Friday 10th July 2026
कविता : म मिति होइन मोमेन्टहरु सम्झन्छु
कविता
म मिति होइन मोमेन्टहरु सम्झन्छु…
– स्वागत नेपाल
म मिति होइन ‘मोमेन्ट’हरु सम्झन्छु,
तिमी ‘मोमेन्ट’ होइन मिति सम्झिन्छ्यौ,
यही त फरक छ हामी वीच ।
हामीले अवसर गुमायौँ
तिमी भनिरहन्छ्यौ,
यदि अवसरको ढोका कहिल्यै खुलेन भने
म त यसो गर्छु्,
बरु एउटा ढोका आफैँ बनाउँछु ।
त्यसैले, भाग्य अरुमा होइन,
आफैँ भाग्य बनाउन थाल्छु ।
अहिले भाग्यले मलाई सबैथोक बिर्साइदियो
तिमी हाम्रा हरेक मोडका मितिहरु सोधिरहन्छ्यौ
म मिति होइन मोमेन्टहरु सम्झन्छु,
तिमी मोमेन्ट होइन मिति सम्झिन्छ्यौ,
यही त फरक छ हामी वीच ।
तिमीले खेर फालेको भनेको मिति
‘मोमेन्ट’ बनेको छ ‘मेमोरी’मा
मेरो लागि खेर गइरहेको छैन,
काम आएको छ सम्झनामा
तिम्रो लागि खेर गएको मिति
र, खेर गएको म
दुवै चीरनिद्रामा पुगे पनि
फेरि म जहाँ पुग्छु
त्यहीँबाट अर्को विहान हुनेछ
किनकि म जहाँ जाँदा पनि
आफ्नै सूर्योदय बोकेर हिँड्छु ।
मैले जे भोग्न नमज्जा ठानेँ,
आज त्यही सम्झन मज्जा लागिरहेछ
किनकि तिमी मिति सम्झन्छ्यौ
म ‘मोमेन्ट’हरु सम्झन्छु ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...