Friday 10th July 2026
‘किड्स ट्यालेण्ट हण्ट’को अडिसन असोज २८ गतेबाट
‘किड्स ट्यालेण्ट हण्ट’को अडिसन असोज २८ गतेबाट बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले राजधानीमा आयोजना हुन लागेको ‘किड्स ट्यालेण्ट हण्ट’ नामक रियालिटि शोको अडिसन असोज २८ गतेबाट सुरु हुने भएको छ । दीपश्री क्रिएटिभ मिडियाले सञ्चालन गर्न लागेको यो रियालिटि शोमा विद्यालय स्तरका ७ वर्षदेखि १४ वर्षसम्मका बालबालिका सहभागी हुन पाउनेछन् । 
बालबालिकामा अन्तरनिहित प्रतिभालाई अगाडि ल्याउने अवसरको रुपमा यो रियालिटि शोको शुरुवात गरिएको दीपश्री क्रिएटिभ मिडियाका निर्देशक दिपक लामिछानेले बताए । प्रतियोगितामा सहभागी बालबालिकालाई उनिहरुको प्रतिभा प्रस्तुतीका लागि सहयोग पु¥याउन २४ दिनको प्रशिक्षण दिइने छ । जसमा रनवे मोडलिङ, व्यक्तित्व विकास, उद्घोषण, कलाकारहरुसँगको अन्तरक्रिया, शैक्षिक अन्तरक्रिया, फोटोसुट, स्वास्थ्य परीक्षण लगायतका कार्यक्रमहरु रहने बताइएको छ । विगत दश वर्षदेखि बालबालिकाको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, प्रशिक्षण तथा कार्यक्रमहरु सञ्चालन गर्दै आएको दीपश्री क्रिएटिभ मिडियाले पहिलो पटक बालबालिकाको प्रतिभा देखाउने मञ्चको रुपमा ‘किड्स ट्यालेण्ट हण्ट’ कार्यक्रमको अवधारणा अगाडि ल्याइएको निर्देशक लामिछानेको भनाई छ । “स्थापनाकालदेखि नै हामीले सञ्चालन गरेका तालिम तथा अन्य कार्यक्रम देखेर बालबालिकाका अभिभावकहरुले नै हामीलाई यस्तो खालको इभेन्ट सञ्चालन गर्न सुझाव दिदै आउनुभएको थियो”, दीपश्रीका निर्देशक लामिछानेले भने, “हामीले पनि बालबालिकाहरुका लागि प्रतिभा देखाउने एउटा ठाउँ बनाइदिन सक्यौँ भने आफू भित्रको प्रतिभा र क्षमताको सही पहिचान उनिहरु आफैले गर्न सक्छन् भन्ने महसुश गरेर यसवर्ष पहिलोपटक यो रियालिटि शो सुरुवात गरेका हौँ ।” बालबालिका मात्रै नभएर सबै वर्गका लागि क्षमता विकास, रेडियो तथा टेलिभिजन उद्घोषण, प्रभावकारी भाषणकला, व्यवसायिक पत्रकारिता जस्ता मिडिया सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको दीपश्री दशौं वर्षमा प्रवेश गरेको अवसर पारेर जडिबुटी तथा नयाँ वानेश्वरमा आफ्नो शाखा विस्तार गरेर यो रियालिटि शोको पनि सुरुवात गरेको हो । दीपश्रीका निर्देशक लामिछाने भन्छन्, “१० वर्षको अनुभवपछि हामी यो रियालिटि शो अगाडि लिएर आएका छौँ । यसले बालबालिकाहरुका साथै अभिभावकहरुको समेत मन जित्नेछ र आगामी वर्षहरुमा यसले निरन्तरता पाउने छ भन्नेमा हामी विश्वस्त छौँ ।” कार्तिकको पहिलो साताबाट सहभागीहरुको प्रशिक्षण सुरु हुने र मंसिरको पहिलो साता अन्तिम प्रतिस्पर्धाबाट विजेता घोषणा गरिने आयोजकले जनाएको छ । विजेताले नगद पुरस्कारका साथै छात्रवृत्ती र अन्य विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...