Saturday 11th July 2026
विवेकशील साझा भ्रष्टहरुको पकडमा परेको भन्दै अञ्चल संयोजकद्वारा पार्टी परित्याग
११ कार्तिक, काठमाडौं ।
विवेकशील साझा पार्टीका महाकाली अञ्चल संयोजक मदन खडायतले सो पार्टीमा भूकम्पको राहतमा भ्रष्टाचार गर्नेहरु हावी भएको, पार्दशिताको मुद्दामा पार्टी फेल मात्रै होइन भ्रष्ट भएको, कार्यदिशा प्रष्ट नभएको, मेरिटोक्रेसीका रुपमा मेरिट भनेकै चाकरी र चाप्लुसी बनेको भन्दै सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

प्रगतिशील विकास संस्थाका संस्थापक मध्येका एक सामाजिक अभियन्ता खडायत ग्रामिण विकास एक अनसन्धाता पनि मानिन्छन् ।
उनले सो पार्टी स्थापना कालदेखि नै आफ्नो तर्फबाट उल्लेख्य योगदान सुदुरपश्चिमबाट दिएका थिए ।
उनले माथिका टिप्पणी सहित पार्टीबाट अलग रहेको भनी एक विज्ञप्ती सार्वजनिक गरेपछि सो पार्टीले लिएको मेरिटोक्रेसीको खास अर्थ, कुनै पद प्राप्त गर्न वा निर्वाचनमा टिकट प्राप्त गर्न सो पार्टीले लिएको मेरिटको आधार के हो भन्ने बारेमा पूरानै विकृत संसदीय व्यवस्थाको सबल माएिका नाताबाद, धनवाद र भाइभतिजाबाद मात्र हो भन्ने जवाफ निस्किएको छ ।
खडायतले सार्वजनिक गरेको आफ्नो विज्ञप्ती यहाँ जस्ताको तस्तै राखिएको छ ।
नमस्ते !
देशमा बढ्दै गहिरहेको विकराल अवस्था र फोहरी राजनीति दिनको नेपाल बन्द जस्ता समस्याहरु बदल्न र शान्त र समृद्ध राष्ट्र निर्माण हाम्रै कालमा बनाउन भनी विवेकशील नेपाली दल यात्रा थालनी भएको थियो युवालाई नेतृत्व ल्याउन र देशको जिम्मेवारी बोक्न लायक बनाउन एक सभ्य आन्दोलनको थालनी विवेकशील नेपाली बाट सुरु भएको थियो र सु संस्कृति राजनीति समानुभूति पार्दशिता उद्यमशीलतालाई आफ्नो मूल सिद्धान्त बनाएकै कारण मैले लगभग तीन वर्ष पहिला विवेकशीलमा आबद्ध भएको थिए। मैले सानै उमेरदेखि राजनीति बुझ्ने कोशिस गरिरहेको थिए, धेरैलाई राजनीति बारे सोध्ने गर्थे तर उनीहरूको राजनीतिप्रति वितृष्णा र घृणा देख्दा आखिर राजनीतिलाई घृणा किन गरिन्छ भन्ने सवाल संगै राजनीतिलाई सफा र सभ्य बनाउन मैले खोजेको राजनीतिक दल विवेकशील पाए।
विवेकशीलमा आवद्ध भएर मैले कञ्चनपुरमा काम गर्ने सोच बनाए र पछि अरु साथीहरू पनि आबद्ध हुनु भो ।र कामहरु आफ्नो तरिकाले अगाडि बढाउदै गयौं।
र यहाँ सम्म आईपुग्दा विवेकशील र साझा पार्टी मिल्दा प्रजातान्त्रिक परिपाटी अपनाउनुको साटो केही सिमित टाउकाहरुले सामान्य सदस्यहरुमाथी थोपर्ने काम गरियो।र पछिल्लो समयमा मुल्यमान्यतालाई तिलाञ्जली दिनेकाम नेतृत्व वर्गबाटै भएको छ।
हिजो युवालाई सञ्चालन होइन नेतृत्वमा ल्याउनु पर्छ भन्ने नेतृत्व ,राजनीति इटा विटा र ठिटाले चल्नु हुदैन ,चुनावमा घर जग्गा बेचेर चुनाव लड्नु हुदैन भन्ने नेतृत्व आज जो संग शक्ति छ ,जोसंग धन छ बल छ उनीहरूलाई टपक्क टिपेर, टिका लाएर नेतृत्व बाडिरहेको छ। जुन ठाउँमा सदस्यहरु सक्रिय भएर लागिरहेका छ्न उनीहरू वेवास्ता गर्दै ,विश्वास नलिइकन एकाएक प्रदेश संयोजक घोषणा भए।
के यो प्रक्रिया हो ? के यहि मुल्यमान्यता हो ? के यहि सोच र मानसिकताले देशमा राजनीति परिवर्तन हुन्छ ? विवेकशील साझामा उपयोग गरेर फाल्ने प्रचलन हावी हुदैछ। चाहे त्यो आर्थिक,राजनैतिक किन नहोस।सदस्यहरुको महत्व किरा फट्याग्राको जस्तै छ। स्थानीय चुनावमा कम भोट ल्याउने उमेदवारहरुको मजाक बनाउदै मनोबल घटाउने कार्य संयोजकबाटै भयो।
धन र बल वालाले मात्रै राजनीति गर्नु पर्छ भन्ने कन्सेप्टले वैकल्पिक राजनीति हुन सक्दैन।
हाम्रा टाउका गनेर,हाम्रो मत लिएर पार्टी एकीकरण गरियो तर आज हाम्रो कुरा नै नसुन्ने यो कस्तो पद्धति र नेतृत्व हो ? आज काँग्रेस एमाले हरु एका एक ठुला पार्टी भएका होइनन्, उनीहरुले हामी जस्तै सामान्य मान्छेहरूको त्याग र परिश्रमबाट बनेको हो। भारतमा पनि मोदीको पार्टी भाजपा सामान्य नागरिकबाट खोलिएको निरन्तर संघर्षबाट आजको स्थितिमा पुगेको हो।एक चिया बेच्ने ब्यक्तिलाई प्रधानमन्त्री सम्म बन्न काबिल र सक्षम बनाउने त्यही पार्टी हो । तर त्यही मोदीलाई तिमीले सक्दैनौं भनेर रोकिदिएको भए के आज भारतको प्रम हुन सक्थे त ?
विवेकशील साझा पार्टीले लिन खोजेको कार्यदिशा मैले बुझ्न सकेको छैन। विवेकशील मा यति अनियमिता बढ्यो कि केन्द्रिय सदस्यहरुले राजिनाम दिएर बस्नु पर्यो भने अनियमितता गर्नेहरुलाई प्रमोट गरियो।जुन स्वच्छ पार्दशिताको मुद्दामा विवेकशील साझा पार्टी फेल मात्रै होइन भ्रष्ट समेत बन्यो । भुकम्प पीडितको राहतमा भ्रष्टाचार गर्नेहरु नै अहिले पार्टीबाट उमेदवार बनेर चर्को इमानदारीता, पार्दशिताको नारा दिदैछन । आफैले बनाएका नीति नियमहरु आफै मिचेर अघि बड्ने प्रवृती रह्यो। मैले धेरै प्रयत्न गरेता पनि कुरा नै नसुन्ने स्थित आएकोले र जहाँ सत्य इमानदारीता, पार्दशिता, समानुभुती, एकता हुन सक्दैन उक्त ठाउँमा बसेर समय बर्बाद गर्नुको कुनै औचित्य नरहेकाले मैले उक्त पार्टीबाट बाहिरिने निर्णय गरेको हुँ।
धन्यवाद
मदन खडायत
तत्कालीन महाकाली अञ्चल संयोजक तथा कञ्चनपुर जिल्ला संयोजक
तिनका जनै आजै काट्नुपर्छ ।
सर्वोच्च अदालत भएको ठाउँमा सार्वजनिक शौचालय बनाएको भए हुन्थ्यो, संसद भएको ठाउँमा वैधानिक वेश्यालय...
भाषा धर्म संस्कृति गुमाएका, विश्वभर छरिएका हिन्दू तथा नेपालीहरुको पीडाबारे ऐतिहासिक डकुमेन्ट्री
काठमाडौं, प्रथम् विश्वयुद्ध ताकादेखि नै विश्वभर पुगेका नेपाली तथा हिन्दूहरुले आफ्नो भाषा, धर्म, परम्परा,...
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत कृसु क्षेत्रीद्वारा उनकै दाजु बेलायतका लागि नेपाली राजदूत दुबसु क्षेत्रीको हत्या गर्ने चेतावनी !
-स्वागत नेपाल तपाईँ कल्पना गर्न सक्नुहुन्छ ? दाजु बेलायतका लागि नेपाली राजदूत, भाइ अमेरिकाका...