Friday 10th July 2026
जापान समाज बिहुँकोट द्वारा बर्दियाको गुलरियामा बाढी पिडितलाई खाद्यान्न सामाग्रि बितरण
बर्दियाको गुलरियामा जापान समाज बिहुँकोटले बाढी पिडितलाई खाद्यान्न सामाग्रि बितरण गरेको छ।केही महिना अघी आएको भीषण बाढी पहिरो बाट प्रभाबित बर्दियाको गुलरियामा रहेका एक सय बाढी पिडित परिवारलाई जापान समाज बिहुँकोटले खाद्यान्न सामाग्रि बितरण गरेको हो ।
जापानको टोक्योमा बिहुँकोट समाज जापानको पहलमा बाढी पिडितहरुको उद्धारको लागि राहतकोष संकलन अभियान शुरू गरिएको थियो । सो रकम र बिहुँकोट सामाज जापान कान्साईको तीज कार्यक्रम बाट बचत एबं टोकियोमा भएको तिज कार्यक्रमको बचत रकम नेपाली रूपयाँ दुईलाख दश हजार नेपालमा रहेको जापान समाज बिहुँकोटका पदाधिकारीहरूबाट बिकट र अझ सम्म कोहि नपुगेको ठाँउ बर्दिया जिल्ला गुलरिया नगरपालिका बार्ड नं ३ मा पुगेर जिल्ला प्रमुख अधिकारिको निर्णय र पत्र अनुसार एक सय घर बस्ति भएको एउटा सिंगो गाउँमा राहत खाद्यान्न सामाग्रि बितरण गरिएकोबिहुकोट समाज कान्साइका कोषाध्यक्ष प्रेम प्रसाद कंडेलले जानकारी दिनु भयो ।
कसैको नजर नपुगेको ठाउँ साँझ बिहान हातमुख जोड्न कठिन परिस्थितिका पिडितहरूलाई बिहुँकोट समाज जापानले संकलन गरेको नगद बाट सय बोरा चामल ,दुईसय लिटर तोरिको तेल ,बिस बोरा दाल सय के.जी नुन खरिद गरी खाद्यान्न सामाग्री प्रत्येक घर कुरियालाई बराबर हिस्सामा बितरण गरिएको बताउदै यस्तो ब्यस्त समयमा पनि दुर्गम ठाउँमा पुगि खाद्यान्न सामाग्रि बितरण गरिदिनु भएकोमा जापान समाज बिहुँकोटका संपुर्ण पदाधिकारीका साथै अभियानमा साथ दिनुहुने सम्पूर्ण महानुभाबहरुलाई बिहुँकोट समाज जापानको तर्फबाट अध्यक्ष देबिलाल सुबेदीले हार्दिक कृतज्ञता ज्ञापन गर्न भएको छ ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...