर्मी, त्यसपछि राष्ट्रिय झण्डा बोकेका राष्ट्रवादी केन्द्रका पूर्णकालिक अभियन्ताहरु र सो पश्चात राष्ट्रवादी केन्द्रका संगठित अभियन्ताहरु तथा सो पश्चातको पंक्तिमा समर्थक, शुभेच्छुक र स्वतन्त्र नागरिकहरुको सहभागतिा हुने पनि आयोजक केन्द्रले जनाएको छ ।

पहिलो चरण भएको प्रदर्शनमा राष्ट्रवादी केन्द्रका अभियन्ताहरु
राष्ट्रवादी केन्द्र, नेपालको केन्द्रीय कमिटि बैठकले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु पश्चात अन्य आन्दोलनका कार्यक्रमरु पनि तय गरेको छ । केन्द्रले गत पुस १५ गते देखि राजधानी केन्द्रीत आन्दोलन घोषणा गरेको हो । सनातन धर्म संस्कृतिको रक्षा, असमान सन्धी सम्झौताहरुको खारेजी, प्राकृतिक स्रोत साधनको व्यापक उपयोग, आत्मनिर्भर अर्थतन्त्र, राष्ट्रवादीहरुको हातमा राज्यसत्ता, बेरोजगार वर्गहरुको मुक्ति, जनजिविका समस्याको माग उठाउँदै केन्द्रले आन्दोलन थाल्ने निर्णय गरेको थियो ।
केन्द्रले पुरानो शैलीको बहुदलिय व्यवस्था असफल भै सकेकोले यी व्यवस्थाले गरेको असंवैधानिक कार्यहरु खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख समेत दुई दलिय व्यवस्था हुनुपर्ने, जसका कारण सत्तामा स्थायित्व हुने राष्ट्रवादी केन्द्रको भनाइ रहेको छ ।
राष्ट्रवादी केन्द्रले आन्दोलन राजधानी केन्द्रीत र शान्तिपूर्ण हुने जनाएको छ । वर्तमान परिस्थितिमा राष्ट्र निकै संकटमा गुज्रिरहेको परिप्रेक्ष्यमा केही कर्तव्य निष्ठ, राष्ट्रप्रेमी युवा, बुद्धिजिवी, राजनीतिक विश्लेषक, इतिहासविद्, राष्ट्र सेवकहरुको पहलमा एउटा साँच्चै राष्ट्रवादी केन्द्रको स्थापनापश्चात राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन थालेको हो । जँहा हजारौंको संख्यामा बेरोजगार युवाहरुलाई समेत संगठित गर्दै उनीहरुको श्रम, सिप र क्षमतालाई अब सामन्ति एवं विदेशी एजेन्टहरुको चाकरी तर्फ नभई राष्ट्र हितको क्षेत्रमा सदुपयोग गर्ने उद्देश्यले नेपालको श्रम र सिपलाई एकिकृत गर्दै स्वदेशलाई आर्थिक समृद्धिका दिशातर्फ उन्मुख गर्दै वर्तमान राज्यसत्तालाई खबरदारी गर्दै आन्दोलनमा उत्रिन लागेका हुन् ।

केन्द्रले विभिन्न क्षेत्रमा लामो समयदेखि अनुभव हाँसिल गरेका विभिन्न व्यक्तिहरुको सल्लाह एवं मार्गनिर्देशनका कारणले पनि अवका राज्यसत्ता युवा वर्गको हातमा जानुपर्ने केन्द्रका संयोगक चन्द्र बहादुर थापा सागरले बताए । विभिन्न क्षेत्रमा घटित भ्रष्ट्राचारलाई निरुत्साहित गर्दै युवामुखि नीति लिदै अघि जान सकेमा छिट्टै नै नेपालले आर्थिक समृद्धिमा फट्को मार्ने र देशको नयाँ एंव देश भक्तहरुको उदयमान शक्तिको रुपमा राष्ट्रवादी केन्द्र, नेपाललाई स्थापित गर्ने उनले बताए ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...