Tuesday 28th July 2026
पिछडिएको क्षेत्र बदर गर्न महराद्वारा सर्वोच्चमा रीट
काठमाडौं सम्वाददाता ।
२९ आश्विन,
आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडी परेका कर्णाली, सुदुरपश्चिमलगायत वास्तविक पिछडिएको क्षेत्रका नागरिकहरुको समानुपातिक समावेशी सिद्दान्तको आधारमा राज्यका निकायमा सहभागिता हुन पाउने मौलिक हकबाट वन्चित हुनेगरी निर्वाचन आयोगद्वारा ‘प्रदेश सभा सदस्य सानुपातिक निर्वाचन निर्देशिका २०७४’ को अनुसूची २ मा सुचिकृत ‘पिछडिएको क्षेत्र’को सुची वदर गरिपाउँ भनि सम्मानित सर्वोच्च अदालतमा रीट दायर भएको छ ।
कानुनकर्मी कृष्ण सिंह महराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सिंहदरबार, संघीय मामिला तथा स्थानीय विकाश मन्त्रालय, निर्वाचन आयोग समेत विरुद्ध सो रीट दायर गरेका हुन् ।
मिति २०७४/६/२० गते प्रदेश सभा सदस्य सानुपातिक निर्वाचन निर्देशिका २०७४ को अनुसूची २ मा ‘विभिन्न प्रदेश अन्तर्गतका पिछडिएको क्षेत्र’ भनि विभिन्न २१ जिल्लाका ५७ स्थानीय तहलाई सुचिकृत गरिएको थियो ।
उक्त सुचिमा बाँकेको तरैनापुर, सिन्धुलीको हरिहरपुरगढी, मारिण गाउँपालिका, सुर्खेतको बराहताल, चौकुने गाउँपालिका, डोटीको आदर्श, पूर्वीचौकी गाउँपालिका, कैलालीको मोहन्याल गाउँपालिका र बैतडीको शिवनाथ गाउँपालिका पिछडिएको क्षेत्रमा सुचिकृत भएपनि ती क्षेत्रहरुभन्दा अति नै विकट अझ भोकमरीले ग्रसित हुने सधै राज्यबाट पछाडी पारिएको दार्चुला जिल्लाका कुनैपनि स्थानीय तहहरु पिछडिएका क्षेत्रमा पारिएका छैनन् ।
प्रदेश सभा सदस्य सानुपातिक निर्वाचन निर्देशिका २०७४ को उक्त सूचीले ‘सामाजिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले पिछडीएको क्षेत्रको नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न सकिने’ नेपालको संविधानको धारा १८(३) ले व्यवस्था गरेको सकारात्मक विभेद र समावेशी राज्य व्यवस्था,धारा ४२(१) ले प्रदान गरेको ‘आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडी परेका वास्तविक पिछडिएको क्षेत्रका नागरिकहरुको समानुपातिक समावेशी सिद्दान्तको आधारमा राज्यका निकायमा सहभागिता हुन पाउने मौलिक हकबाट वन्चित भई वास्तविक पिछडिएको क्षेत्रका नागरिकको मौलिक हनन् भएको निवेदकको दावी छ ।
साथै निर्देशिकाको उक्त अनुसूची नेपालको संविधानको धारा ५१ को च,(२) अनुसार ‘विकाशका दृष्टिले पछी परेका क्षेत्रलाई प्राथमिकता दिदै सन्तुलित, वातावरण अनुकुल, गुणस्तरीय दिगो रुपमा भौतिक पूर्वाधारको विकाश गर्ने नीति राज्यको नीतिविरुद्द समेत् भएकोले कुनै अध्ययन, अनुसन्धान र तात्विक निष्कर्षबिनै केन्द्रमा पहुँचको भरमा गरिएको प्रदेश अन्तर्गतका स्थानीय तहको सुची नेपालको संविधानको धारा १३३,(२) र (३) बमोजिम उत्प्रेषणको आदेशद्वारा आजैका मितिदेखि अमान्य/वदरको माग गरिएको छ ।
साथै उक्त रिट निवेदनको भोली मिति २०७४/६/३० गते पेशी रहेको छ अधिवक्ताहरु स्वागत नेपाल,र टि पी शर्मा कडेल लगायतले निवेदकको तर्फबाट वहस गर्ने महराले बताएका छन् ।
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...