...

Wednesday 24th June 2026

कान्साइमा विन्दास गाइजको देउसी भैलो भब्य रुपमा सम्पन्न (फोटो फिचर)

ओसाका,जापान । हिन्दु नेपालीहरुको महान् चाड तिहारको उपलक्ष्यमा विन्दास गाइजले अक्टोवर १७ तारिक कान्साइको ओसाकामा आयोजना गरेको देउसी भैलो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।जापनमा चर्चित नेपाली बसुरी बादक राम महर्जनको बसुरिको सुरिलो धुन बाट सुरु भएको उक्त कार्यक्रममा मनिषा तमाङ,सरु शर्मा र आकृती तमाङको नृत्यले कार्यक्रमलाई मनोरन्जनात्मक बनएको थियो ।
जापानमा नेपाली मनमा बस्न सफल कलाकारहरु कुल्बिर थापा र दिनेश केसीको देउसी गीतमा सम्पूर्ण दर्शक मक्ख परेका थिय ।नव प्रतिभा श्रीजना सापकोटा र नितेस मलाकार मिठो गीत प्रस्तुत गरेका थिय।
विन्दास गाइजले आयोजना गरेको देउसी भैलो कार्यक्रममा नाकामाज ब्याण्ड नागोयाको प्रस्तुतिले सम्पूर्ण दर्शकलाई बेग्लइ मनोरन्जन प्रदान गरेको थियो । कार्यक्रममा कलाकारलाई मायाको चिनो प्रदान गर्नुको साथै आर्थिक सहयोग गर्न ब्यक्ती तथा संस्थालाई सम्मन पत्र प्रदान गरिएको थियो । कार्यक्रम संचारकर्मी पुरुषोत्तम लामिछानेले संचालन गर्नु भएको थियो। कार्यक्रममा कान्साइमा रहेका बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो ।

तिनका जनै आजै काट्नुपर्छ ।

सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...

भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री

काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...

अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !

-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...